झापा चारआली–शनिश्चरे सडक खण्डमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

झापा चारआली–शनिश्चरे सडक खण्डमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा अर्जुनधारा नगरपालिका–११ सालबारीस्थित चारआली–शनिश्चरे सडक खण्डमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कल्भर्टमा मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा चालक अर्जुनधारा–११ का १८ वर्षीय कुशल दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०१–०१२ प ४३७४ नं को मोटरसाइकल शनिबार राति ९ः३० बजे आफैँ अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर खोलामा झरेको थियो । घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट सालबारीबाट प्रहरीले पानीमा डुबेर बेहोस भएका दासलाई उपचारका लागि मनमोहन अस्पताल विर्तामोड पठाइएकामा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो पनि – ट्र्याक्टर दुर्घटामा मृत्यु भएका परिवारलाई ३० लाख सहयोग

ट्र्याक्टर दुर्घटामा मृत्यु भएका मजदुरका परिवारलाई रु ३० लाख सहयोग हस्तान्तरण गरिएको छ । मृत्यु भएका छ जना परिवारलाई प्रतिपरिवार रु पाँच लाखका दरले राप्ती नगरपालिकाकाले सहयोग गरेको हो । विसं २०७७ चैत २९ गते पूर्वी चितवनको राप्ती –११ स्थित चिउरीखोलामा ना१त ६२८२ नंको ट्र्याक्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा घर ढलान गरेर फर्किँदै गरेका छ मजदुरको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । नगर प्रमुख प्रभा बरालले दुर्घटनामा ज्यान गुमाएका परिवारलाई राहातस्वरुप सहयोग गरिएको जानकारी दिनुभयो । पाँच परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । एक मृतकका दुईवटी श्रीमतीतर्फ चार छोराछोरी रहेकाले चारै जनालाई बराबर हुने गरी दिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । उक्त परिवारलाई जिल्ला प्रशासन कार्यालयका रोहवरमा हस्तान्तरण गर्ने व्यवस्था गरिएको छ ।

राप्ती नगरपालिकाले रु १५ लाख, खैरहनी नगरपालिकाले रु पाँच लाख, पूर्वी चितवन भवन निर्माण व्यवसायी सङ्घले रु चार लाख, ठेकेदारले रु चार लाख र ट्र्याक्टरधनीले रु दुई लाख गरी रु ३० लाख जम्मा गरेर सहयोग गरेको जनाइएको छ ।

राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गाबहादुर भुजेलले दुर्घटनाका घाइतेको उपचारमा रु ५० लाखभन्दा बढी खर्च भएको बताउनुभयो । सो खर्च ट्र्याक्टर धनी, ठेकेदार र व्यवसायी सङ्घसँग समन्वय गरी उपचार गरिएको जानकारी दिनुभयो । उहाँले जनप्रतिनिधिका समन्वयमा अस्पतालबाट रु सात लाख बराबरको छुट गराइएको जानकारी दिनुभयो ।

राप्ती–११ को वडा कार्यालय भवन ढलानको काम सकेर फर्किँदै गरेका कामदार सवार ट्र्याक्टर दुर्घटना हुँदा राप्ती –५ का ३५ वर्षीय खड्क लामा, राप्ती–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, खैरहनी–९ कै ५० वर्षीया छनिया महतो र मकवानपुरको राक्सीराङका एक जनाको मृत्यु भएको थियो ।