अभिनेता शाहरुख खानका छोरा आर्यन जमानतमा भए रिहा

अभिनेता शाहरुख खानका छोरा आर्यन जमानतमा भए रिहा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – २० दिनदेखि हिरासतमा रहदै आएका बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन जमानतमा रिहा भएका छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनलाई मुम्बई उच्च अदालतले उनलाई बिहीबार जमानतमा रिहा गर्ने आदेश दिएको थियो । नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी) ले गत ३ अक्टोबरमा मुम्बईबाट गोवा जाँदै गरेको एउटा समुद्री जहाजबाट आर्यन सहित आठ जनालाई पक्राउ गरेको थियो।

भारतका चर्चित वकिल तथा पूर्व महान्यायाधिवक्ता मुकुल रोहतगीले आर्यनको पक्षमा बहस गरेका थिए। आफ्नो छोरा पक्राउ परे यता बलिवुड अभिनेता शाहरुख खान तनावमा रहदै आएका छन । ला.गुपदा.र्थ मुद्दामा पक्राउ परेका आर्यन विगत २० दिनदेखि मुम्बईको आर्थर जेलमा रहदै आएका थिए।

यो पनि – माडीको विकासका लागि अरुलाई भन्दा मलाई बढी चिन्ता र चासो छ : अध्यक्ष दाहाल

चितवन, ११ कात्तिक (रासस) : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र रहेको माडीको विकासका लागि अरुलाई भन्दा आफूलाई बढी चिन्ता र चासो रहेको बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय चितवन र माडी नगरपालिकाले आज माडीको बाँदरझुलामा आयोजना गरेको नागरिकता वितरण सहजीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माडी बनाउनका लागि नभएर प्रोपोगाण्डाका लागि राम मन्दिरको कुरा उठाइएको बताउनुभयो । माडीमा प्रोपोगाण्डाका लागि राम मन्दिर निर्माणको घोषणा गरिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो “ऐतिहासिक तथ्य र अन्वेषण गरेर मात्र राम मन्दिर निर्माण गर्ने पक्षमा म छु ।” फरक प्रसङ्गमा उहाँले सुकुम्वासी समस्या छिट्टै समाधान हुने बताउनुभयो । उहाँले सुकुम्वासीको समस्या समाधान गर्नेतर्फ सरकार लागेको बताउनुभयो । माडीको बाँदरझुला सुकुम्वासी बस्ती हो । दाहालले भन्नुभयो, “मैले भूमिसुधार मन्त्री र राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई भनिसकेको छु, ठोस कार्य योजना बनाएर लालपूर्जा वितरण गर्नुहोस् ।”

उहाँले आफूले निर्वाचनको समयमा गरेको वाचा पूरा गर्दै अगाडि बढेको बताउनुभयो । दाहालले रिउ करिडोरमा तटबन्धन, दर्जन बढी नदीमा पक्की पुल र सडक कालोपत्रेको काम धमाधम भइरहेको भन्दै सुकुम्वासी बस्ती हनुमानझुलामा बिजुली बत्ती विस्तारका लागि काम गरिरहेको बताउनुभयो ।

सो अवसरमा दाहालले स्थानीय ज्येष्ठ नागरिकलाई नागरिकता वितरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, माओवादी केन्द्रका नेता प्रभु महतो, नेकपा समाजवादीका नेता नारदमणि पौडेल, प्रमुख जिल्ला अधिकारी आसमान तामाङलगायत बाँदरझुलामा नागरिकता र लालपूर्जाको समस्या समाधान गर्न दाहालसँग आग्रह गर्नुभयो ।

यो पनि – कुखरा खान खोरमा पसेको चितुवा छाडियो

बागलुङ, ११ कात्तिक (रासस) : बडिगाड गाउँपालिका–९ मालारानीमा कुखरा खान खोरमा पसेको चितुवालाई स्थानीयवासीले छोपेर सकुशल छाडिदिएका छन् । आज बिहान ४ बजेतिर स्थानीय दिलबहादुर थापाको घरमा रहेको कुखुराको खोरमा छिरेको चितुवालाई दिउँसो नियन्त्रणमा लिइएको हो ।

लखेट्न खोजेपनि अटेर गरेर खोरमै बसेको चितुवा पछि आफै निस्केर मानिसहरु झुम्मिएको ठाउँतिर आएपछि गाउँले मिलेर समातेका थिए । खोरबाट भगाउन जम्मा भएकामाथि झम्टन आएको चितुवालाई हातैले समातेर नियन्त्रणमा लिइएको स्थानीय युवा राजन पाइजाले बताउनुभयो । “चितुवा एक्कासी हामी भएतिर आयो, म, दीपक केसीलगायतका साथीहरु भएर समात्यौँ”, पाइजाले सुनाउनुभयो ।

