आज ४०८ सङ्क्रमित थपिँदा ५१८ घर फर्किए

आज ४०८ सङ्क्रमित थपिँदा ५१८ घर फर्किए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आज ४०८ जना कोरोना सङ्क्रमित भेटिएका छन् भने ५१८ जना रोगलाई जितेर घर फर्केका छन् । दश जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार १६८ जनामा एन्टिजेन र पाँच हजार ७३१ जनाको पीसीआर परीक्षण गरिएको थियो । आजै सात हजार ८९९ जनाको स्वास्थ्य परीक्षण गरियो भने देशभरका ३८ हजार ८१५ जनाले खोप लगाए । सङ्क्रमित सङ्ख्या नौ हजार ३७६ सीमित रहेका छन् ।

यो पनि – भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घट्यो

१४ कात्तिक ९रासस÷एएनआई० ः भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घटेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ८३० जना मात्रै नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । यस अवधीमा कोरोना सङ्क्रमणको कारण ४४६ जनाको मृत्यु भएको छ । भारतमा शनिबार भएको सङ्क्रमित मध्ये ७ हजार ४२७ जना केरला राज्यमा रहेका थिए । कोरोना सङ्क्रमणको कारण ४४६ जनाको मृत्यु भएकोमा ६२ जना केरला राज्यमा रहेका थिए ।

यसअघि झण्डै १६ हजारको हाराहारीमा दैनिक सङ्क्रमित हुने गरेकोमा अहिले करिब १३ हजारमा घटेको देखिएको हो । भारतमा अहिले एक लाख ५९ हजार २७२ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले आइतबार जनाएको छ । यो सङ्ख्या २४७ दिनपछिकै सवैभन्दा कम रहेको पनि अधिकारीहरुले जनाएका छन् । भारतमा अहिले सक्रिय अवस्थामै रहेकाहरुको सङ्ख्या कूल सङ्क्रमितहरुको सङ्ख्याको ०।४६ प्रतिशत मात्रै हो ।

शनिबार भारतमा १४ हजार ६६७ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यससँगै कोरोना शुरु भएबाट हालसम्म तीन करोड ३६ हजार ५५ हजार ८४२ जना कोरोना मुक्त भएका छन् । मन्त्रालयका अनुसार कुल सङ्क्रमित मध्ये ९८।२० प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । भारतमा कोरोना भाइरसको परिक्षण ६० करोड ८३ लाख भन्दा बढी भएको छ । यहाँ गत जनवरीको १६ बाट कोरोनाविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयबाट हामलसम्म १ अर्व भन्दा बढी डोज खोप लगाइएको छ ।

यो पनि – खोटाङमा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झ¥यो

दस स्थानीय तह रहेको जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । गत वैशाखयता तीन हजार ४७ जनामा कोरोना सङ्क्रमण देखिएका सबै सङ्क्रमित उपचारपछि आ–आफ्नो घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको हो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी–९ निर्मलीडाँडाका एक पुरुष सङ्क्रमित निको भएसँगै सङ्क्रमितको सङ्ख्या शून्य भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भएसँगै दसवटै स्थानीय तहमा निर्माण गरिएको २३४ शय्याको संस्थागत आइसोलेसन खाली बनेको छ ।

जिल्लामा कोरोना सङ्क्रमित नभएपछि स्थानीय तहहरुमा स्थापना गरिएको अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएका स्वास्थ्यकर्मीलाई सामान्य किसिमका बिरामीको उपचारमा खटाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या न्यून देखिए पनि स्वास्थ्य सुरक्षा सतर्कतालाई भने कडाइका साथ पालना गरिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)का संयोजक एवम् प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिनुभयो ।

यसअघि जिल्लामा कोरोना सङ्क्रमण दर घट्दै गएपछि विश्वप्रसिद्ध त्रिधार्मिकधाम हलेसीसँगै जिल्लाका सबै मठमन्दिर तथा हाटबजार खुला गरिएको थियो । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी मन्दिर खुला भएसँगै अहिले भक्तजन तथा पर्यटकको चहलपल सुरु भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

