महाकालीमा डुङ्गा दुर्घटना : एकको मृत्यु, एक बेपत्ता

महाकालीमा डुङ्गा दुर्घटना : एकको मृत्यु, एक बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ–१ कै आठ वर्षीय सन्दीप साउद बेपत्ता रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

महाकाली नदीस्थित शिवनाथ–१ खाँडघाटमा बुधबार साँझ १० जना सवार डुङ्गा दुर्घटनामा परेको हो । दुर्घटनामा परी मीना र सन्दीप बेपत्ता रहेकामा मीनाको शव आज बिहान ७ः३० बजे महाकाली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ । बेपत्ता सन्दीपको खोजीकार्य भइरहेको छ । खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

डुङ्गामा सवार अन्य आठ जना सकुशल रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिका भारतसँग जोडिएका तथा भारततर्फ आवतजावत गर्दा पुल नहुँदा महाकाली नदीमा डुङ्गाको सहायताले जाने गर्दछन् । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।

यो पनि – जहाजको टिकट नपाउँदा यात्रु अलपत्र

– प्रेम रौले, मार्तडी, ११ कात्तिक (रासस) : जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको एक मात्र विमानस्थल कोल्टीमा जहाजको टिकक नपाउदा यात्रु एक सातादेखि अलपत्र परेका छन् ।बाजुरा, मुगु र हुम्लाका बासिन्दाले सेवा लिँदै आएका सेवाग्राहीले एक सातादेखि जहाजको टिकट नपाएको गुनासो गरेका छन् । कोल्टीबाट उडान हुने नेपालगञ्ज र धनगढीको टिकट नपाउदा सयौँ यात्रु कोल्टी विमानस्थलमा अलपत्र परेको स्थानीय पत्रकार धनबहादुर बोहराले राससलाई बताउनुभयो ।

हुम्लाबाट सुर्खेत, नेपालगञ्ज लगायतका शहरमा जान हवाई टिकट लिन टिकट काउन्टरमा लागेको यात्रुहरुको भिड । यहाँबाट नियमीत उडान नहुँदा सर्वसाधरणले टिकटका लागि सास्ति भोग्नुपरेको छ । तस्बिर ः दाने बोहरा, रासस

बाजुरासहित छिमेकी जिल्लाका वासिन्दा एक सातादेखि जहाजको पर्खाइमा रहेको र जहाजको टिकटसमेत नपाएको यात्रुले गुनासो गर्न थालेको उहाँले जानकारी दिनुभयो । कोल्टीबाट अहिले समिट र तारा एयरलाइन्सले जहाज उडान गर्दै आएका भए पनि यात्रुको चाप बढी भएकाले उनीहरुले टिकट पाउन सकेका छैनन् ।कर्णाली राजमार्ग र मार्तडी–कोल्टी सडक अवरुद्ध बनेपछि कोल्टीमा ६०० भन्दा बढी यात्रु एक सातादेखि टिकटको पर्खाइमा रहेको हुम्लाका खुमबहादुर रावतले बताउनुभयो । समिट र तारा एयरलाइन्सले दैनिक एउटा÷एउटा उडान गर्ने भए पनि यात्रुकोे चाप निकै बढेको छ । यात्रुको भीड व्यवस्थापन गर्न विमानस्थललाई निकै समस्या परेको छ । एक सातायता हवाई सेवा नियमितसमेत पनि हुन नसकेको कोल्टी विमानस्थलले जनाएको छ ।यात्रुले टिकट नपाउँदा बिरामी, असहाय अशक्तसमेत अलपत्र परेका छन् । कोल्टीमा यात्रुको चाप बढी भएको र उनीहरुलाई व्यवस्थापन गर्न सकस भएको निमित्त प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताउनुभयो ।

टिकटमा मनोमानी

कोल्टी विमानस्थलमा उडान हुने जहाजले मनोमानी रुपमा भाडा असुल्ने गरेको जनगुनासो बढ्न थालेको छ । कोल्टीबाट नेपालगञ्ज र धनगढीको भाडादर कायम गरिएको भए पनि सोभन्दा चर्काे भाडा लिने गरेको यात्रुले गुनासो गरेको छन् ।कोल्टीबाट नेपालगञ्ज रु पाँच हजार ५०० भाडादर कायम भए पनि निजी एयरलाइन्सले मनोमानी भाडा लिइरहेको सेवाग्राहीले बताएका छन् । एक यात्रुबाट रु आठ हजारभन्दा बढी लिने गरेको पाइएको छ । दसैँ मनाउन घर आएका फर्किन थालेका छन् । वर्षाले सडक अवरुद्ध भएपछि यात्रुले हवाई सेवाबाट यात्रा गर्नुपर्ने भएकाले कोल्टीमा यात्रुले टिकट पाउन समस्या भएको हिमाली गाउँपालिकाकी सम्झना अधिकारीले बताउनुभयो ।

कोल्टी विमानस्थलका कार्यालय प्रमुख श्रीकृष्ण रिमालका अनुसार समिट र तारा एअरले दैनिक एउटा÷एउटा उडान गरिरहेको जानकारी दिनुभयो । सीता एयरलाइन्सले यही कात्तिक १ गतेबाट एउटा पनि उडान नगरेको र नेपाल एयरलाइन्सले १ गतेदेखि अहिलेसम्म तीन उडान मात्र गरेको रिमालले बताउनुभयो । विगतभन्दा एयरलाइन्सले उडान घटाउनुले ठूलो समस्या भएको विमानस्थलले जनाएको छ ।

दसैँयता यात्रुको चाप बढे पनि नियमित जहाज उड्न नसकेको बडीमालिका कार्गोका सञ्चालक टेकेन्द्र कठायतले जानकारी दिनुभयो । कोल्टी विमानस्थलबाट उडान हुने जहाजले यात्रुबाट तोकिएको भन्दा बढी भाडा लिएको पाइए कारबाही गरिने निमित्त प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो ।