१४ कात्तिक (रासस ÷सिन्ह्वा) । यमनको दक्षिणी शहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्धारमा नै भएको बम विस्फोटमा परी छ जनाको ज्यान गएको छ । त्यहाँ अरु कैयौँ मानिस घाइते भएका छन् ।सो प्रवेशद्धारमा रोकी राखेको एक बसमा बम राखिएको पाइएको छ । सो बम विस्फोट भएपछि उक्त क्षेत्र वरपर रहेका ठूलो संख्याका मानिस घाइते भएका छन् ।

घाइते भएकाहरुलाई अस्पताल पु¥याइएको छ । त्यसैगरी उक्त शक्तिशाली विस्फोटबाट वरपर रहेका अरु कैयौँ सवारी साधनमा पनि क्षति पुगेको थियो । सो बम विस्फोटनको जिम्मेवारी कसैले पनि लिएको छैन । तर पनि यहाँ हुथी विद्रोहीहरु यस्ता हिंसामा संलग्न भइआएकोले सुरक्षा निकायहरुले सोही समूहमाथि नै आशंका गरेका छन् ।
उता साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब शहरमा लगातार बमबारी भएको छ यहाँको सेनाले जनाएको छ । सो बमबारीमा परी भएको क्षतिको बारेमा भने केही बताइएको छैन । तर पनि निरन्तर केही दिनयतादेखि त्यहाँ बमबारी भएको अधिकारीहरुले जनाएका छन् ।
मारिब शहर यमनका विद्रोहीहरुको कब्जामा रहेको शहर हो । यहाँका अधिकारीहरुले उक्त शहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रुपमा यहाँका विद्रोहीका बिरुद्धमा कारबाही गर्दै आएको छ । तेलको धनी मानिने यो शहर यमनका हुथी विद्रोहीहरुको कब्जामा रहेको छ । समयमा यहाँको सरकारी सेनाले पनि फिर्ता लिने गरेको यो शहरमा प्रायः हुथीहरुले नै कब्जा गर्ने गरेका छन् ।
यो पनि – बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको संख्या ९० लाख नाघ्यो
१४ कात्तिक (रासस÷सिन्ह्वा) ः बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या ९० लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले यो संख्या ९० लाख १९ हजार ९६२ पुगेको बताएका हुन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार मात्र यहाँ ४१ हजार २७८ जना सङ्क्रमित पुगेका थिए । यो समेतगरी यहाँ सङ्क्रमितको संख्या ९० लाख नाघेको हो ।
त्यसैगरी यहाँ गएको २४ घन्टा यतामात्र कोरोनाबाट १६६ जनाको ज्यान गएको छ । यो समेतगरी यहाँ यो संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या १ लाख ४० हजार ५५८ जना पुगेको छ । बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमण बढ्दो देखिएको छ ।
यो पनि – कोरोना भाइरसविरुद्धको खोपमा समन्वय गर्न पुटिनको आग्रह
१४ कात्तिक ९रासस÷सिन्ह्वा० ः कोरोना भाइरसका विरुद्धमा हाल विश्वका देशहरुमा लगाइराखिएको खोपको उपलब्धता र यसको वितारणको प्रणालीलाई व्यवस्थित गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आग्रह गर्नुभएको छ । उहाँले खोप विश्वमा सबै देशमा उपलब्ध होस् भन्ने पक्षमा जि२० का सदस्य राष्ट्रहरुले सुनिश्चितता प्रदान गर्नुपर्नेमा पनि जोड दिनुभएको छ ।
उहाँले भन्नुभएको छ– सबै देशले कोरोना भाइरसका विरुद्धको खोपको वितवरणका साथै यसको उपलब्धताका विषयमा पनि सुनिश्चिता हुनुपर्छ र यस विषयमा आपसमा समन्वय गरेर अघि बढ्नुपर्दछ । जि२० को १६ औँ सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले विश्वमा नै यो खोपका विषयमा अस्वस्थ प्रतिस्पर्धाका साथै असमान वितरण र यसको विवरण अध्यावधिक गर्ने काममा पनि चुस्तता नभएकाले यो समस्या भएको बताउनुभएको थियो ।
खोपको विवरण अध्यावधिक राख्ने र अहिलेसम्म पनि पर्याप्त मात्रामा खोप उपलब्ध हुन नसकेका देशमा उपलब्ध गराउने भन्दै यसका लागि जि२० देशहरुले काम गर्नुपर्नेमा उहाँको जोड थियो । साथै राष्ट्रपति पुटिनले यस कार्यमा विश्व स्वास्थ्य संगठनको भूमिका महत्वपूर्ण रहेको भन्दै यसका लागि उक्त संगठनलाई अरु देशले आवश्यकता अनुसार सहयोग गर्नुपर्ने पनि बताउनुभयो ।



प्रतिक्रिया