एमालेमा युवाको आकर्षण बढीरहेको छः सचिव गुरुङ

एमालेमा युवाको आकर्षण बढीरहेको छः सचिव गुरुङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, १० कात्तिक (रासस) : नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले नेकपा एमालेमा युवाको आकर्षण बढीरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल लमजुङ शाखाद्वारा आज बेँसीशहरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “एमालेको वडा तथा पालिका अघिवेशनमा युवापङ्त्ति नेतृत्वमा आइरहेकाले यसप्रति उनीहरुको आकर्षण बढ्दै गएको हो ।”

सचिव गुरुङले एमालेलाई नेपाली समाजको चरित्र, बनावट र स्वरुप जस्तै बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै अब एमाले पार्टीको अभियान एक घर एक सदस्य रहेकाले यसतर्फ अग्रसर हुन पार्टीका सबै नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

यो पनि – ऋण काढेर भएपनि वडावासीलाई खानेपानी

तनहुँ, १० कात्तिक रासस : व्यासनगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले दातृ निकायसँग ऋण काढेर भएपनि उपभोक्तालाई खानेपानी उपलब्ध गराउने भएको छ ।

मादी नदी लिफ्टिङ खानेपानी आयोजनाका लागि बुझाउनुपर्ने रकम अपुग भएपछि समितिले नगर विकास कोषसँग ऋण लिन लागेको हो । करिब रु २६ करोडको लगानीमा सम्पन्न हुने उक्त आयोजनाका लागि समितिले बुझाउनुपर्ने रकमका लागि ऋण माग गरिएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालभरिको खानेपानी संस्थामध्ये दश वटा खानेपानी आयोजनाभित्र भादगाउँ करादी खिरखाँदी खानेपानी संस्था पनि छनोट भएको छ । नेपाल सरकारको ७० प्रतिशत र ३० प्रतिशत खानेपानी संस्थाले बेहनुपर्ने हुँदा रकम जुटाउन नसक्दा ऋण लिएर आयोजना सम्पन्न गर्न लागेको समितिले जनाएको छ । संस्थाले जम्मा गर्नुपर्ने ३० प्रतिशतमा ५ प्रतिशत नगद जम्मा गरिसकेको र २५ प्रतिशत अपुग हुने देखिएपछि ऋण लिएर भए पनि वडावासीलाई पानी वितरण गर्ने लक्ष्य राखेको छ ।

ऋणका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात पेश गरी प्रक्रियामा राखिएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिनुभयो । “ऋण लिएपछि किस्ताबन्दी रुपमा भुक्तानी गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “उक्त आयोजना निर्माण सम्पन्न पश्चात व्यास नगरपालिका–१ का पूरै र वडा नं १२ का केही बासिन्दालाई दीर्घकालीन रुपमा खानेपानीको समस्याको अन्त्य हुन्छ ।”

विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट सुरुवात भई हालसम्म २५०० बढी निजी धारा जडान गरिसकेको छ ।