हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई किरिया खर्च

हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई किरिया खर्च

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुक्लाफाँटा नगरपालिकाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई रु ५० हजार किरिया खर्च उपलब्ध गराएको छ । नगरपालिकाको वडा नं १२ मा हात्तीको आक्रमणबाट ज्यान गुमाएका ध्वजबहादुर कार्की र मथुरा कार्कीका परिवारलाई नगर प्रमुख दिलबहादुर ऐर र नगर उपप्रमुख तुलसीदेवी हमालले आज घरमै पुगेर किरिया खर्चबापतको रकम हस्तान्तरण गर्नुभएको हो । गत बुधबार हात्तीले घरआँगनमै आक्रमण गरी कार्की दम्पतीको ज्यान लिएको थियो । शुक्रबार नगर विपद् समितिको बैठकले पीडित परिवारलाई किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको थियो । यस्तै नगरपाकिाले वडा नं १ स्थित स्याली नदीमा बगेर मृत्यु भएका कृष्णदत्त भट्टको परिवारलाई रु २५ हजार किरिया खर्च उपलब्ध गराएको छ ।

यो पनि – पुरिएर महिलाको मृत्यु

पोखरामा निर्माणाधीन घरको जगको खाल्डोमा सोलिङ गर्ने क्रममा खाल्डाको भित्ता भत्किँदा पुरिएर आज एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सिन्धुली ठूला गाउँ घर भई हाल पोखरा–११ फूलबारी डेरा गरी बस्ने ४१ वर्षीया आइती माया थोकर रहेको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका–११ काँहुडाँडास्थित एक निजी घरको जगको खाल्डोमा सोलिङ गर्ने क्रममा भित्ता भत्किँदा पुरिएर गम्भीर घाइते हुनुभएका थोकरको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो । घटनालगत्तै प्रहरी टोली घटनास्थलमा खटिई घटनाको विषयमा अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।