जापानको संसदको तल्लो सदनमा सत्तारुढ एलडीपीले बहुमत ल्याउने ः सर्वेक्षण

जापानको संसदको तल्लो सदनमा सत्तारुढ एलडीपीले बहुमत ल्याउने ः सर्वेक्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जापानको लिबरल डेमोक्र््याटिक पार्टी (एलडीपी) र उसका सहयोगी कोमेइटोको सत्तारुढ गठबन्धनले आइतबार सम्पन्न आम निर्वाचनमा संसदको तल्लो सदनमा बहुमत ल्याउने क्योदो न्यूजद्वारा सार्वजनिक सर्वेक्षणले आइतबार देखाएको छ । सरकारको कोभिड–१९ प्रतिक्रिया र आय असमानतासँग असन्तुष्ट मतदाताहरूको समर्थनको लागि आह्वान गरेका विपक्षी दलहरूविरुद्ध ४६५ मध्ये कम्तीमा २३३ सीट प्राप्त गर्दै सत्ताधारी गठबन्धनले संसदमा शक्तिशाली प्रतिनिधि सभामा आफ्नो बहुमत कायम राख्ने देखिएको छ ।

यद्यपि रिपोर्ट अनुसार एलडीपीको यस पहिले प्रतिनिधि सभामा रहेको २७६ सिटमध्ये केही सिट गुम्ने देखिएको छ । जापानी प्रधानमन्त्री फुमिओ किशिदाले तल्लो सदनमा एलडीपी–कोमेइतो गठबन्धनले बहुमत कायम राखेको खण्डमा आफूले जितको दाबी गर्दै सरकार निर्माणका लागि पहल गर्ने बताउनुभएको छ । आम निर्वाचनको मतदान आइतबार साँझ सकिएको छ। स्थानीय समयअनुसार ८ः०० बजे देशभर मतदान केन्द्र बन्द भएका छन् । मतदानस्थलमा पुगेका मतदाताले भने राति अबेरसम्म मतदान गर्न पाउने छन् ।

यो पनि – फ्रान्स र बेलायतका नेताहरू मत्स्य विवादको शीघ्र निरूपण गर्न सहमत: पेरिस

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आइतवार ब्रेक्जिटपछिको माछा मार्ने अधिकारलाई लिएर उठेको विवाद समाधान गर्न “व्यावहारिक र परिचालन उपायहरू” मा काम गर्न सहमत भएका छन्। म्याक्रोनको कार्यालयले जनाएअनुसार दुई नेताहरूले रोममा भएको जी २० शिखर सम्मेलनको मार्जिनमा लगभग २५ मिनेट भेटवार्ता गरेका थिए । सो अवसरमा दुई नेताहरू “जति सक्दो चाँडो” ठोस कामका साथ उक्त विवादको शीघ्र निरूपण गर्नुपर्ने विषयमा सहमत भएको जनाइएको छ।