काठमाडौँ, १२ कात्तिक (रासस) : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको एक मात्र सरकारी राष्ट्रिय ध्वजाबाहक विमान नेपाल वायुसेवा निगमलाई सबै मिलेर उचाइमा पु¥याउनुपर्ने बताउनुभएको छ । आज मन्त्रलायमा आयोजना गरिएको सरकारी तथा निजी क्षेत्रका जहाज सञ्चालकसँगको छलफलमा मन्त्री आलेले देशमा निजी क्षेत्रका जहाज फष्टाएझै नेपालको एक मात्र सरकारी राष्ट्रिय ध्वजाबाहक बिमान नेपाल वायु सेवा निगमलाई सबै तह, तप्का र क्षेत्रबाट माथि उकास्न एक जुट हुन आग्रह गर्नुभयो ।
सोही क्रममा मन्त्री आलेले भन्नुभयो, “नेपालका आकासमा निजी क्षेत्र जस्तै सरकारी जहाँजले पनि उडान भरोस भन्ने मैले चोहेको हो, क्रिपया सबै मिलेर हाम्रो राष्ट्रिय ध्वजाबहाक जहाज उडाउन सबै लागि परौँ ।” पछिल्लो समय विश्वव्यापी कोरोना महामारीका कारण पर्यटक भित्र्याउन नपाउँदा नेपालमा जहाँज सेवा सञ्चालक कम्पनी पनि समस्यामा परेको दुःखेसो हुँदाहुँदै पनि सरकारी क्षेत्रको राष्ट्रिय ध्वजाबहाक जहाजमा सञ्चालनका लागि निजी क्षेत्र सकारात्मक रहने निजी क्षेत्रका सञ्चालकहरूले प्रतिबद्धता जनाउनुभएको थियो ।
सोही क्रममा नेपालका अधिकांश पहाडी जिल्लामा रहेका विमानस्थल जहाजका लागि सुरक्षाको खतरा भएको निजी क्षेत्रका जहाज सञ्चालकको गुनासो गर्नुभयो । कुनै कारण बस रातिको समयमा जहाज पार्किङमा राखिएको बेला कसैले सामान्यतया ढुङ्गा, मुडा हिर्काउँदा जहाजमा ठूलो क्षति हुन सक्ने सम्भावना भएकाले ती क्षेत्रमा तत्काल सुरक्षा व्यवस्था कडा पारिदिन उहाँहरूले मन्त्री आलेसँग आग्रह गर्नुभयो ।
यो पनि – प्रधानमन्त्री देउवा दोहामा
–विशेष प्रतिनिधि भीष्मराज ओझा दोहा, १२ कात्तिक (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’ मा सहभागी हुने क्रममा आज अपराह्न कतारको राजधानी दोहा आइपुग्नुभएको छ ।
नेपालका तर्फबाट समिटमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ शुक्रबार बिहान काठमाडौँबाट प्रस्थान गरी कतार एयरको विमानबाट दोहाको हमद अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनुभएको हो । विमानस्थलमा उहाँलाई कतारका लागि नेपालका कार्यवाहक आवासीय राजदूत लक्ष्मण खनाल, कतारका शिष्टाचार अधिकारीलगायतले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल आजै अपराह्न बेलायतको राजधानी लण्डनका लागि प्रस्थान गर्नेछ । उहाँ लण्डनमा शनिबार र आइतबार रहनुहुने तथा विभिन्न भेटभाट र कार्यक्रममा व्यस्त हुनुहुनेछ ।
प्रतिनिधिमण्डलमा वन तथा वातावारण मन्त्री रामसहाय प्रसाद यादव, परराष्ट्र सचिव भरतराज पौड्याल, वन सचिव डा पेमनारायण कँडेल, गृहसचिव टेकनारयाण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, अर्थ सचिव मधुकुमार मरासिनी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, प्रधानमत्रीका निजी सचिव जनकराज भट्टलगायत अन्य उच्च कर्मचारी, प्रधानमन्त्रीका निजी सुरक्षा अधिकृत, सञ्चारकर्मीसहित २१ जना हुनुहुन्छ ।
यही अक्टोबर ३१ देखि नोभेम्बर १२ तारेखसम्म ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी २६औँ अन्तर्राष्ट्रिय सम्मेलनसँगै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नोभेम्बर १ र २ तारेखमा ‘वल्र्ड लिडर समिट’ आयोजना गर्न लाग्नुभएको हो ।



प्रतिक्रिया