सुदूरपश्चिम प्रदेशमा आज थप २९ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ८९ जनाको नमूना परीक्षण गर्दा २९ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सोह्र जनामा आरटी पीसीआर र १३ मा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १२, जिल्ला अस्पताल बैतडीमा दुई, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कञ्चनपुरका सात र डडेल्धुराका छ जनामा सङ्क्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा प्रदेशभर १२ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि यस प्रदेशमा बुधबार ४२ जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच जना डिस्चार्ज भएका छन् ।
यो पनि – आज थप ९४ जनामा सङ्क्रमण
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९४ जनामा कोरोना सङ्क्रमण भएको छ । प्रदेशको सामाजिक मन्त्रालयका अनुसार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ७० र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा सङ्क्रमण देखिएको छ । पीसीआर परीक्षणका आधारमा मोरङमा २८, झापामा २१, सुनसरीमा २० र इलाममा एक जनामा सङ्क्रमण देखिएको हो ।
स्थानीय मालिकाके आधारमा मोरङको विराटनगरमा १९, रतुवामाई र सुन्दरहरैँचामा तीन÷तीन, उर्लाबारी, कटहरी र लेटाङमा एक÷एक, झापाको मेचीनगर, विर्तामोड र भद्रपुरमा तीन÷तीन, गौरादह, अर्जुनधारा र दमकमा दुई÷दुई, बुद्धशान्ति, कनकाई, गौरीगञ्ज, शिवसताक्षी र कमल गाउँपालिकामा एक÷एक, सुनसरीको इटहरीमा १४, धरानमा तीन, इनरुवामा दुई, दुहवीमा एक र इलामको इलाम नगरपालिकामा एक जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेशमा आजै २६ महिलासहित ६३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक महिलासहित पाँच जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया