प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको कार्यक्रमका वक्ताले सबै नागरिकले न्यायमा पहुँच पाउनुपर्ने बताएका छन् । प्रदेश कानून तर्जुमा र कार्यान्वयन सम्बन्धमा कानून र न्याय क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूरुसँगको अन्तक्र्रियामा उहाँहरूले न्याय साझा दृष्टिकोण हुनुपर्ने बताएका हुन् ।
कानुन निर्माणमा साझा सोच र दृष्टिकोण निर्माण गर्न, न्यायमा पहुँच बढाउन र सहमति र सहअस्तित्वबाट निर्माण भएको कानुन कार्यान्वयनमा समस्या नहुने दृष्टिकोण बनाउनुपर्नेमा जोडि दिइएको थियो । कार्यक्रममा उच्च अदालत र जिल्ला अदालतका न्यायाधीश, जिल्ला न्यायाधिवक्ता, सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी, अधिवक्ता तथा सरोकारवालाहरुको सहभागिता थियो ।
आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री लीलाबल्लभ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठले न्यायमा पहुँच अभिवृद्धि गर्न सरोकारवालाको भूमिका विषयमा र प्रदेश नं १ का मुख्यन्यायाधिवक्ता चुडामणि आचार्यले कानुनका विविध पक्षमा आ–आफ्ना कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
यो पनि – ‘अपराध न्यूनीकरणमा नागरिक समाजको पहल आवश्यक’
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समाजमा नयाँ खालका अपराधको सङ्ख्या बढिरहेकाले प्रहरी र नागरिक समाज मिलेर अपराध न्यूनीकरणमा लाग्नुपर्ने बताउनुभएको छ । भक्तपुरमा आज आयोजना गरिएको कार्यक्रममा बोल्दै उहाँले समाजमा घट्ने चोरी, ठगी, लुटपाट, हिंसाका घटनाबाट नागरिक स्वयंले सचेत तथा सुरक्षाका सावधानी अपनाउनुपर्नेमा जोड दिनुहुँदै शान्ति सुरक्षा कायम गर्ने र आपराधिक घटना न्यूनीकरणमा प्रहरी र नागरिक दुवैको भूमिका आवश्यक भएको बताउनुभयो ।
न्यायालयको क्षेत्रमा देखिएको विकृति विसङ्गतिबारे चर्चा गर्र्दै उहाँले नगरप्रमुख प्रजापतिले जनताको हित र पक्षमा वकालत गर्नुपर्नेहरूका हर्कतबाट आम जनतालाई आश्चर्यचकित बनाएको बताउनुभयो । कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले भक्तपुरमा अपराधको अवस्थाको स्थितिबारे चित्रण गर्नुहुँदै प्रहरी प्रशासनले सामाजिक सद्भाव र समाजलाई सभ्य र सुरक्षित बनाउन विविध कार्यक्रम सञ्चालनमा जोड दिँदै आएको बताउनुभयो ।



प्रतिक्रिया