वर्तमान सरकार जनताको साथमा छ : मन्त्री कार्की

वर्तमान सरकार जनताको साथमा छ : मन्त्री कार्की

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार जनताका साथमा रहेको बताउनुभएको छ । आज सुनसरीको हरिनगर गाउँपालिका–४ मा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै मन्त्री कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा निर्माण भएको गठबन्धनको सरकार जनताको साथमा रहेको बताउनुभयो । अहिलेको सरकार जनताको सुखदुःखको साथमा रहेको बताउँदै उहाँले आउने चैतमा स्थानीय तहको निर्वाचन र माघमा राष्ट्रियसभाको निर्वाचन हुने भएकाले सबै मिलेर नेपाली कांग्रेस बलियो बनाउनका लागि लाग्नुपर्नेमा जोड दिनुभयो ।

फरक प्रसङ्गमा मन्त्री कार्कीले तय गरेको मितिमै पार्टीका १४औँ अधिवेशन सम्पन्न हुने बताउनुभयो । पार्टीको अधिवेशनलाई सफल बनाउन आग्रह गर्नुहुँदै उहाँले बाँकी रहेको पार्टीको विभिन्न तहको अधिवेशनमा सर्वसम्तरुपमा पदाधिकारी चयन गर्ने वातारण बनाउनुपर्ने बताउनुभयो ।स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनसमेत जिकिँदै गएका कारणले पार्टीलाई बलियो र एकढिक्का बनाएर अगाडि बढनुको विकल्प नरहेको बताउनुभयो । आउने निर्वाचनमा पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्नका लागि नेता कार्कीले सबै स्थानीय नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

यो पनि – विपत्ति टार्न सबैको साझा प्रयास आवश्यक : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बेमौसमी वर्षासँगै आईपरेको विपत्ति टार्न सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभएको छ । आज यहाँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बझाङका नेता जनक बुढाको नेतृत्वमा आएको प्रतिनिधि टिमले बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले विपत्ति टार्न सबैको साझा प्रयास आवश्यक भएकाले क्षतिको विवरण आए लगत्तै प्रदेश सरकार स्थानीय र सङ्घीय सरकारसँग समन्वय गरेर पीडितको पुनःव्यवस्थापन गर्ने बताउनुभयो ।

प्रदेशलाई नै प्राकृतिक प्रकोपग्रस्त क्षेत्र घोषणा गर्न आफूले प्रधानमन्त्रीसँग कुरा गरिसकेकाले यस विषयमा थप पहल चाल्न प्रदेश सरकार तयार रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले बाढीपहिराले बझाङमा सबैभन्दा बढी क्षति गरेकाले सरकार आफैँ उपस्थित भएर तत्कालका उद्धार तथा राहतलगायत कार्यमा जुटेको स्मरण गर्नुभयो । माओवादी केन्द्र बझाङ सम्बद्ध नेता तथा प्रदेश सभासदको टोलीले प्रदेश सरकारसँग बझाङलाई बाढी पहिरो ग्रस्त जिल्ला घोषणा गरी प्रभावित स्थानीय बासिन्दाको पुनःव्यवस्था गर्न माग गरेको छ । प्रतिनिधिमण्डलमा माओवादी केन्द्र बझाङबाट प्रदेशसभा सदस्य देवकी मल्ल थापा, शान्ति विकलगायत सहभागिता रहेको थियो ।