निकुञ्जका विस्थापित परिवारलाई पुनः स्थापना गरिनुपर्ने ः मन्त्री आलेमगर

निकुञ्जका विस्थापित परिवारलाई पुनः स्थापना गरिनुपर्ने ः मन्त्री आलेमगर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेमगरले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विस्थापित परिवारलाई पुनः स्थापना गरिनुपर्ने बताउनुभएको छ ।नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)को आज महेन्द्रनगरमा आयोजित जिल्लास्तरीय विस्तारित बैठकमा मन्त्री मगरले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराई पुनः स्थापना गरिनुपर्ने बताउनुभयो । उहाँले मुआब्जा दिनका लागि विगतमा गठित समितिले बुझाएको प्रतिवेदनका आधारमा पुनः स्थापना गर्न सुझाव दिएको बताउनुभयो ।

समितिको प्रतिवेदनअनुसार विस्थापित एक हजार ४८० परिवारलाई १० कठ्ठा जग्गा र रु ६० लाख दरले मुआब्जा दिनुपर्ने उहाँले बताउनुभयो । वन मन्त्री हुँदा मैले १५ दिनभित्रै निकुञ्ज विस्थापित परिवारको समस्या समाधानका लागि समिति गठन गर्ने बचन दिएको उहाँले बताउनुभयो ।

यो पनि – लुम्बिनी प्रदेशसभामा एमालेको विरोध कायमै

लुम्बिनी प्रदेशसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध कायमै राखेको छ । निर्धारित समयभन्दा आधा घण्टा ढिला सुरु भएको बैठकमा एमालेका सांसदले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए । एमालेका प्रदेशसभा सदस्य नारायण आचार्यले एमालेले कारबाही गरेका दुई सांसद पदमुक्त नहुँदासम्म सदन चल्न नदिने एमालेको अडान रहेको बताउनुभयो ।

एमालेको विरोधपछि केहीबेर स्थगित भएर फेरि सुरु भएको बैठकमा वन, वातावरण तथा भूसंरक्षणमन्त्री सुरेन्द्रबहादुर हमालले वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीकोतर्फबाट राज्यमन्त्री सहसराम यादवले जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक निर्णयार्थ पेस गर्नुभएको थियो ।

बैठकको शून्य समयमा प्रदेशसभाका सदस्य रुन्धावती शर्माले गत हप्ता आएको वर्षाले किसानको धान बालीमा ठूलो क्षति पु¥याएकाले राहतको व्यवस्थाको माग गर्नुभयो । उहाँले तत्काल किसानलाई उचित क्षतिपूर्ति दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।