संसद् अधिवेशन अन्त्यको सिफारिस

संसद् अधिवेशन अन्त्यको सिफारिस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सरकारले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी अधिवेशन अन्त्यका लागि सिफारिस गरेको मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिनुभयो । गत भदौ २३ देखि सुरु भएको संसद् अधिवेशन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले लगातार अवरोध गर्दै आएको थियो ।
–––

यो पनि – नेपालको विकासमा भारतको साथ र सहयोग रहने सञ्चारमन्त्रीको विश्वास

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको विकास प्रयासमा भारत सरकारको निरन्तर साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रासँग आज आफ्नै कार्यकक्षमा भएको भेटमा उहाँले भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विकास आयोजनाहरूको सहज कार्यान्वयनमा भारतबाट निरन्तर सहयोग हुने विश्वास व्यक्त गर्नुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध सदैव सुमधुर रहने विश्वास व्यक्त गर्दै मन्त्री कार्कीले नेपालको विकासका मुद्दा, द्विपक्षीय आर्थिक सहयोग, व्यापार एवं लगानी अभिवृद्धिमा भारत सरकारबाट सहकार्य भएकामा कृतज्ञता ज्ञापन गर्नुभयो ।शिष्टाचार भेटमा राजदूत क्वात्राले नेपालको दूरसञ्चार क्षेत्रमा नवप्रविधिको विकास र आवश्यक लगानी भित्र्याउन सहजकर्ताको भूमिका निर्वाह गर्न आफू प्रतिबद्ध रहेको बताउँदै दुई देशबीच जनस्तरमा रहेको सुमधुर सम्बन्धलाई थप प्रगाढ तुल्याउन सक्रियतापूर्वक लाग्ने दृढता पनि व्यक्त गर्नुभयो ।

आजै मन्त्री कार्कीसँग नेपालका लागि फ्रान्सका राजदूत जिल बुरबाओले पनि शिष्टाचार भेट गर्नुभएको उक्त मन्त्रालयले जनाएको छ । त्यस अवसरमा मन्त्री कार्कीले नेपाल र फ्रान्सबीच विद्यमान सुमधुर दौत्य सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीले सम्पूर्ण नेपालीलाई कोभिड–१९ विरुद्धको खोपको सुनिश्चितता गर्नु वर्तमान सरकारको प्रमुख प्राथमिकता भएको जानकारी दिँदै लोकतान्त्रिक मूल्यमान्यतालाई मजबुत रूपमा स्थापित गर्ने र समृद्धितर्फको यात्रामा अघि बढ्नु यो सरकारको लक्ष्य भएको बताउनुभयो । उहाँले नेपालको समृद्धिका लागि मित्रराष्ट्र फ्रान्सको पूँजी, प्रविधि र सीप उपयोगी हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

फ्रान्सेली राजदूतले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्वको प्रशंसा गर्दै नेपालमा फ्रान्सको पूँजी र प्रविधि लगानी गरी सुरक्षण मुद्रण स्थापना गर्ने, नेपालको राष्ट्रिय भूउपग्रह अन्तरिक्षमा राख्ने तथा द्विपक्षीय व्यापार अभिवृद्धिका लागि फ्रान्स र नेपालबीचको सहकार्यलाई घनिभूत बनाउन आफू सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको उक्त मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर जनाएको छ ।