काठमाडौँ, १२ कात्तिक ( रासस) : विन्ध्यवासीनी धार्मिक क्षेत्र विकास समिति पोखराले अधिकारकर्मी एवम् समाजसेवी दुर्गा घिमिरेलाई हेमदेवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कार २०७६ प्रदान गरेको छ । कूल एक लाख एक हजार रुपैया राशि र सम्मानपत्रसहितको सो पुरस्कार शताब्दि पुरुष सत्यमोहन जोशीले आज ललितपुरमा आयोजित कार्यक्रममा प्रदान गर्नुभयो ।
यस अघि सो पुरस्कार जोशी, आत्मानन्द गिरी र तुलसी दिवसले प्राप्त गरिसक्नुभएको छ । पोखराका हेमबहादुर प्रधानले आफना आमा बुबाको नाममा सो पुरस्कारका लागि १५ लाख रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा शताब्दि पुरुष जोशीले समाज सुधार र राष्ट्रको निमित्त घिमिरेले गर्नुभएको काम प्रशंसनीय रहेको बताउनुभयो । एबीसी नेपाल सामाजिक संस्थाको संस्थापक समेत रहनुभएकी घिमिरेले महिलालाई आफ्नो हक अधिकार दिलाउन र उनीहरुलाई आत्मनिर्भर बनाउन अझे धेरै काम गर्नुपर्ने बताउनभुयो ।
यो पनि – सर्वोच्चमा मुद्दाको सुनुवाइ प्रभावित
काठमाडौँ, १२ कात्तिक (रासस) : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज आठ वटा इजलासमा पेसी तोके पनि कुनै पनि बेच्न बसेर सुनुवाइ हुन सकेन । पेसी तोकिएकोमा प्रधानन्यायाधीश राणा र न्यायाधीश डा कुमार चुडालको संयुक्त इजलास तोकिएको थियो । उक्त मुद्दाको सूचीमा ‘हेर्न नभ्याइएको’ भनेर जनाइएको छ भने बाँकी पेसीमा ‘बेच्न बस्न नसकेको’ भनेर जनाइएको छ ।
आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायलयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्नुभएको थियो । सोमबारदेखि त मुद्दाको सुनुवाइ पूरै प्रभावित भएको छ ।
गत सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) को बैठक बसेर समस्याको समाधान गर्ने भनिए पनि उक्त बैठक बस्न सकेन । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशहरूलाई संविधान र कानून बमोजिम आआफ्नो जिम्मेवारी पूरा गर्न आग्रह समेत गर्नुभएको छ ।
अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । जसले गर्दा पालोमा टाढाटाढाबाट आएका सेवाग्राहीहरू मर्कामा परेका छन् ।



प्रतिक्रिया