कत्तिक महिनामा विपदबाट १२१ को मृत्यु, २८ बेपत्ता

कत्तिक महिनामा विपदबाट १२१ को मृत्यु, २८ बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ कात्तिक (रासस) : यही कात्तिक महिनाको आजसम्म विपद्का घटनाबाट १२१ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार बाढीपहिरामा परेर अहिलेसम्म २८ जना बेपत्ता भएका छन् । कूल ४४ घाइते रहेका र १७९ घर क्षति पुगेको केन्द्रले जनाएको छ । गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण यसरी मानवीय क्षति पुगेको हो । मनसुन बाहिरिएको एक हप्तापछि दुई प्रणाली विकास भई नेपालमा भारी वर्षा भएको थियो । वर्षाका कारण नेपालको पूर्व र पश्चिम क्षेत्र नराम्ररी प्रभावित भएको थियो । ठूला–ठूला पहिराले मानवीय क्षति बढी गराएको हो ।

प्राप्त विवरणअनुसार सबैभन्दा बढी कात्तिक ३ गते ६३ जनाको मृत्यु र १९ जना बेपत्ता भएका थिए । कात्तिक ४ गते २९ जनाको मृत्यु भएको थियो भने कात्तिक ५ गते १३ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । हराइरहेका खोजी जारी रहेको र राहत तथा अस्याथी आश्रयस्थलको व्यवस्थापन जारी रहेको मन्त्रालयले जनाएको छ ।

यो पनि – ‘ब्लड क्यान्सर’पीडित बालकको उपचारार्थ रकम अभाव

खोटाङ, १४ कात्तिक (रासस) : वरिष्ठ पत्रकार उजुर राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क निवासी छ वर्षीय ‘ब्लड क्यान्सर’पीडित पुरुषोत्तम कटुवाललाई रु १५ हजार सहयोग गर्नुभएको छ ।अर्थावस्था कमजोर रहेका ब्लड क्यान्सरपीडित कटुवालको पाँच महिनादेखि काठमाडौस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ ।

बालकको उपचारमा आर्थिक समस्या भएको सामाजिक सञ्जालमा देखेपछि थोेरै भएपछि आर्थिक सहयोग गरेको पत्रकार राईले जानकारीदिनुभयो । सोही अवसरमा नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवं अनुशासन विभाग प्रमुख टङ्क राईले नगद रु तीन हजार प्रदान गर्नुभएको छ । बालकको उपचारमा अहिलेसम्म रु साढे चार लाख खर्च भइसकेको बुवा लेखबहादुर कटुवालले बताउनुभयो । “छोराको उपचारका लागि अस्पतालले रु २५ लाख मागेको छ”, उहाँले भन्नुभयो, “आफूसँग एक पैसा छैन । नाबालक छोराको ज्यान बचाइदिन सबैसँग हात जोडेर अनुरोध गरिरहेको छु ।”

गत साउनदेखि उपचाररत बालकको उपचारमा यसअघि लागेको खर्च पनि ऋण काढेर गरिएको पीडित परिवारले बताएका छन् । काठमाडौँमै कोठा भाडामा लिएर उपचार गराइरहेको बालकलाई दैनिक परीक्षणमा अस्पताल पु¥याउनुपर्ने बाध्यता छ ।

२९० गणक छानिए

गणनाका लागि जिल्लामा २९० गणक छानिएका छन् । आगामी कात्तिक २५ देखि ९ मङ्सिर मसान्तसम्म जनगणना सञ्चालन हुँदैछ । दश स्थानीय तह रहेको जिल्लामा खटिने गणक छनोटदेखि नियुक्तिको प्रक्रिया पूरा गरिएको जिल्ला जनगणना कार्यालयका जनगणना अधिकारी जीतबहादुर कोइराला (जेबी)ले बताउनुभयो । “छनोट भएका गणकका लागि १३ कात्तिकदेखि १६ कात्तिकसम्म तालिम आयोजना गरिएको गरिएको छ”, उहाँले भन्नुभयो, “तालिम सकिएलगत्तै तोकिएको क्षेत्रमा पठाएर जनगणनाको काम सुरु गरिनेछ ।”

स्थानीय जनगणनाको कार्यालय कुभिन्डेअन्तर्गत खार्पा, स्थानीय जनगणनाको कार्यालय हलेसीअन्तर्गत दुर्छिम, स्थानीय जनगणनाको कार्यालय दिक्तेल र स्थानीय जनगणनाको कार्यालय खोटाङबजारमा गणकका लागि तालिमको आयोजना गरिएको जनाइएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा गणनाअन्तर्गत करिब ४२ हजार घरपरिवार सूचीकरण भएको छ ।

गत ३० भदौदेखि १८ असोजसम्म जिल्लाका ती सबै स्थानीय तहमा कर्मचारी खटाएर घरपरिवार सूचीकरण गरिएको थियो । यस क्रममा सूचीकरणमा परेका तथा सूचीकरणमा छुट भएका घरपरिवारको मुख्य गणना हुने जनगणना उहाँले जानकारी दिनुभयो । विसं २०६८ को जनगणनाअनुसार जिल्लाको जनसङ्ख्या दुई लाख छ हजार ३१२ थियो भने विदेशमा बस्ने १७ हजार ६६२ थियो ।