यहाँ ५२ हजार ५२५ जनाले पहिलो मात्रा र ४० हजार ९७९ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । विसं २०६८ को जनगणनाअनुसार दुई लाख छ हजार ३१२ जनसङ्ख्या रहेको जिल्लाका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने गरी दसवटै स्थानीय तहमा खोप कार्यक्रम जारी राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो पनि – सुदूरपश्चिममा कोरोना सङ्क्रमण जोखिम बढ्दै

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । पछिल्लो केही सातायताको यहाँको कोरोना सङ्क्रमणको अवस्था हेर्दा जोखिम बढ्दै गएको देखिएको छ । गत असोज ३१ गतेदेखिको लगातार तीन दिनको वर्षा र दसँैंतिहारका बेला घरबाहिर रहेका गाउँ फर्किएपछि यहाँ सङ्क्रमणको जोखिम बढेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँघरमा भिडभाड बढेको छ, परीक्षण हुनपाएको छैन, यसले जोखिम बढाएको छ ।” यसका साथै कात्तिक पहिलो साताको अविरल वर्षापछि विस्थापितहरु एकै ठाउँमा बसेकाले पनि जोखिम बढेको डा अवस्थीको भनाइ छ ।

बेमौसमी वर्षाले गर्दा गाउँघरमा भाइरल ज्वरोका बिरामी बढेका छन् । उनीहरुको परीक्षण गरिएको छैन । परीक्षण ग¥यो भने सङ्क्रमणको अवस्था अझै बढ्ने आकलन गरिएको छ । पछिल्लो समय कोरोना सङ्क्रमणसँग मिल्दाजुल्दा लक्षण देखिएपछि परीक्षण नगर्ने गरेकाले पनि झनै जोखिम बढेको डा अवस्थीले बताउनुभयो । “लक्षण देखिएको तथा बिरामी भएको धेरै समयपछि उपचारका लागि आउने गर्दा सङ्क्रमण बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “समयमै उपचारका लागि नआउँदा अकालमै ज्यान समेत गुमाउने गरेका छन् । ”

पछिल्लो केही सातायता दिनहुँजसो सङ्क्रमणका कारण मृत्यु हुने गरेको छ । समयमै उपचारका लागि नआउदा मृत्यु हुने दर बढेको जनाइएको छ । उहाँले कोरोना सङ्क्रमणसँग मिल्दा जुल्दा लक्षण देखिनासाथ हेलचेक््याई नगरी समयमै उपचार गर्न आग्रह गर्नुभयो ।

हालसम्म ६०४ को मृत्यु, चार लाखको परीक्षण

सुदूरपश्चिम प्रदेशमा हालसम्म करिब चार लाख व्यक्तिको कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार तीन लाख ८४ हजार चार जनाको परीक्षण गरिएको छ । त्यसमध्ये ४७ हजार ७३१ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । हाल यस प्रदेशमा १९८ सक्रिय सङ्क्रमित रहेका छन् । सोमध्ये ३७ जना सङ्क्रमित संस्थागत आइसोलेशनमा बसिरहेका निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । अन्य सबै होम आइसोलेशनमा बसिरहेका छन् । कोरोनाकै कारण यस प्रदेशमा ६०४ जनाको मृत्यु भइसेकेको छ ।

प्रदेशभर सङ्क्रमितका लागि भन्दै एक हजार ७७२ आइसोलेशन बेड तयारी अवस्थामा रहेका छन् । यसका साथै प्रदेशका विभिन्न अस्पतालमा ९७७ बेड, भेन्टिलेटर ३५, आइसोलेशन बेड ४२१, एचडियू १३९, आइसियु ६९, कोभडि एचडियु बेड १२६, कोभिड सघन उपचार कक्ष ५४ र कोभिड भेन्टिलेटर २१ रहेका छन् ।

यस प्रदेशको भारतसँग सीमा जोडिएका पाँच नाकामा पनि परीक्षणको काम भइरहेको छ । बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट र जौलजिवी, कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकामा परीक्षणको काम भइरहेको छ । भारतबाट भित्रिनेको अनिवार्य रुपमा यी नाकामा परीक्षण भइरहेको छ ।corona