चिकित्सकहरूले बेलायतकी ९५ वर्षीय महारानीलाई कम्तीमा पनि दुई साता आराम गर्न चिकित्सकले सल्लाह दिएको भन्ने सञ्चारमाध्यममा समाचार आएपछि प्रधानमन्त्री बोरिस जोनसनले शनिबार ‘महारानीको स्वास्थ्य अवस्था एकदमै राम्रो’ भएको शनिबार बताउनुभएको छ । “मैले महामहिमसँग कुरा गरें र उहाँ एकदमै राम्रो अवस्थामा हुनुहुन्छ,” प्रधानमन्त्री जोन्सनले रोमस्थित बेलायती टेलीभिजन च्यानल ४ सँग सप्ताहन्तमा जी–२० शिखर सम्मेलनका क्रममा भन्नुभयो ।
“उहाँलाई चिकित्सकको सल्लाह पालन गरेर आराम गर्न भनिएको छ मलाई लाग्छ यो नै सबैभन्दा महत्वपूर्ण कुरा हो । मेरो विचारमा सारा देशले उहाँलाई शुभकामना दिनेछ ।” ‘बकिङहम प्यालेसले शुक्रबार भनेको छ, “हालै ‘प्रारम्भिक स्वास्थ्य परीक्षण’ का लागि अस्पतालमा एक रात बिताएकी महारानीले कम्तीमा पनि अर्को दुई हप्तासम्म निको हुन चिकित्सा सल्लाह पालन गरिरहनुभएको छ ।”
उहाँले ग्लासगोमा भएको संयुक्त राष्ट्र जलवायु सम्मेलन ( कोप–२६) मा आफ्नो उपस्थितिलाई रद्द गर्नुभएको छ । यो कदम वातावरणीय विषयहरूमा उहाँको व्यक्तिगत प्रतिबद्धतालाई ध्यानमा राख्दै अझ बढी महत्वपूर्ण मानिएका समय स्वास्थ्यका कारण उहाँको उपस्थिति रद्द भएको छ ।
यो पनि – मातृभूमिको उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतमा रहेका गैरआवसीय नेपालीलाई मातृभूमिको सामाजिक–आर्थिक उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन सक्रियातापूर्वक लाग्न आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्गठन युके शाखाको आयोजनामा आज यहाँ भएको कार्यक्रममा उहाँले वैदेशिक लगानी भित्र्याउनका लागि लगानीकर्तालाई के–के सुविधा दिनुपर्ने हो त्यसका निम्ति सरकार तयार रहेको बताउनुभयो ।
गैरआवासीय नेपालीका नेपाली नागरिकता र प्रवेशाज्ञाप्राप्तिलगायत समस्या राजनीतिक दलको सहमतिमा संसद्बाट पारित गर्नुपर्ने भएकाले सबैको समझदारीमा मिलेर जानुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो । गैरआवासीय सङ्घ युके शाखाका संरक्षक शेरबहादुर सुनारले भूतपूर्व गोर्खा सैनिकका समस्या सामाधानका लागि विशेष प्रयास गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । सोही शाखाका शाखा अध्यक्ष प्रेम गाहामगरले नेपालमा लगानीमैत्री वातावरण बनाउन जरुरी रहेको बताउनुभयो ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन ९कोप–२६०अन्तर्गत यही कात्तिक १५ गते हुने विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लण्डनमा रहनुभएका प्रधानमन्त्री आजै नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले उहाँको सम्मानमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुनुहुनेछ ।



प्रतिक्रिया