अवरुद्ध केआईसिंह राजमार्ग सञ्चालन

अवरुद्ध केआईसिंह राजमार्ग सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी, १० कात्तिक (रासस) : बाढीपहिराले अवरुद्ध यहाँको केआईसिंह राजमार्ग सञ्चालन भएसँगै नागरिकलाई सहज भएको छ । बाढीपहिराले राजमार्ग बगाएपछि आवतजावत सातादेखि बन्द थियो । सडक डिभिजन कार्यालय, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा अहिले उक्त राजमार्ग सञ्चालन गरिएपछि सहज भएको हो । राजमार्ग सञ्चालनसँगै यहाँका पहाडी जिल्ला डोटी, अछाम र बाजुरामा यातायातका साधन सञ्चालन भइरहेका प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिनुभयो ।

अविरल वर्षाका कारण पहिरो जाँदा उक्त राजमार्गको रडुवामा कम्तीमा पनि एक सय मिटर सडक अवरुद्ध थियो । अवरुद्ध सडक मर्मत गरिएपछि राजमार्ग अस्थायी रुपमा सञ्चालनमा आएको डिभिजन सडक कार्यालय दीपायल कुल्पातेले जनाएको छ । सडक सञ्चालन गरिएपछि साना गाडी तथा डिजेल पेट्रोल बोकेका सवारी साधनलाई पहिलो प्राथमिक्ता दिएर यात्रा गर्न दिइएको छ । राजमार्ग अवरुद्ध हँुदा सर्वसाधारण तथा यात्रु पैदल कष्टकर यात्रा गर्न बाध्य भएका थिए ।

यो पनि – ताप्लेजुङ कोरोना मुक्त

फुङ्लिङ, १० कात्तिक(रासस) : ताप्लेजुङमा कोरोना भाइरस सङ्क्रमणमुक्त भएको छ । पछिल्लो पटक सङ्क्रमित भइ होमआइसोलेसनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट सोमबार नेगेटिभ आएसँगै जिल्ला कोरोना मुक्त जिल्ला भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार यस अगाडि जिल्लाका सबै पालिका सङ्क्रमणमुक्त भइसकेका थिए । कोभिड–१९ को दोस्रो चरण शुरुआत भएपछि जिल्लामा दुई हजार ५३१ सङ्क्रमित भएका थिए । तीमध्ये सबैभन्दा बढी फुङ्लिङ नगरपालिकामा ५५६ सङ्क्रमित भएका थिए भने सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा ४७ सङ्क्रमित भएका थिए । कोभिड सङ्क्रमणका कारण जिल्लाभित्र १६ जनाको मृत्यु भएको जिप्रकाले जनाएको छ । पीसीआर विधिबाट दुई हजार २८८ र एन्टिजेन मार्फत आठ हजारी गरी कुल १० हजार २८८ को परीक्षण गरिएको थियो ।

यो पनि – एमाले अधिवेशन ः बाँकेमा छ पालिकामा सर्वसम्मत

राँझा, १० कात्तिक (रासस) : बाँकेमा नेकपा (एमाले)ले छ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । दुई स्थानीय तहमा भने नेतृत्व चयन हुन नसकेपछि स्थगन भएको छ । नेपालगञ्ज उपमहानगरपालिकासहित छ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भए पनि कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा मङ्गलबार रातिसम्म नेतृत्व चयन हुन नसकेपछि स्थगन भएको एमाले बाँकेका अध्यक्ष नीरक गुरुङले जानकारी दिनुभयो । ती पालिकामा आज पुनः नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ । उपमहानगरपालिकामा दत्तप्रसाद आचार्यका नेतृत्वमा उपाध्यक्षमा हकिम हलवाई, सचिवमा मोहित शाह, उपसचिवमा दिग्विजय ढुङ्गाना र उषा थापालाई सर्वसम्मतरूपमा चयन हुनुभएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

खजुरा गाउँपालिकाको अध्यक्षमा गेहेन्द्र धिताल, उपाध्यक्षमा झगबहादुर पौडेल, सचिवमा देउमाया थापा, उपसचिवमा लल्लन यादव र साविर जोलाहा चयन हुनुभएको छ । जानकी गाउँपालिकाको अध्यक्षमा विश्रामकुमार बर्मा, उपाध्यक्षमा रामनरेश मौर्य, सचिवमा राजितराम यादव, उपसचिवमा यज्ञश्वरी शाह र अशोक राना निर्वाचित हुनुभएको छ ।

