काठमाडौँ, ११ कात्तिक (रासस) : सरकारले वर्षाका कारण धानबालीमा क्षति बेहोरेका किसानलाई अधिकतम ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको क्षेत्रफलका आधारमा साना, मध्यम र ठूला किसान वर्गीकरण गरी २० देखि ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बढीमा १० कट्ठासम्म वा सो बराबरको जग्गामा लगाएको धानको पूर्ण क्षति बेहोरेका किसानलाई क्षतिको अधिकतम ६५ प्रतिशतसम्म क्षतिपूर्ति दिने निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार मध्यम किसान (१० कठ्ठादेखि तीन बिघा वा सो बराबरको जग्गा) मा क्षति बेहोरेका किसानलाई ३० प्रतिशत र तीन बिघाभन्दा बढी वा आंशिक क्षति भएकाको हकमा अधिकतम २० प्रतिशत राहत दिने निर्णय गरेको छ ।
उहाँले नेपाल सरकारबाट न्यूनतम समर्थन मूल्य निर्धारण गरी उक्त राहत दिइने पनि जानकारी गराउनुभयो । त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनउने र उक्त कार्यदलले पाँच दिनभित्र कार्यविधि बनाई स्वीकृ्तिका लागि पेश गर्ने निर्णय पनि गरेको छ ।
यो पनि – जापानद्वारा थप ११४ थान ‘अक्सिजन जेनेरेटर’ प्रदान
काठमाडौँ, ११ कात्तिक (रासस) : कोभिड–१९ को महामारीसँग जुधिरहेको नेपाल सरकारको प्रयासमा सहयोग गर्दै आएको जापान सरकारले आज थप ११४ थान ‘अक्सिजन जेनेरेटर’ उपलब्ध गराएको छ । यहाँस्थित जापानी दूतावासका नियोग उपप्रमुख योशिओका युजोले नेपालका अस्पताललाई सहयोग गर्न थप अक्सिजन जेनेरेटर हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउँदै जापानले उपलब्ध गराएको स्वास्थ्य उपकरणले नेपालमा धेरैको ज्यान जोगाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको उक्त दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।
जापानले नेपाललाई कोभिड–१९ विरुद्धको लडाइँमा २५ थान रगत ग्यास विश्लेषक, २५ वटा ‘पोर्टेबल अल्ट्रासाउन्ड इमेज डायग्नोस्टिक सिस्टम’, ६ वटा एम्बुलेन्स र २७४ वटा अक्सिजन जेनेरेटरलगायत चिकित्सा उपकरणहरू उपलब्ध गराइसकेको छ ।
जापानले नेपालको स्वास्थ्य क्षेत्रमा सक्दो सहयोग गर्दै आएको छ । गत साउनमा उसले १६ लाख मात्रा एस्ट्राजेनेका खोप उपलब्ध गराएको थियो । कोभिड–१९ को खोप प्रभावकारी ढुवानी गर्ने अर्को परियोजना युनिसेफसँगको ‘लास्ट वान माइल’ कार्यक्रमअन्तर्गत अपेक्षित रहेको उक्त दूतावासले जनाएको छ ।
दूतावासले कोभिड–१९ महामारीको अन्त्य भई नेपाल सरकार र विकास साझेदारहरूसँग मिलेर नेपालको स्वास्थ्य क्षेत्रलाई सहयोग गर्न र कोभिड–१९ महामारीपछिको आर्थिक पुनरुत्थानमा पुनः फकाएउन तत्पर रहेको बताएको छ ।
यो पनि – गरिब र जेहेन्दारको पढ्ने रहर पूरा गर्दै सामाजिक सङ्घसंस्था
–गोपालप्रसाद बराल, महोत्तरी, ११ कात्तिक (रासस) : महोत्तरीको बर्दिबास नगरपालिका क्षेत्रमा गरिब परिवारका जेहेन्दार विद्यार्थीलाई पढाई खर्च जुटाउन सामाजिक सङ्घसंस्थाले पहल गर्दै आएका छन् । बर्दिबास नगर क्षेत्रका स्थायी विद्यार्थीले स्थानीय विद्यालय÷क्याम्पसमा पढ्न चाहेमा सामाजिक सङ्घसंस्थाले छात्रवृत्ति उपलव्ध गराउन थालेका हुन् । दसैँ, तिहार र छठपर्वका अवसरमा पद्मशम्शेर प्रतिष्ठान,बर्दिबास–१ र बर्दिबास हेल्प फाउण्डेशनले उपलब्ध गराएको छात्रवृत्ति गरिब र जेहेन्दार छात्रछात्रालाई वरदान साबित भएको छ ।
