परम्परा जोगाई राख्नलाई मात्रै सारङ्गी बजाउँदै

परम्परा जोगाई राख्नलाई मात्रै सारङ्गी बजाउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कहाँ गयो गीत भन्ने गाइने दाइ । दुःख पीर विरहमा चाइने है ।। सम्पत्तिको नाउँमा हाम्रो यही सारङ्गी बाजा ।  बज्नै छाड्यो भन्छन्,गाउँघरमा आज ।।

देउखुरी, १२ कात्तिक (रासस) : घोराही उपमहानगरपालिका–११ मज्गैका ३६ वर्षीय विनोद गन्धर्व आफ्नो पुख्र्याैली पेशा जोगाउन घोराही बजारमा सारङ्गी रेटेर हिँड्दै गर्दा भेटिनुभयो । तिहारको पूर्वसन्ध्यामा गाउँघरमा गन्धर्वले गीत गाउँदा रमाइलो हुने गरेको छ ।

घरमा बुवाले सारङ्गी बजाएको देखेर सिकेको उहाँ बताउनुहुन्छ । “सारङ्गीको महत्व बुझेकाले राम्रो मान्छन्, कसैले हातपाखुरा बलिया छन्, काम गरेर खाउ भन्छन्”, उहाँले भन्नुभयो, “तीज, दसँै, तिहार र माघीमा गीत गाउन हिँड्ने गर्छांै, परम्परा जोगाई राख्नलाई मात्रै सारङ्गी बजाउने गरेका छौँ ।”,

पछिल्लो समय सारङ्गी बजाएर पेट पाल्न सकिने अवस्था छैन । सोही ठाउँका शम्भु गन्धर्व एउटा हातमा सारङ्गी अर्को हातमा झोला बोकेर घोराही–१५ भरतपुरमा आफ्नो पुख्र्यौली पेशा जोगाउनकै लागि सारङ्गी रेटेर हिँड्दै गर्दा भेटिनुभयो । उहाँले सारङ्गी रेटेर जीवन चलाउन मुस्किल परेको दुःखेसो पोख्नुभयो । “उतिबेला हामीले एक ठाउँमा भएको घट्ना अरुको ठाउँमा सारङ्गी बजाएर गीतमार्फत सुनाउथ्यौँ, हामीले भनेपछि मात्र अरुले ए फलानो गाउँमा त यस्तो भएको रैछ नि भनेर चाल पाउथेँ”, उहाँ थप्नुहुन्छ, “आजभोलि केही घटना घट्नेबित्तिकै रेडियो, टेलिभिजनले फुकिहाल्छन्, अहिलेका पुस्ताले यो बुझ्न सकेका छैनन् ।”

धेरैले पेशा परिवर्तन गरे पनि कतिपय गन्र्धवको मनले पुख्र्याैली पेशालाई चटक्कै माया मार्न सकेका छैनन् । नयाँपुस्तालाई सारङ्गी बाजा चिनाउँदै गीत गाउदै आशिष दिँदै हिँडेका छन् । “गाउँमा पुग्दा कसै कसैले त सुन्न चाख मान्छन र कसैले पटककै चाख राख्दैनन्, दैलोबाट २०÷५० रुपैयाँ दिन्छन्”, उहाँले भन्नुभयो ।

नेपालमा गन्धर्व समुदाय साङ्गीतिक समाचार वाचकका रुपमा परिचित छ । गायन पेसाबाट नै जीविकोपार्जन गर्दै आइरहेको गन्धर्व जातिले पछिल्लो समय सारङ्गी रेटेर पेट पाल्न नसक्ने अवस्था आएको छ । कतिपयले पेशा परिवर्तन गरेका छन् । केहीले जसोतसो पुख्र्याैली पेशा बचाई राखेका छन् । कुनै समय उनीहरु देशमा घटेको महत्वपूर्ण घटनालाई टिपेर गीत बनाएर गाउँघरमा सुनाउन हिँड्थे । रेडियो, टेलिभिजन, पत्रपत्रिका र अन्य सञ्चारका माध्यम नहुँदा गन्धर्व नै समाचार वाचन गरेर हिँड्ने गर्दथे ।

विवाह, व्रतबन्धजस्ता माङ्गलिक कार्य र शुभसाइतका अवसरमा गन्धर्व जातिका पुरुषले माङ्गल गीत गाउने चलन थियो । दसैँका अवसरमा मालसिरी गीत गाइन्थ्यो । तिहारमा भैलोको आशिक दिने गीत गाएर वातावरणलाई सङ्गीतमय बनाउने गरिन्थ्यो ।

यो पनि – म्याद सकिएको सामग्री प्रयोग गरेको भन्दै गुलाबलाई रु दुई लाख जरिवाना

काठमाडौँ, १२ कात्तिक (रासस) : म्याद सकिएको सामग्री प्रयोग गरेको पाइएपछि सुन्धारास्थित गुलाब मिठाई पसललाई रु दुई लाख जरिवाना गराइएको छ । काठमाडौँ महानगरपालिकाले आज गरेको तिहार लक्षित बजार अनुगमनका क्रममा उक्त पसलबाट बिक्री वितरण हुँदै आएको मिठाईमा म्याद सकिएको सामग्री प्रयोग गरेका, अन्य कम्पनीले उत्पादन गरेका खाद्यवस्तुमा आफ्नो लेबल र आफूले उत्पादन गरेका खाद्यवस्तुमा भारतीय कम्पनीको लेबल राखेको, उत्पादन मिति उल्लेख नभएको पाइएपछि रु दुई लाख जरिवाना गरिएको हो ।

सालिमार हस्पिटालिटी एन्ड फुड प्रालिका नाममा दर्ता भएर सहरका विभिन्न ठाउँमा गुलाब ब्रान्डका मिठाई उत्पादन तथा बिक्री हुँदै आएको छ । कामपाले गत वर्षको तिहारमा गरेको अनुगमनका क्रममा पनि उक्त पसललाई सरसफाइ र म्याद सकिएको सामग्रीको बिक्री वितरण नगर्न निर्देशन दिएको थियो ।

अनुगमनमा खटिनुभएका उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले गुलाबमा भेटिएका मिठाई खाद्य सुरक्षाका दृष्टिकोणबाट गम्भीर असर पु¥याउन सक्ने बताउनुभयो । “समय दिँदा पनि सुधार नगर्नेलाई हदैसम्मको कानुनी दायरामा नल्याई उपभोक्ता ठगिने क्रम रोकिँदैन,” अध्यक्ष तिमिल्सिनाले भन्नुभयो । आउँदै गरेको तिहारलाई लक्षित गरेर कामपाले गत सोमबारदेखि बजार अनुगमन गरिरहेको छ । विगत पाँच दिनदेखि गरिएको अनुगमनका क्रममा समस्या विनाको कुनै पसल फेला नपरेको बताइएको छ ।

यसअघि पनि कामपाले चार पसललाई नवीकरण नगरेको, सरसफाइमा ध्यान नदिएको र अखाद्य वस्तु मिसाएको भन्दै करिब रु एक लाख जरिवाना गराइसकेको छ ।