राप्तीसोनारी गाउँपालिका कमिटीको प्रथम अधिवेशनले अध्यक्षमा मनोज केसी, उपाध्यक्षमा मदन वली, सचिवमा सुधा थारू, उपसचिवमा पूर्ण चौधरी र घनश्याम बस्नेतलाई चयन गरेको एमाले नेता सूर्य ढकालले जानकारी दिनुभयो । नेकपा एमाले डुडुवा गाउँपालिकाको अध्यक्षमा शकील खान, उपाध्यक्षमा विष्णु भण्डारी, सचिवमा विनयराज त्रिपाठी, उपसचिवमा लल्लनप्रसाद पाण्डे र ध्रुवकुमार चौधरी बर्मा निर्वाचित हुनुभएको छ । नरैनापुरमा अध्यक्षमा पञ्चराम यादव, उपाध्यक्षमा प्रमोद मिश्रा, सचिवमा सुनैना मिश्रा, उपसचिवमा पारसनाथ पाण्डे र इन्द्रजित यादव चयन हुनुभएको छ ।

बैतडीका चार पालिकामा अधिवेशन सम्पन्न

बैतडी ः नेकपा (एमाले)को १०औँ महाधिवेशनअन्तर्गत जिल्लाका चार वडामा वडा तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लामा ८४ वडा रहेकामा बैतडीमा सोमबारदेखि अधिवेशन सुरु भएको हो । अहिलेसम्म जिल्लाका चार वडामा अधिवेशन सम्पन्न भएको एमाले बैतडी सचिव तथा प्रदेशसभा सदस्य लीलाधर भट्टले जानकारी दिनुभयो ।

सचिव भट्टका अनुसार जिल्लाको दोगडाकेदार गाउँपालिका–२, ३, ४ र ८ मा अधिवेशन सम्पन्न भएको हो । २ मा उमापति भट्ट, ३ मा करनराम भुल, ४ मा तर्कराज भट्ट र ८ मा डम्बर विष्ट वडाध्यक्षमा चयन भएका हुन् । कात्तिक पहिलो साताको अविरल वर्षाले सुदूरपश्चिम प्रदेशमा ठूलो धनजनको क्षति भएकाले प्रदेश कमिटीले वडा र पालिका अधिवेशनको कार्यतालिका सारेकाले यहाँको अधिवेशन केही ढिला हुन गएको जनाइएको छ ।

चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा ८४ वडा छन् । कात्तिक १२ गतेसम्म सबै वडा अधिवेशन सक्ने गरी कार्यतालिका बनाइएको र सोहीअनुसार अधिवेशन भइरहेको जनाइएको छ ।

यसैबीच यही कात्तिक १५ गते जिल्लाका सबै स्थानीय तहका हुने पालिका अधिवेशनका लागि उत्प्रेरक तथा सहजकर्ता छनोट गरिएको छ । शिवनाथ गाउँपालिका र मेलाली नगरपालिकामा जिल्ला सचिव तथा प्रदेशसभा सदस्य लीलाधर भट्ट, पञ्चेश्वर गाउँपालिकामा केन्द्रीय सदस्य पुरन सिंह दयाल, पाटन नगरपालिकामा प्रदेश कमिटी सदस्य मोहन थापा, सुर्नया गाउँपालिकामा प्रदेश कमिटी सदस्य नरेश विक, दशरथचन्द नगरपालिकामा प्रदेश कमिटी सदस्य पुष्करराज जोशीलाई उत्प्रेरक तोकिएको छ ।

यस्तै दोगडाकेदारमा जिल्ला उपसचिव चक्र कार्की, डिलाशैनीमा जिल्ला अध्यक्ष सुरेन्द्र पाल, पुर्चौडीमा सांसद दामोदर भण्डारी र सिगासमा जिल्ला कमिटी सचिवालय सदस्य रमिल बमलाई उत्प्रेरकका रूपमा खटाइएको सचिव भट्टले जानकारी दिनुभयो । एमालेको दसौँ महाधिवेशन आगामी मङ्सिर १०–१२ गतेसम्म चितवनमा हँुदैछ ।