बैंकिङ सेवा चुस्त बनाउन सभामुख सापकोटाको आग्रह

बैंकिङ सेवा चुस्त बनाउन सभामुख सापकोटाको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चौतारा, १३ कात्तिक (रासस) : सभामुख अग्निप्रसाद सापकोटाले जनताको जीवनस्तर उठाउन बैंकहरुले किसान र मजदुर वर्गको हित हुने खालका कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयको आज उद्घाटन गर्दै उहाँले सुखी नेपाली र समृद्ध नेपालको नारालाई सार्थक बनाउन आर्थिक विकास जरुरी भएको र त्यसका लागि सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको ठूलो जिम्मेवारी रहेको बताउनुभयो ।

उहाँले जलवायु परिवर्तनले यस वर्ष पनि देशका विभिन्न भागमा प्राकृतिक प्रकोपबाट ठूलो जनधनको क्षति पुगेको चर्चा गर्दै सरकारले घोषणा गरेको राहत पीडित पक्षले अझैसम्म पनि पाउन नसकेको हुँदा तत्काल पुग्नुपर्नेमा जोड दिनुभयो ।

अर्को प्रसङ्गमा सभामुख सापकोटाले तातोपानी नाकालाई व्यवस्थितरूपमा सञ्चालन गर्न चिनियाँ राजदूत र ल्हासास्थित महावाणिज्यदूतसँग छलफल भइरहेकाले चाँडै नै व्यवस्थितरूपमा सञ्चालनमा आउने बताउनुभयो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आम जनताको जीवनस्तर उकास्न बैंक लागिपरेको बताउनुभयो ।

यो पनि – प्रधानमन्त्रीसँग नेपाल–बेलायत समाजका पदाधिकारीको भेट

– विशेष प्रतिनिधि भीष्मराज ओझा, लण्डन, १३ कात्तिक (रासस) : स्कटल्याण्डको ग्लास्गोमा यही कात्तिक १५ गते हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६)मा भाग लिने सिलसिलामा यहाँ रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल–बेलायत समाजका पदाधिकारीहरूले भेटवार्ता गर्नुभएको छ ।

यहाँस्थित नेपाली राजदूतावासमा आज भएको भेटमा उहाँहरूले समाजले लामो समयदेखि द्विपक्षीय सम्बन्ध प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको र त्यसलाई अझ प्रभावकारी तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

समाजका अध्यक्ष एन्ड्रयु स्पार्क नेतृत्वको टोलीले नयाँ पुस्ताका बेलायतीलाई नेपाल भ्रमणमा अभिप्रेरित गराउन र नेपालप्रति सद्भाव बढाउन केही नयाँ ढङ्गले काम गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएको भेटमा सहभागी परराष्ट्र सचिव भरतराज पौड्यालले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले समाजका गतिविधिबारे जानकारी लिँदै नेपालको गौरव र गरिमा बढाउन समाजलाई सक्रियातापूर्वक लाग्न आग्रह गर्नुभयो । भेटमा वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवलगायत भ्रमणदलका सदस्य सहभागी हुनुुहुन्थ्यो ।