भारतमा कोरोना सङ्क्रमितको कूल संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुग्यो

भारतमा कोरोना सङ्क्रमितको कूल संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

१२ कात्तिक (रासस÷सिन्ह्वा) ः भारतमा गएको २४ घण्टामा १४ हजार ३८४ जना कोरोनाका सङ्क्रमति थपिएपछि कूल सङ्क्रमितको संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । सोही अवधीका कोरोना सङ्क्रमणबाट ८०५ जनाको मृत्यु भएपछि यस रोगबाट ज्यान गुमाउनेको कूल संख्या चार लाख ५७ हजार १९१ पुगेको छ । एकै दिनमा कोरोनाबाट ज्यान गुमाएका यी व्यक्तिहरुमा ७०८ जना केरला राज्यका रहेका छन् ।

हाल भारतमा एक लाख ६१ हजार ३३४ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा कोरोना शुरु भएदेखि तीन करोड ३६ लाख २७ हजार ६३२ जना व्यक्ति कोरोना मुक्त भएका छन् । गत २४ मात्र १३ हजार १९८ जना कोरोना मुक्त भएका पनि समाचारमा जनाइएको छ ।

यो पनि – म्यानमारका विद्यालय नोभेम्भरदेखि खुल्ने

१२ कात्तिक (रासस÷सिन्ह्वा) ः म्यानमारका विद्यालयहरु अर्काे महिनादेखि खुल्ने भएका छन् । यहाँको सरकारले कोभिड १९ को महामारीका कारण विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरेको थियो ।यहाँ कोभिडको महामारी केही घट्दै गएको पाइएपछि कोभिडका विरुद्धमा आवश्यक स्वास्थ्यका सुरक्षा मापदण्डहरु अपनाएर विद्यालय खोल्ने तयारी यहाँको सरकारले गरेको बताइएको छ ।

यहाँका अधिकारीहरुले म्यानमारका सबै निजी तथा सरकारी विद्यालयहरु र बौद्ध शिक्षा दिइरहेका बौद्ध गुम्बाहरु र अरु शिक्षण सस्थाहरु पनि खुल्ने भएका अधिकारीहरुले जानकारी दिएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले भने कोभिडको महामारी कम मात्र भएको र सबै नहटिसकेकाले सतर्कताका साथ विद्यालयहरु खोल्नुपर्ने सुझाव दिएका छन् ।