दसैँ, तिहारमा दैनिक उपभोग्य सामानको मूल्यवृद्धि हुँदा जनता मर्कामा

दसैँ, तिहारमा दैनिक उपभोग्य सामानको मूल्यवृद्धि हुँदा जनता मर्कामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हिन्दूको महान् चाड दसैँ तिहारमा छुट भइराखेकामा यस वर्ष भने दैनिक उपभोग्य सामानको मूल्य अभिवृद्धि हुँदा जनता मर्कामा परेका छन् । हुम्ला उद्योग वाणिज्य सङ्घ र जिल्ला प्रशासन कार्यालयले दसैँ, तिहारका अवसरमा स्थानीय जनतालाई दैनिक उपभोग्य सामानमा छुट दिनका लागि संयुक्त निर्णय गरे पनि सर्वसाधारण जनताले दैनिक उपभोग्य सामान महँगोमा लिन बाध्य भएको कृषक गङ्गाबहादुर शाहीले जानकारी दिनुभयो । व्यापारी रामचन्द्र बुढाले गत वर्षदेखि नेपालगञ्ज सुर्खेतमा उपभोग्य सामान गोदाममा थन्किएकाले मूल्यवृद्धि भएको बताउनुभयो ।

यो पनि – मूल्यवृद्धि खारेज गर्न नेविसङ्घको माग

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी चाडपर्व नजिकिएको समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले थप असहज हुने भन्दै मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्नुभएको छ ।

“पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा ढुवानी खर्च वृद्धि भई बजारमा उपभोग्य वस्तुको समेत मूल्यवृद्धि हुने अवस्था सिर्जना भएकाले मूल्यवृद्धिको निर्णयप्रति खेद व्यक्त गर्दछौँ”, अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले कोरोना महामारीले लामो समयदेखि अफ्ठ्यारो भइरहेको अवस्थामा जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने काम भएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन आग्रह गर्नुभयो । नेविसङ्घले नेपाल आयल निगमभित्रको बेथिति, अनियमितता र भ्रष्टाचारलाई छानबिन र नियन्त्रण गर्न सरकासँग माग गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए नेविसङ्घले कडा आन्दोलन गर्ने जनाएको छ ।