काठमाडौँ, ११ कात्तिक (रासस) : नेपाल उद्योग वाणिज्य महासंघले विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क सम्बन्धमा विद्युत नियमन आयोगको निर्णयको स्वागत गरेको छ । विद्युत् महसुल दर घटेसँगै कोरोना महामारीका कारण संकटमा रहेका उद्योग व्यवसायलाई थप राहत पुग्ने महासंघले जनाएको छ । महासंघले विद्युत् डिमाण्ड शुल्क वृद्धि नगर्न अनुरोध गर्दै आएको थियो ।
डिमाण्ड शुल्क वृद्धि नगर्ने निर्णयबाट निजी क्षेत्र उत्साहित भएको उल्लेख गर्दै महासंघले यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री, मन्त्रालयका अधिकारी, विद्युत नियमन आयोग र विद्युत् प्राधिकरणलाई धन्यवाद दिएको छ । “यो निर्णयबाट आर्थिक गतिविधि विस्तारमा केहीमात्रा भएपनि सहयोग पुग्ने हाम्रो विश्वास छ”, महासंघले भनेको छ, “विद्युत खपत बढाउन औद्योगिक ग्राहकका लागि महशुुल अझ सस्तो हुुनुुपर्ने र यसले प्रतिस्पर्धी बजार सिर्जना र व्यापार घाटा न्यूनिकरणमा समेत सहयोग पुुग्ने छ ।”
यो पनि – श्रम सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न युएईमा रहेका नेपालीको माग
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने अभियान अगाडि बढाएको बताउनुभएको छ । आबुधावी डाइलगको छैटौँ मन्त्रिस्तरीय बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्स (युएई) पुग्नुभएका उहाँले आज त्यहाँस्थित नेपाली समुदायसँगको छलफलमा विदेशमा रहेका नेपाली श्रमिकको हकअधिकारका लागि सरकारले आवाज उठाउँदै आएको बताउनुभयो ।

उहाँले प्रवासी नेपाली श्रमिकका श्रम अधिकार तथा सीप विकासका विषयमा युएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारसँगको भएको छलफल उपलब्धिमूलक भएको मन्त्री श्रेष्ठले बताउनुभयो । कार्यक्रममा सहभागी नेपाली नेपाली श्रमिकले कोभिड महामारीका कारण थुप्रै नेपाली समस्यामा परेको बताएका थिए । उनीहरुले नेपाल र युएईबीच भएको श्रम सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।
नेपाल र युएईबीच २०७६ जेठ अन्तिम साता द्विपक्षीय श्रम सम्झौता भएको थियो । श्रम सम्झौतामा श्रमिक भर्ना प्रक्रियादेखि गन्तव्य मुलुक पुग्दासम्मको खर्च रोजगारदाताले व्यहोर्ने उल्लेख छ । नेपाली श्रमिकलाई ज्याला, भत्ता, कार्य वातावरण र न्यायमा पहुँचजस्ता विषयमा विभेद गर्न नपाइने र सबै विदेशी श्रमिकलाई समान व्यवहार गर्नुपर्ने विषय समेटिएको छ ।
आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, नेपाली राजदूत कृष्णप्रसाद ढकाल, श्रम मन्त्रालयका उपसचिव डा थानेश्वर भुसाल, दूतावासका कर्मचारीसहित नेपाली सङ्घसंस्थाका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि र श्रमिकको सहभागिता रहेको मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा युएईमा श्रम, सीप तथा लगानीको क्षेत्रमा रहेका अवसर र चुनौतीबारे छलफल भएको थियो । नेपालको महत्वपूर्ण श्रम गन्तव्यका रूपमा रहेको युएईमा दुई लाखभन्दा बढी नेपाली कार्यरत छन् । मन्त्री श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।



प्रतिक्रिया