नगर क्षेत्रमा प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रसारमा लागेको प्रतिष्ठानले गत वर्षदेखि नै गरिबीका कारण खर्च जुटाउन नसक्ने विद्यार्थीलाई सघाउँदै आएको छ । नगरभित्रका प्राविधिक तथा व्यावसायिक विषयको अध्ययन र अभ्यास हुने विद्यालयमा तीनवर्षे स्नातक तहका लागि लाग्ने खर्च प्रतिष्ठानले व्यहोर्दै आएको छ । गत वर्ष सिभिल इञ्जीनियरिङ, बाली विज्ञान, पशु विज्ञान, नापी, अटोमोबाइल, फुड एण्ड डेरी, कम्प्युटर विज्ञान, होटल मेनेजमेन्टमा अध्ययन गर्ने ११ विद्यार्थी छात्रवृत्ति पाउनेमा छनोट भएकामा यसपालि छ जना मात्र छन् ।
सीप प्रवद्र्धन गर्दै दक्ष जनशक्ति तयार पार्न प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रसारको आवश्यकता महसुस गरी यस्ता विषयको पठनपाठन र अभ्यासलाई सहयोग पु¥याउन छात्रवृत्ति दिन थालिएको प्रतिष्ठानले जनाएको छ । “पढ्ने सङ्कल्प र लगनचाहिँ सम्बन्धित विद्यार्थीमा हुनुपर्छ, पैसा नभएर पढ्न पाइएन भन्ने स्थिति अब रहन्न”, प्रतिष्ठानका अध्यक्ष विष्णु खड्का भन्नुहुन्छ, “वर्षेनी १५ सम्म छात्रछात्रालाई लाग्ने शुल्क पूरै व्यहोर्ने गरी छात्रवृत्ति उपलव्ध गराउने हाम्रो योजना छ ।” प्रतिष्ठानले वर्षेनी १५ जनासम्मलाई छात्रवृत्ति उपलव्ध गराउने भएपनि तोकिएको मापदण्डभन्दा कम सङ्ख्याका विद्यार्थीले आवेदन गरेकाले गतवर्ष ११ र यसपालि छजना मात्र पुगेको उहाँको भनाइ छ ।
विगतमा अर्थाभावकै कारण आफ्नो पढ्ने इच्छा पूरा नभएको सम्झना गर्दै अहिले केही सामाजिक काम गर्नसक्ने आर्थिक हैसियत भएपछि शैक्षिक अवस्था सुधारका लागि पहल थालिएकोे अध्यक्ष खड्का बताउनुहुन्छ । “मैले त्यतिखेर (३० वर्षअघि) एसएलसी पास गरेपछि गरिबीकै कारण अध्ययन अघि बढाउन सकिनँ”, उहाँ भन्नुहुन्छ, “अहिले मिहेनतले केही खर्च गर्नसक्ने भएको छु, त्यसैले स्व पितामाताको नाममा प्रतिष्ठान स्थापना गरेर छात्रवृत्ति कोषमार्फत शैक्षिक सुधारको काम थालेको हुँ ।” गरिब परिवारका जेहेन्दार छात्रछात्राको पढाइमा सहयोग पु¥याउन पाउँदा आपूm सामाजिक काममा रहेको अनुभूतिसँगै सन्तोष र आनन्द लाग्ने गरेको खड्काको भनाइ छ ।
यसैगरी बर्दिबास नगर क्षेत्रलाई आधार बनाएको फाउण्डेशनले यसैपालिदेखि गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिन थालेको छ । आफ्नो क्षेत्रका सामुदायिक विद्यालय, कलेज र प्राविधिक शिक्षालयमा जुनसुकै विषय अध्ययन गर्न फाउण्डेशनले लाग्ने शुल्क छात्रवृत्तिवापत उपलब्ध गराउने निर्णय गरेको हो । यसपालि २७ छात्रछात्रालाई छात्रवृत्ति उपलब्ध गराइएको फाउण्डेशनका अध्यक्ष प्रल्हाद क्षेत्रीले जानकारी दिनुभयो ।
बर्दिबास–२ स्थित पुरानो जनता माध्यमिक सामुदायिक विद्यालयबाट विसं २०४९ मा एसएलसी दिएका पूर्वविद्यार्थीले सामाजिक काममा सङ्गठित प्रयत्न अघि बढाउन गत वैशाखमा उक्त फाउण्डेशन गठन गरेका थिए । स्थापनालगत्तै कोरोना त्रासबीच सडकयात्रीलाई भोजन, स्वास्थ्य सामग्री सङ्कलन र वितरण गरेको फाउण्डेशनले पछिल्लोपटक शिक्षाक्षेत्रमा सहयोग पु¥याउन छात्रवृत्ति दिन थालेको हो ।
