बेइजिङ, ११ कात्तिक (रासस÷एएफपी) : राष्ट्रिय सुरक्षाको चिन्तामा अमेरिकामा सेवा दिँदै आएको चिनियाँ दूरसञ्चार प्रदायक ‘चाइना टेलिकम’लाई देशभित्र सञ्चालन गर्न प्रतिबन्ध लगाउने संयुक्त राज्य अमेरिकाको निर्णय ‘द्वेषपूर्ण दमन’ भएको बेइजिङले बिहीबार बताएको छ । बेइजिङले यसले विश्वका गर्ने दुई बलिया अर्थतन्त्रले सम्बन्धमा सुधारका लागि गरिरहेको प्रयासमा प्रभाबित पार्नसक्ने चेतावनी दिएको छ ।
व्यापार, मानव अधिकार, ताइवान र कोभिड–१९ महामारीलगायतका थुप्रै बिषयहरूलाई लिएर यी दुई मुलुकहरूबीच तनाव रहेको देख्न सकिन्छ । यसै हप्ताको सुरुतिर वासिङ्टनले ‘चाइना टेलिकम’लाई अमेरिकाजलाई ६० दिनभित्र आफ्नो सेवा बन्द गर्ने आदेश दिएपछि अमेरिकामा लगभग दुई दशकको सेवा अन्त्य गर्नुपर्ने अवस्था आएको र यसले चीन र अमेरिकाबीचको सम्बन्ध थप तनावपूर्ण हुनसक्ने अनुमान गरिएको छ ।
‘चाइना टेलिकम’को ‘चीन सरकारको स्वामित्व र नियन्त्रणले महत्वपूर्ण राष्ट्रिय सुरक्षा र कानून प्रवर्तनमा जोखिम उठाएको’ अमेरिकी संघीय सञ्चार आयोगले बताएको छ । एफसीसीले भनेको छ, “यसले बेइजिङलाई ‘अमेरिकी सञ्चारमा पहुँच, भण्डारण, विघटन वा गलत मार्गका अवसरहरू प्रदान गरेको र यसले उनीहरूलाई अमेरिका विरुद्ध जासुसी र अन्य हानिकारक गतिविधिहरूमा संलग्न हुन सहज बनाएकोले उक्त निर्णय गर्नुपरेको हो ।”
तर बेइजिङले यस कदमलाई ‘राष्ट्रिय सुरक्षाको अवधारणाको सामान्यीकरण, राष्ट्रिय शक्तिको दुरुपयोग र तथ्य वा आधारबिना चिनियाँ कम्पनीमाथिको द्वेषपूर्ण दमन’ भन्दै उक्त कदमप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । चिनियाँ वाणिज्य मन्त्रालयकी प्रवक्ता शु युटिङले पत्रकारहरूसँगको कुराकानीमा चीनको आर्थिक तथा व्यापार टोलीले संयुक्त राज्य अमेरिकासँग यस बिषयमा ‘गम्भीरतापूर्ण रूपमा कुरा राखेको’ र बेइजिङ प्रतिबन्धबाट चिन्तित भएको बताउनुभयो ।
यो पनि – बेलायतद्वारा फ्रान्सलाई माछाविवाद ‘अन्त्य गर्न’ आग्रह
लन्डन, ११ कात्तिक (रासस÷एएफपी) : पेरिसले गम्भीर प्रतिशोधको धम्की दिएपछि बेलायत सरकारले बिहीबार फ्रान्सलाई ब्रेक्जिटपछिको माछा मार्ने अधिकारमाथिको झन्झटिलो प्रक्रियालाई कम गर्न आग्रह गरेको छ । बेलायतका वातावरण मन्त्री जर्ज इसटिसले संसदलाई आफूले यूरोपेली सरकारका आयुक्त भर्जिनिजुस सिन्केभिसियससँग यस सम्बन्धमा छलफल गरेको बताउँदै भन्नुभयो, “हामी शान्त रहनु आवश्यक छ र यसलाई हटाउनु महत्वपूर्ण छ ।”
बुधबार फ्रान्सेली अधिकारीहरूले नोभेम्बर २ देखि बेलायती माछा निर्यातलाई लक्षित गर्ने उपायहरूबारे चेतावनी दिएका छन् । यसमा फ्रान्समा ल्याइएका उत्पादनहरूमा समय खर्च गर्ने सीमा नाका र स्वच्छता जाँच र समुद्री खाना अवतरणमा प्रतिबन्ध समावेश थियो ।
युरोप मन्त्री क्लेमेन्ट बिउनले यस महादेशको बेलायतको मुख्य व्यापारिक प्रवेशद्वारलाई खतरामा पार्दै च्यानल पार गर्ने “अन्य मालसामान“मा पनि अतिरिक्त जाँच विस्तार गर्न सकिने कुरा बताए र पेरिसले जर्सी (विवादास्पद सामुद्रिक च्यानल) मा बिजुली आपूर्ति कम गर्ने धम्की पनि दिएको छ ।
“यस मामिलामा बेलायत सरकार विवादास्पद सामुद्रिक च्यानल जर्सीका बिषयमा खरो उत्रनेछ,” नेता जर्ज आस्टिसले भन्नुभयो । उहाँले बुधबारको बेलायतको भनाइलाई दोहो¥्याउँदै फ्रान्सेली चेतावनीहरू ‘निराशाजनक र असमान’ रहेको र यसबारे सरकारले उचित प्रतिक्रिया दिने बताउनुभयो ।
फ्रान्सेली माछा मार्ने डुंगाबाट लाइसेन्स आवेदन दिनका लागि ‘हामी प्रतिबद्ध छौँ साथै नयाँ जानकारीबारे विमर्श गरिरहेका छौं,” आस्टििसले थप्नुभयो । “हाम्रो तर्फबाट यसका लागि ढोका सधैं खुला रहन्छ ।”
बेलायतको यूरोपेली संघ (इर्यू) बाट बहिर्गमनपछि यस वर्षको सुरुमा पूर्ण प्रभाव पारेको हुनाले बेलायतले ७३६ फ्रान्सेली जहाजहरूसहित आफ्नो विशेष आर्थिक क्षेत्रमा माछा मार्न इयूका एक हजार ६७३ जहाजहरूलाई अनुमति पत्र प्रदान गरेको कुरा उहाँले बताउनुभयो । अहिले ईयू मुलुकका कूल १२१ वटा डुङ्गालाई बेलायतको तटबाट ६ देखि १२ किलोमिटर टाढा माछा राख्न अनुमति दिइएको छ । यसमा १०३ वटा फ्रान्सेली जहाजहरू पनि परिसकेका छन् ।
बेलायतले कूल ९८ प्रतिशत इयुको आवेदनलाई स्वीकार गरेको थियो र यस बिषयमा बेलायत ब्रसेल्स र पेरिस दुवैसँग ‘रचनात्मक वार्ता’ जारी राख्ने उहाँले बताउनुभयो ।
–––



प्रतिक्रिया