पाल्पामा नेकपा (एकीकृत समाजवादी)को विभागीय संयोजक तोकियो

पाल्पामा नेकपा (एकीकृत समाजवादी)को विभागीय संयोजक तोकियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामपुर, १३ कात्तिक (रासस) : नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) पाल्पाले विभिन्न विभागिय जिम्मेवारी तोकेको छ । आज १० वटै पालिका र जिल्ला तहमा विभिन्न विभागको जिम्मेवारी बाँडफाँट गरिएको छ । रामपुर नगरपालिकामा इन्चार्जमा विनोद श्रेष्ठ, सहइन्चार्ज फणेश्वर गौतम, निस्दी गाउँपालिकाको इन्चार्जमा कमल सेन, बगनासकाली गाउँपालिकामा कमल पाण्डेय, तानसेन नगरपालिकामा मोहनलाल गैरेलाई जिम्मेवारी दिइएको छ ।

माथागढीमा करुणा काफ्ले, पूर्वखोलामा दुर्गा अधिकारी, रम्भामा ईश्वरी श्रेष्ठ, तिनाउमा अरविन्द्र पाण्डेय, रिब्दिकोटमा हिमाल पाण्डेय र रैनादेवी छहरामा पूर्ण भण्डारीलाई पालिका इन्चार्जको जिम्मेवारी तोकिएको छ । युवा विभाग जिल्ला संयोजकमा करुणा काफ्ले, खेलकुल विभाग संयोजकमा कमल सेन, महिला विभाग संयोजकमा गोदावरी ज्ञवाली, प्रचार प्रसार विभाग संयोजकमा पदम गैरे, उद्योग तथा वाणिज्य विभाग संयोजकमा परशुराम पौडेललाई जिम्मेवारी दिइएको छ ।

बुद्धिजीवी संयोजकमा कृष्णप्रसाद पाण्डेय, शिक्षा विभाग संयोजकमा मीनप्रसाद बन्जाडे, कृषि विभाग संयोजकमा धु्रव भण्डारी, स्थानीय तह विभाग संयोजकमा पूर्णबहादुर सिंजाली, कार्यालय विभाग संयोजकमा जगन्नाथ आचार्यलाई तोकिएको प्रचार प्रसार विभागका संयोजक पदम गैरेले जानकारी दिनुभएको छ । पार्टीका केन्द्रीय पोलिटव्यूरो सदस्य सोमप्रसाद पाण्डेयले कम्युनिष्ट आन्दोलन बचाउन सबै लाग्नुपर्ने बताउँदै सामाजिक क्षेत्रका विकासका कामहरु दु्रतगतिमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

यो पनि – पाँच दलीय गठबन्धन निर्वाचनसम्मै जान्छ : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको प्रप्ट्याउनुभएको छ ।प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश (पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन)को जिल्ला शाखाको पहिलो अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै उहाँले पाँच दलको गठबन्धनको बलबाटै प्रतिगामी प्रवृत्तिलाई परास्त गरिएको बताउनुभयो ।

“अझै प्रतिगामी षड्यन्त्रको अन्त्य भएको छैन, थप सचेत बन्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । जनता र अग्रगमनकारी शक्तिको सहयोगबाट प्रतिगमन पररास्त भएको उल्लेख गर्दै उहाँले गठबन्धनलाई आगामी निर्वाचनसम्म टिकाइराख्ने बताउनुभयो । “गठबन्धन भत्काउन विभिन्न शक्ति लागिपरेका छन्”, मन्त्री भुसालले भन्नुभयो, “तर हामी सचेत छौँ, निर्वाचनसम्म गठबन्धनलाई लैजान्छाँै ।”

प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले नेपालको राजनीतिक परिवर्तनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भएको उल्लेख गर्दै जनताको पक्षमा निर्वाध ढङ्गले कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो । अधिवेशनबाट समग्र पत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको कार्यसमिति चयन भएको छ । पत्रिका शाखाको अध्यक्षमा अम्बिका पौडेल, रेडियोको अध्यक्षमा हरि दुलाल, टेलिभिजनको अध्यक्षमा रवीन्द्र पौडेल र अनलाइनको अध्यक्षमा सन्तोष भट्टराई निर्वाचित हुनुभएको छ ।

यो पनि – विद्युतीय सवारीको प्रवद्र्धनमा ऊर्जामन्त्रीको जोड

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन आयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युत्को उपयोगमा जोड दिनुपर्ने बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २५ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित विद्युतीय सवारी ¥यालीको उद्घाटन गर्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको आयातमा बर्सेनि झण्डै रु दुई अर्ब र खाना पकाउने एलपी ग्यासको आयातमा रु ४० अर्ब खर्च भइरहेको उल्लेख गर्नुभयो । बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न विद्युत्को उपयोग बढाउनुको विकल्प नरहेको उहाँको भनाइ थियो ।

उहाँले उद्योग, यातायात र घरायसी प्रयोजनमा विद्युत्को खपत बढाउन सकिएमा विद्युत् खेर जाने अवस्था नआउने र त्यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने धारणा राख्नुभयो । मन्त्री भुसालले विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई सरकारले उच्च प्राथमिकता दिएको बताउँदै जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न विद्युतीय सवारीको प्रयोगलाई बढाउनु पर्दछ भन्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव सागर राईले विद्युतीय सवारी वातावरणमैत्री, यात्रुका लागि सहज र विद्युत्को खपत बढाउने क्षेत्र भएकाले यसको प्रवद्र्धनमा सरकार, निजी क्षेत्र र सर्वसाधारणले विद्युतीय सवारीको प्रयोगमा जोड दिनुपर्ने खाँचो औँल्याउनुभयो । केन्द्रका कार्यकारी निर्देशक डा मधुसुदन अधिकारीले वातावरण संरक्षण र स्वच्छ ऊर्जाको प्रवद्र्धनमा जोड दिँदै आएको केन्द्रले विद्युतीय सवारीको बारेमा सर्वसाधारणलाई जानकारी र नीतिनिर्माताहरुलाई पनि प्रविधिको बारेमा अवगत गराउन ¥यालीको आयोजना गरेको जानकारी दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक झण्डै चार÷पाँच सय मेगावाट विद्युत् खेर गइरहेको र आगामी दिनमा यो परिणाम अझ बढ्ने निश्चित रहेकाले विद्युत्को खपत बढाउन विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्न विभिन्न स्थानमा चार्जिङ स्टेशन निर्माण भइरहेको उल्लेख गर्नुभयो । ललितपुरको जावलाखेलबाट शुरु भएको ¥याली काठमाडौँका विभिन्न स्थान हुँदै भृकुटीमण्डपमा आएर विसर्जन भएको थियो । ¥यालीमा विद्युतीय साइकल, स्कुटर, मोटरसाइकल, ट्याम्पो र कार गरी झण्डै ३०० को सङ्ख्यामा सहभागिता थियो ।