बग्दादमा ३ वटा रकेट अवतरण

बग्दादमा ३ वटा रकेट अवतरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इराकको राजधानी बग्दादको पश्चिमी भागमा आइतवार तीनवटा कात्युशा रकेटहरू अवतरण गरिएका छन् । यहाँको आन्तरिक मन्त्रालयसँगको समन्वयमा प्रहरी स्रोतले जनाएअनुसार त्यसबाट कुनै मानवीय क्षति भने भएको छैन । बिहान सबेरै रकेटहरू अलमन्सूर नजिक अवतरण गरिएका थिए । स्रोतले सिन्ह्वालाई जनाएअनुसार उक्त रकेटहरू मध्ये एउटा रेड क्रिसेन्ट अस्पताल नजिक, अर्को अल-जैटौन स्ट्रीट नजिक र तेस्रो अल-अमिरात स्ट्रीटको एक निजी बैंक बाहिर अवतरण भएका थिए।
यस आक्रमणबाट कुनै मानवीय क्षति नभए पनि नजिकका भवनहरू र कारहरूमा केही क्षति पुगेको स्रोतले बताएको छ। रकेटहरूले स्पष्ट रूपमा अमेरिकी दूतावास नजिक ग्रीन जोनलाई निशाना बनाएका थिए तर त्यसले लक्ष्य ठम्याउँन भने असफल भएको छ। ग्रीन जोन, जसमा केही मुख्य इराकी सरकारी कार्यालयहरू र अन्य विदेशी दूतावासहरू पनि छन् । उक्त क्षेत्रमा विद्रोहीहरूले बारम्बार मोर्टार र रकेट आक्रमण गर्ने प्रायस गरिरहेका छन् ।करिब १० वर्ग किलोमिटरको सो क्षेत्र टाइग्रिस नदीको पश्चिमी किनारमा अवस्थित छ ।

यो पनि – सुडानका लागि राष्ट्रसंघीय प्रतिनिधिद्वारा अपदस्थ प्रधानमन्त्री हमडोकसँग छलफल

सुडानका लागि संयुक्त राष्ट्र संघका विशेष प्रतिनिधि भोल्कर पर्थेसले अपदस्थ सुडानका प्रधानमन्त्री अब्दल्ला हमडोकसँग देशको अवस्थाबारे छलफल गर्न भेट गरेका छन्। ,” पर्थेसले ट्वीटमा लेखेका छन् “भर्खरै हामडोकलाई उहाँको निवासमा भेटेँ जहाँ उहाँ ठीक हुनुहुन्छ तर घरमा नजरबन्दमा हुनुहुन्छ । हामीले मध्यस्थताका विकल्पहरू र सुडानका लागि अगाडि बढ्ने बाटोका बारेमा छलफल गर्यौं ।”

यसैगरी संयुक्त राष्ट्रसंघका अधिकारीले देशका अन्य “सरोकारवालाहरू” सँग छलफल जारी राख्ने बताएका छन्। सोमबार सुडानी सेनाले हामडोक र सरकारका अन्य धेरै सदस्यहरूलाई हिरासतमा लिएको थियो। सुडानी संक्रमणकालीन सार्वभौम परिषद्का प्रमुख अब्देल फताह अल-बुर्हानले आपतकालको घोषणा गर्दै सरकार भङ्ग गरेका छन्। मंगलबार हाम्डोक र उनकी श्रीमती घर फर्किएको खबर आएको थियो ।