तराई मधेशको विकासविना राष्ट्र समृद्ध बनाउन नसकिने ः मन्त्री पौडेल

तराई मधेशको विकासविना राष्ट्र समृद्ध बनाउन नसकिने ः मन्त्री पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले वर्तमान सरकारको पहिलो उद्देश्य नै मुलुकको विकास र समृद्धि रहेको बताउनुभएको छ । उहाँले अधिकार प्राप्तिका क्षेत्रमा अहिले पनि केही काम गर्न बाँकी भए पनि तत्कालको अवश्यक्ता भने मुलुकको विकास र समृद्धि भएको बताउनुभयो ।

वीरगञ्जबाट प्रसारित हुने सामुदायिक रेडियो नारायणी एफएमको १६औँ वार्षीकोत्सवको उद्घाटन कार्यक्रममा उहाँले नेपालको समग्र विकासका लागि तराई मधेशको विकास अपरिहार्य भएको बताउनुभयो । उहाँले समृद्धिको प्रचुर सम्भावना रहेको देशकै सबैभन्दा बढी उर्वर भूमि र छिमेकी राष्ट्रसम्मको पहुँच भएको मधेशका भू–भागमा जबसम्म विकास र समृद्धका नयाँ मार्गचित्र कोरिँदैन तबसम्म समुचित राष्ट्रको विकास सम्भावना हुन नसक्ने बताउनुभयो ।

उहाँले बेमौसमी वर्षाका कारण कृषि बालीमा भएको क्षतिलाई पूर्ति गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको र कोरोना तथा भूकम्पका बेला भएको क्षतिलाई उचितरूपमा पूर्ति गर्ने विषयमा मन्त्रिपरिषदमा छलफल भएको जानकारी दिनुभयो ।

यो पनि – पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धा हटाउनुपर्छ ः मन्त्री रिजाल

रक्षामन्त्री मीनेन्द्र रिजालले कांग्रेसभित्रको अस्वस्थ प्रतिस्पर्धा हटाउँदै देशलाई सही ढङ्गबाट अगाडि लैजाने अभियानको नेतृत्व गर्नुपर्ने बताउनुभएको छ । धनकुटामा आज नेपाली कांग्रेसले गरेको बधाई तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पार्टीको आसन्न महाधिवेशनमा सकेसम्म सहमति गर्नुपर्नेमा जोड दिँदै सहमति हुन नसके स्वस्थ प्रतिस्पर्धाबाट कुशल नेतृत्व छनोट गर्नुपर्ने बताउनुभयो ।

कांग्रेसले मुलुकको नेतृत्वदायी भूमिका निर्वाह गर्नका लागि पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्नुपर्नेमा मन्त्री रिजालको जोड थियो । उहाँले पार्टीभित्र नेतृत्वको हिसाबले नयाँ पालुवा नपलाउँदा देशभर नेता कार्यकर्तामा चिन्ता बढेको भन्दै अबको चुनावबाट सबै नेता कार्यकर्ताको सम्मान गर्न र पार्टीलाई सबल बनाउने गरी वातावरण बनाउनुपर्ने बताउनुभयो ।

यो पनि – सरकारी ध्वजाबाहक जहाजलाई सबै मिलेर माथि उकासौँ : मन्त्री आलेमगर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको एक मात्र सरकारी राष्ट्रिय ध्वजाबाहक विमान नेपाल वायुसेवा निगमलाई सबै मिलेर उचाइमा पु¥याउनुपर्ने बताउनुभएको छ ।आज मन्त्रलायमा आयोजना गरिएको सरकारी तथा निजी क्षेत्रका जहाज सञ्चालकसँगको छलफलमा मन्त्री आलेले देशमा निजी क्षेत्रका जहाज फष्टाएझै नेपालको एक मात्र सरकारी राष्ट्रिय ध्वजाबाहक बिमान नेपाल वायु सेवा निगमलाई सबै तह, तप्का र क्षेत्रबाट माथि उकास्न एक जुट हुन आग्रह गर्नुभयो ।

सोही क्रममा मन्त्री आलेले भन्नुभयो, “नेपालका आकासमा निजी क्षेत्र जस्तै सरकारी जहाँजले पनि उडान भरोस भन्ने मैले चोहेको हो, क्रिपया सबै मिलेर हाम्रो राष्ट्रिय ध्वजाबहाक जहाज उडाउन सबै लागि परौँ ।”पछिल्लो समय विश्वव्यापी कोरोना महामारीका कारण पर्यटक भित्र्याउन नपाउँदा नेपालमा जहाँज सेवा सञ्चालक कम्पनी पनि समस्यामा परेको दुःखेसो हुँदाहुँदै पनि सरकारी क्षेत्रको राष्ट्रिय ध्वजाबहाक जहाजमा सञ्चालनका लागि निजी क्षेत्र सकारात्मक रहने निजी क्षेत्रका सञ्चालकहरूले प्रतिबद्धता जनाउनुभएको थियो ।

सोही क्रममा नेपालका अधिकांश पहाडी जिल्लामा रहेका विमानस्थल जहाजका लागि सुरक्षाको खतरा भएको निजी क्षेत्रका जहाज सञ्चालकको गुनासो गर्नुभयो । कुनै कारण बस रातिको समयमा जहाज पार्किङमा राखिएको बेला कसैले सामान्यतया ढुङ्गा, मुडा हिर्काउँदा जहाजमा ठूलो क्षति हुन सक्ने सम्भावना भएकाले ती क्षेत्रमा तत्काल सुरक्षा व्यवस्था कडा पारिदिन उहाँहरूले मन्त्री आलेसँग आग्रह गर्नुभयो ।