प्रधानमन्त्री देउवासँग बेलायती सांसदहरूको भेटवार्ता

प्रधानमन्त्री देउवासँग बेलायती सांसदहरूको भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विशेष प्रतिनिधि भीष्मराज ओझा लण्डन, १३ कात्तिक (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका सदस्य स्वराज पल, शेख र लेडी शेखबीच शिष्टाचार भेट भएको छ । यहाँस्थित नेपाली राजदूतावासमा भएको भेटमा उहाँहरूबीच नेपाल–बेलायत सम्बन्ध थप सुदृढ गर्ने सम्बन्धमा छलफल भएको भ्रमण दलका सदस्य परराष्ट्र सचिव भरतराज पौड्यालले बताउनुभयो । द्विपक्षीय सम्बन्धका जानकार बेलायती सांसदले दुई देशबीच सम्बन्ध प्रगाढ तुल्याउन आफूहरूबाट सबै किसिमको सहयोग रहिरहने आश्वासन दिनुभएको थियो ।

उहाँहरूले बेलायतको संसद्मा नेपालका समस्या र सहयोग गर्ने विषयमा आवाज उठाउँदै आउनुभएको छ । प्रधानमन्त्री देउवाले द्विपक्षीय सम्बन्ध विस्तारका साथै त्यसलाई प्रवद्र्धन गर्न आफू प्रतिबद्ध रहेको बताउँदै बेलायत सरकारबाट निरन्तरुरूपमा प्राप्त सहयोको सराहना गर्नुभएको सचिव पौड्यालले बताउनुभयो ।

यही कात्तिक १५ र १६ गते स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६)मा भाग लिने सिलसिलामा यहाँ रहनुभएका प्रधानमन्त्री आज दिनभर उच्च भेटवार्तामा रहनुभयो ।

यो पनि – माघ मसान्तभित्र सुकुम्बासीलाई धनीपुर्जा : उपाध्यक्ष खड्का

बनियानी, १३ कात्तिक (रासस) : राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई माघ मसान्तभित्र धनीपूर्जा वितरण गरिने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) झापाले आज बिर्तामोडमा आयोजना गरेको ‘भूमि समस्या तथा समाधान’ विषयक अन्तरक्रियामा उहाँले केपी शर्मा ओली नेतृत्व सरकारको आयोगले राम्रो काम गर्न नसकेको आरोप लगाउँदै गठबन्धन नेतृत्व सरकारले गठन गरेको आयोगले माघ मसान्तभित्र धनीपुर्जा वितरण गर्ने दाबी गर्नुभयो ।

पार्टीका झापा सहइञ्चार्ज झलकसिंह दर्लामीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज धर्मशिला चापागाईँको प्रमुख आतिथ्य रहेको थियो । झापामा करिब ६० हजार सुकुम्बासी अहिले लालपुर्जाको पर्खाइमा छन् ।