बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको संख्या ९० लाख नाघ्यो

बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको संख्या ९० लाख नाघ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

१४ कात्तिक (रासस÷सिन्ह्वा) ः बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या ९० लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले यो संख्या ९० लाख १९ हजार ९६२ पुगेको बताएका हुन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार मात्र यहाँ ४१ हजार २७८ जना सङ्क्रमित पुगेका थिए । यो समेतगरी यहाँ सङ्क्रमितको संख्या ९० लाख नाघेको हो ।

त्यसैगरी यहाँ गएको २४ घन्टा यतामात्र कोरोनाबाट १६६ जनाको ज्यान गएको छ । यो समेतगरी यहाँ यो संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या १ लाख ४० हजार ५५८ जना पुगेको छ । बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमण बढ्दो देखिएको छ ।

यो पनि – कोरोना भाइरसविरुद्धको खोपमा समन्वय गर्न पुटिनको आग्रह

१४ कात्तिक ९रासस÷सिन्ह्वा० ः कोरोना भाइरसका विरुद्धमा हाल विश्वका देशहरुमा लगाइराखिएको खोपको उपलब्धता र यसको वितारणको प्रणालीलाई व्यवस्थित गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आग्रह गर्नुभएको छ । उहाँले खोप विश्वमा सबै देशमा उपलब्ध होस् भन्ने पक्षमा जि२० का सदस्य राष्ट्रहरुले सुनिश्चितता प्रदान गर्नुपर्नेमा पनि जोड दिनुभएको छ ।

उहाँले भन्नुभएको छ– सबै देशले कोरोना भाइरसका विरुद्धको खोपको वितवरणका साथै यसको उपलब्धताका विषयमा पनि सुनिश्चिता हुनुपर्छ र यस विषयमा आपसमा समन्वय गरेर अघि बढ्नुपर्दछ । जि२० को १६ औँ सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले विश्वमा नै यो खोपका विषयमा अस्वस्थ प्रतिस्पर्धाका साथै असमान वितरण र यसको विवरण अध्यावधिक गर्ने काममा पनि चुस्तता नभएकाले यो समस्या भएको बताउनुभएको थियो ।

खोपको विवरण अध्यावधिक राख्ने र अहिलेसम्म पनि पर्याप्त मात्रामा खोप उपलब्ध हुन नसकेका देशमा उपलब्ध गराउने भन्दै यसका लागि जि२० देशहरुले काम गर्नुपर्नेमा उहाँको जोड थियो । साथै राष्ट्रपति पुटिनले यस कार्यमा विश्व स्वास्थ्य संगठनको भूमिका महत्वपूर्ण रहेको भन्दै यसका लागि उक्त संगठनलाई अरु देशले आवश्यकता अनुसार सहयोग गर्नुपर्ने पनि बताउनुभयो ।