चितुवासँग भिड्दा नङ्ग्राले खुट्टामा सामान्य घाउ लागेको र कपडा च्यातिएको पाइजाले बताउनुभयो । उहाँले जीवनमा पहिलोपटक चितुवासँग आमनेसामने भएको उल्लेख गर्नुभयो । अन्दाजी दुई वर्षको चितुवालाई जनप्रतिनिधि, प्रहरीलगायतको रोहबरमा घटनास्थलदेखि तीन किमि टाढा रानीवनमा लगेर छाडिएको सब डिभिजन वन कार्यालय बडिगाडका फरेस्टर दीपकबहादुर श्रीस थापाले बताउनुभयो ।

यो पनि – प्रतिनिधिसभामा राष्ट्रिय दलित अयोगको वार्षिक प्रतिवेदन पेश

प्रतिनिधिसभामा “राष्ट्रिय दलित अयोगको वार्षिक प्रतिवेदन आव २०७७÷७८” पेश भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन पेश गर्नुभएको हो ।बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१० को उपनियम (४) बमोजिम सांसदबाट प्राप्त अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई सभाले स्वीकृत गरेको छ ।

प्रतिनिधिसभा बैठकमा लगातार १० वा १० भन्दा बढी पटक अनुपस्थित हुने सांसदको बैठकमा अनुपस्थितिको सूचनालाई जानकारी गराई स्वीकृत गर्नुपर्ने व्यवस्था रहेको छ । प्रतिनिधिसभाको १३ वटा बैठकमा अनुपस्थित हुने सांसद क्रमशः झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरीको अनुपस्थितिको सूचनालाई सभामुख सापकोटाले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।

यस्तै बैठकमा सभामुख सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले राजिनामा दिएको र उक्त मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री शेरबहादुर देउवा स्वयम्ले सम्हाल्ने गरी कार्यभार तोकिएकोबारेमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही कात्तिक २९ गते दिउँसो १ बजे पुनः बस्नेछ ।

यो पनि – मन्त्री खतिवडाद्वारा अनुगमन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा नेतृत्वको टोलीले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेको छ । प्रतिष्ठानको सहकुलपतिसमेत रहनुभएका मन्त्री खतिवडा नेतृत्वको टोलीले हालै धरान पुगेर अनुगमनका क्रममा राजनीतिक दलका स्थानीय प्रतिनिधि, सरोकार पक्ष, नागरिक दबाब सञ्जालका सदस्यलगायतसँग छलफल गरेको हो । सो अवसरमा मन्त्री खतिवडाले प्रतिष्ठानको आकस्मिक सेवाको अनुमगन गरी सेवालाई थप व्यवस्थित बनाउन निर्देशन दिनुभएको थियो । उक्त सञ्जालमा स्थानीय जनप्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल पत्रकार महासङ्घ, सञ्चारकर्मी र राजनीतिक दलका प्रतिनिधि छन् ।

विभिन्न विवाद र आरोपमा मुछिएका पदाधिकारीलाई तत्काल कारबाही गर्नुपर्ने सुझाव टोलीलाई प्राप्त भएको बताइएको छ । मन्त्री खतिवडाको संयोजकत्वमा बनेको उच्चस्तरीय छानबिन समितिका सदस्यमा सिनेट सदस्य एवं मन्त्रालयका सचिव डा रोशन पोखरेल र सिनेट सदस्य एवं धरानका नगरप्रमुख तिलक राई रहनुभएको छ । छानबिन समितिले प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा गुरु खनाल र निर्देशक डा गौरीशङ्कर शाहलाई छुट्टाछुट्टै भेटेर बयान लिएको थियो । छानबिन समितिको टोलीले प्रतिष्ठानको ऐन २०४९ को परिच्छेद ४ को दफा ११ को घ अनुसार पदाधिकारीको बयान लिएको हो ।

प्रतिष्ठानमा अहिले रु सात अर्ब सञ्चित घाटा रहेको छ भने आर्थिक वर्ष २०७८÷७९ मा अहिलेसम्म रु ९१ करोड घाटा रहेको पाइएको छ । दोषीमाथि कारबाही गर्न, उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न, विचाराधीन मुद्दा फास्टट्रयाकबाट छिटो निरुपण गर्न र प्रतिष्ठानमा सुशासन कायम राख्न तत्काल पहल लिन सरोकार पक्षले मन्त्री खतिवडासँग आग्रह गरेको थियो । प्रतिष्ठानमा बेथिति बढेको, आर्थिक अनियमिततामा पदाधिकारी संलग्न रहेको भन्दै कारबाहीको माग गरी अस्पतालका चिकित्सक, कर्मचारी र विद्यार्थी आन्दोलनमा छन् ।