विकास निर्माणका क्षेत्रमा उल्लेखनीय कार्य गरेको छः नेता पोखरेल

विकास निर्माणका क्षेत्रमा उल्लेखनीय कार्य गरेको छः नेता पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा एमालेका स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारले विकास निर्माणका क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताउनुभएको छ । एमालेको प्रथम विराटनगर नगर अधिवेशनको आज उद्घाटन गर्दै उहाँले तराई क्षेत्रमा रोकिएको हुलाकी राजमार्ग एमाले नेतृत्वको सरकारले पुनःनिर्माण सुरु गरेर यस क्षेत्रका जनताको मन जितेको बताउनुभयो ।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका नेता पोखरेलले एमाले नेतृत्वको सरकारले चीनसँग जोड्ने उत्तर दक्षिण सातबटा सडक निर्माण कार्यलाई द्रुतगतिमा आगाडि बढाएको पनि बताउनुभयो ।प्रदेशसभा सदस्य यशोदा अधिकारी, नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकाल, प्रदेश खेलकुद बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत र नगर अध्यक्ष सागर थापाले एमाले नेतृत्वको सरकारले जनताको आर्थिक समृद्धि र व्यवस्थित विकास निर्माणमा उल्लेखनीय कार्य गरेको धारणा व्यक्त गर्नुभयो । पार्टीको नगर सभापतिमा पर्शुराम वस्नेत र सागर थापाबीच प्रतिस्पर्धा हुने बताइएको छ ।

यो पनि – काष्ठमण्डप पुनःनिर्माण कात्तिक मसान्तसम्म सम्पन्न हुने

काठमाडौँ, ९ कात्तिक (रासस) ः ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण यही कात्तिक महिनासम्म पूरा हुने भएको छ । दसैँअघि नै सक्ने लक्ष्य राखिए पनि अझै केही काम बाँकी रहेकाले ढिलाइ भएको थियो । अब जस्तोसुकै अवस्था आए पनि यही कात्तिक मसान्तसम्म भने सबै काम सम्पन्न गर्ने निर्माण समितिले जनाएको छ ।सो सम्पदाको अहिले ९८ प्रतिशत काम सम्पन्न भएको छ । यही महिनाको अन्त्यसम्ममा काम सम्पन्न गर्ने निर्माण समितिको योजना छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार थोरै काम मात्र बाँकी रहेको छ । “केही अवरोध नआए ढुक्कसँग यही कात्तिक महिनाभित्र काम सम्पन्न हुन्छ”, उहाँले भन्नुभयो ।

विसं २०७२ को वैशाख १२ गते आएको भूकम्पले काष्ठमण्डप पूर्णरूपमा क्षति भएको थियो । उक्त सम्पदा पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । पुनःनिर्माणको काम २०७५ को वैशाखदेखि सुरु गरिएको हो । निर्माणका लागि कामपाले हालसम्ममा रु ११ करोड ५० लाख दिइसकेको छ ।पुनःनिर्मित उक्त ऐतिहासिक सम्पदामा गत साउन दोस्रो साता मूल गजुर भित्र्याइएको थियो । काष्ठमण्डपसँगैको श्रीखण्डतरुमूल महाविहारभित्र तीन दिनसम्म गुप्त तान्त्रिक पूजा गरी उक्त गजुरलाई भित्र्याइएको हो । गजुरलाई काष्ठमण्डपभित्र बिसाइसकेपछि सिँख्वःमूबहाःया पण्डित प्रा यज्ञमानपति बज्राचार्यको नेतृत्वमा सोही बहालका गुर्जुबाट चर्या नृत्यसहित प्रतिस्थापन पूजा गरिएको थियो ।

उक्त सम्पदा पुनःनिर्मणका लागि जम्मा १७ हजार ५८ क्युबिक फिट काठ प्रयोग भएको छ । प्रयोग भएका काठमध्ये केही यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको हो । पुनःनिर्माण सुुरु भएको तीन वर्षमा सबै काम सक्ने भनिए पनि पटकपटक आएको कारोना महामारीका कारण कहिले निर्माण सामग्री लयाउन समस्या त कहिले कमदारको अभावले गर्दा निर्धारित समयमा पूरा गर्न नसकेको समितिको भनाइ छ ।