विराटनगरमा रु पाँच अर्बको लगानीमा २५ तले व्यापारिक भवन निर्माण हुने

विराटनगरमा रु पाँच अर्बको लगानीमा २५ तले व्यापारिक भवन निर्माण हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर महानगरपालिका र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा रु पाँच अर्बको लगानीमा २५ तले व्यापारिक भवन निर्माण गरिने भएको छ ।विराटनगर–९ स्थित पुरानो गुद्रीबजार क्षेत्रमा रहेको १४ कठ्ठा जग्गामा उक्त व्यापारिक भवन निर्माणका लागि बिहीबार सम्झौतामा हस्ताक्षर गरिएको छ । विराटनगर महानगर र प्रदेश नं १ सरकारले व्यापारिक भवन निर्माण बनाउने समझदारीपत्रमा हस्ताक्षर गरेको छ । नेपाली कांग्रेस प्रमुख सचेतक केदार कार्की, विराटनगरका नगर प्रमुख भीम पराजुली, उपउपप्रमुख इन्दिरा कार्की, वडा नं ९ का वडाध्यक्ष विश्वनाथ भगतलगायतको उपस्थितिमा प्रदेश लगानी प्राधिकरणका निर्देशक डा सरोज कोइराला र महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

परियोजनाको काम आगामी तीन महिनाभित्र सुरु गरिने बताइएको छ । स्वदेशी लगानीकर्ताको लगानीमा बन्ने उक्त भवन निर्माण हुने भएको छ । प्रमुख सचेतक कार्कीले प्रदेशको भवन निर्माणबाट राजधानीका रूपमा रहेको यस सहर आर्थिकरूपमा सवल बन्ने विश्वास व्यक्त गर्नुभयो । विराटनगर महानगरका प्रमुख पराजुलीले नगरवासीको दीर्घकालीन हितलाई ध्यानमा राख्दै भवन निर्माणबाट सहर थप गतिशीलरूपमा स्थापित हुने विचार राख्नुभयो । उक्त भवन आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्यले कार्य गरिने भएको छ भने नीजि सहकारी साझेदारी तथा लगानी प्राधिकरण नियावली–२०७६ मा भएको कानुनी व्यवस्थाको अधिनमा रही निर्माण सम्पन्न गरिने भएको छ ।

यो पनि – बागमती प्रदेश सरकारले ११९ विद्यार्थीलाई प्राविधिक विषय पढाउने

बागमती प्रदेश सरकारले ११९ विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषय पढाउने भएको छ । बिहीबार साँझ नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेकोे नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशका ११९ वटै पालिकाका एसइई उत्तीर्ण गरेका दलित, लोपोन्मुख तथा पिछडिएका वर्गबाट छनोट गरी ११९ विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषयमा अध्ययनको व्यवस्था मिलाउने निर्णय गरेको हो ।

सो कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयले आगामी १५ दिनभित्र कार्यविधि तयार पारेर पेश गर्नसमेत सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले बताउनुभयो । सरकारले प्रदेशका सबै पालिकाबाट विद्यार्थी छनोट गरी इच्छाएको विषय अध्ययन गर्ने व्यवस्था मिलाउने र अध्ययनपश्चात सम्बन्धित पालिकामा सरकारले ताकेको निश्चित समय सेवा गर्नुपर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट पहिलोपटक सत्ता सम्हाल्नुभएका मुख्यमन्त्री पाण्डेलाई बिहीबार नै प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथग्रहण गराउनुभएको थियो ।

मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख शर्माले सामाजिक विकासमन्त्रीमा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलका उपनेता कुमारी मोक्तान, भौतिक पूर्वाधार विकासमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता कृष्णलाल भडेल र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशका संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको थियो ।