दुबै संस्थाले आपूmले उपलव्ध गराउने छात्रवृत्तिको मापदण्ड गरिब र जेहेन्दार विद्यार्थीलाई बनाएका छन् । यो छात्रवृत्ति छनौट र वितरण बर्दिबास नगर कार्यपालिकाको कार्यालयस्थित नगर शिक्षा समिति र नगर शिक्षा शाखाको प्रत्यक्ष समन्वयमा गरिएको छ । यसले शैक्षिक व्यवस्थापन र शिक्षाको प्रसारमा सहयोग पु¥याउनाका साथै गरिबीकै कारण पढ्न नसक्ने अवस्था अन्त्य गर्न मद्दत मिलेको नगर शिक्षा शाखाका प्रमुख गणेशप्रसाद दाहाल बताउनुहुन्छ ।
बर्दिबास नगर क्षेत्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को स्वीकृति र आवद्धतामा सातवटा माध्यमिक विद्यालयले विभिन्न विषयको तीनवर्षे (स्नातक तह) को पठनपाठन र अभ्यास गराउँदै आएका छन् । यसबाहेक बर्दिबास–११ ख्यरमारा सुन्दर बस्तीमा निर्मल लामा बहुप्राविधिक शिक्षालय सञ्चालित छ । त्यसैगरि बर्दिबास–१४ मा बर्दिबास जनता क्याम्पस र बर्दिबास–६ मा कृषि विश्वविद्यालयअन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेज सञ्चालित छ । बर्दिबासमा बर्दिबास मेडिकल कलेज निर्माणका लागि पूर्वाधार तयार भएर काम अघि बढेको छ । नगर क्षेत्रमा विभिन्न तहका गरी ५५ सामुदायिक विद्यालय छन् । यी सबैको कुशल व्यवस्थापन गरेर नगरलाई मुलुककै शैक्षिक हव (गन्तव्य) बनाउने सपना र सङ्कल्प साँचिएको नगरप्रमुख विदुरकुमार कार्कीको भनाइ छ ।
छात्रवृत्ति पाएकाले अब आपूmहरुको पढाइ नरोकिने विद्यार्थीले आश गरेका छन् । दशैं , तिहार र छठ पर्वमा पाएको छात्रवृत्तिले सबैभन्दा मूल्यवान उपहार पाएको अनुभूति भइरहेको छात्रछात्राको भनाइ छ । “मेरो अब अघिल्लो शिक्षाका लागि पढ्ने सावगास थिएन”, बर्दिबास–१२ जुडीटोलको दलित बस्तीका पप्पु दास तत्माले पद्मशम्शेर प्रतिष्ठानबाट छात्रवृत्तिवापतको रकम ग्रहण गर्दै गत दसैँताका भन्नुभएको थियो, “मेरा लागि छात्रवृत्ति अब वरदान भएको छ, म मेहेनतसाथ पढेर राम्रो नापीविज्ञ बन्नेछु ।” अत्यन्त गरिब परिवारका उहाँले बर्दिबास–१ स्थित देउराली माध्यमिक विद्यालयमा नापी विषयको डिप्लोमा तह अध्ययनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट स्वीकृति पाउनुभएको थियो ।
पिता श्री दास परिवारको भरणपोषणका लागि वैदेशिक रोजगारीमा अरब जानुभएको र घरमा आमासहित चार दिदीभाइ रहेकाले आपूmहरुका लागि अर्थाभावले उच्च शिक्षा पढ्न सक्ने स्थिति नरहेकोे दासको भनाइ छ । “मैले पढ्ने रहरले छात्रवृत्तिका लागि आवेदन त भरेँ”, उहाँ भन्नुहुन्छ, “आपूmजस्ता गरिबले पढ्न पाउने कुरामा आशै थिएन, तर मैले सिटिइभिटी र प्रतिष्ठान दुवै ठाउँबाट अवसर पाएँ ।” मुख्य पक्ष अध्ययनका लागि लाग्ने पूरै शुल्क प्रतिष्ठानले व्यहोरिदिने भएपछि दास अब उच्च तहको प्राविधिक शिक्षा पढ्न पाउने कुराले दङ्ग पर्नुभएको छ । दासजस्तै प्रतिष्ठान र फाउण्डेशनबाट छात्रवृत्ति पाउने छात्रछात्राले यो आपूmहरुका लागि खास अवसर भएको प्रतिक्रिया दिएका छन् ।



प्रतिक्रिया