प्रधानमन्त्रीसँग नेपाल–बेलायत समाजका पदाधिकारीको भेट

प्रधानमन्त्रीसँग नेपाल–बेलायत समाजका पदाधिकारीको भेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विशेष प्रतिनिधि भीष्मराज ओझा, लण्डन, १३ कात्तिक (रासस) : स्कटल्याण्डको ग्लास्गोमा यही कात्तिक १५ गते हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६)मा भाग लिने सिलसिलामा यहाँ रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल–बेलायत समाजका पदाधिकारीहरूले भेटवार्ता गर्नुभएको छ ।

यहाँस्थित नेपाली राजदूतावासमा आज भएको भेटमा उहाँहरूले समाजले लामो समयदेखि द्विपक्षीय सम्बन्ध प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको र त्यसलाई अझ प्रभावकारी तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । समाजका अध्यक्ष एन्ड्रयु स्पार्क नेतृत्वको टोलीले नयाँ पुस्ताका बेलायतीलाई नेपाल भ्रमणमा अभिप्रेरित गराउन र नेपालप्रति सद्भाव बढाउन केही नयाँ ढङ्गले काम गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएको भेटमा सहभागी परराष्ट्र सचिव भरतराज पौड्यालले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले समाजका गतिविधिबारे जानकारी लिँदै नेपालको गौरव र गरिमा बढाउन समाजलाई सक्रियातापूर्वक लाग्न आग्रह गर्नुभयो । भेटमा वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवलगायत भ्रमणदलका सदस्य सहभागी हुनुुहुन्थ्यो ।

यो पनि – पाल्पामा नेकपा (एकीकृत समाजवादी)को विभागीय संयोजक तोकियो

रामपुर, १३ कात्तिक (रासस) : नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) पाल्पाले विभिन्न विभागिय जिम्मेवारी तोकेको छ । आज १० वटै पालिका र जिल्ला तहमा विभिन्न विभागको जिम्मेवारी बाँडफाँट गरिएको छ । रामपुर नगरपालिकामा इन्चार्जमा विनोद श्रेष्ठ, सहइन्चार्ज फणेश्वर गौतम, निस्दी गाउँपालिकाको इन्चार्जमा कमल सेन, बगनासकाली गाउँपालिकामा कमल पाण्डेय, तानसेन नगरपालिकामा मोहनलाल गैरेलाई जिम्मेवारी दिइएको छ ।

माथागढीमा करुणा काफ्ले, पूर्वखोलामा दुर्गा अधिकारी, रम्भामा ईश्वरी श्रेष्ठ, तिनाउमा अरविन्द्र पाण्डेय, रिब्दिकोटमा हिमाल पाण्डेय र रैनादेवी छहरामा पूर्ण भण्डारीलाई पालिका इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

युवा विभाग जिल्ला संयोजकमा करुणा काफ्ले, खेलकुल विभाग संयोजकमा कमल सेन, महिला विभाग संयोजकमा गोदावरी ज्ञवाली, प्रचार प्रसार विभाग संयोजकमा पदम गैरे, उद्योग तथा वाणिज्य विभाग संयोजकमा परशुराम पौडेललाई जिम्मेवारी दिइएको छ ।

बुद्धिजीवी संयोजकमा कृष्णप्रसाद पाण्डेय, शिक्षा विभाग संयोजकमा मीनप्रसाद बन्जाडे, कृषि विभाग संयोजकमा धु्रव भण्डारी, स्थानीय तह विभाग संयोजकमा पूर्णबहादुर सिंजाली, कार्यालय विभाग संयोजकमा जगन्नाथ आचार्यलाई तोकिएको प्रचार प्रसार विभागका संयोजक पदम गैरेले जानकारी दिनुभएको छ ।

पार्टीका केन्द्रीय पोलिटव्यूरो सदस्य सोमप्रसाद पाण्डेयले कम्युनिष्ट आन्दोलन बचाउन सबै लाग्नुपर्ने बताउँदै सामाजिक क्षेत्रका विकासका कामहरु दु्रतगतिमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।