सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालको सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला रु १०० ले बढेर छापावाल सुन प्रतितोला रु ९१ हजार ८०० कायम भएको छ । आइतबार उक्त सुन प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ३०० रहेकामा आइतबार प्रतितोला रु ९१ हजार २०० तोकिएको थियो ।महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर एक हजार २४५ कायम भएको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार २४० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

यो पनि – राहतको पर्खाइमा बाढीपीडित

महेन्द्रनगर, १५ कात्तिक (रासस) : गत कात्तिकको पहिलो साता महाकाली नदीमा आएको बाढीले भएको घरखेत र पालेका कुखुरा बगाउँदा यतिबेला कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टीका लक्ष्मण नायक चिन्तित हुनुहुन्छ । कुखुरापालन र गाउँमा सामान्य खेतीपाती गर्दै परिवार चलाएका नायकको बाढीले खोरमा हालेका पाँच हजार कुखुरा बगाउनाका साथै घर पनि बगायो । कुखुरा फार्म कुर्न गएका बेला श्रीमती र दुई छोरासहित महाकालीको भङ्गालोमा परेका नायक परिवारलाई सेनाको हेलिक्टरबाट उद्दार गरिएको थियो ।

“सेनाले ज्यान बचाएर गाउँमा बिसाएँ”, नायकले भन्नुभयो, “गाउँमा अवस्था सामान्य बन्दै गएपछि नेतादेखि जनप्रतिनिधिसम्म आएर आश्वास बाँडे तर राहत कहीँबाट पनि पाइएको छैन् ।” उहाँले आफूसित भएको सम्पत्ती बगाउँदै गाउँमा छाकटार्न समेत समस्या भइरहेको दुःख सुनाउनुभयो ।“दोधारा चादँनी र ऐरी क्षेत्रमा दाताले केही दिनलाई पुग्ने राहत वितरण गरेको सुनिए पनि हाम्रो बस्तीमा पीडित साहाराकै आशमा छन्”, उहाँले भन्नुभयो, “यसपालीको बाढीबाट जोगिने आश नै मरिसकेको थियो, धन्य परिवारसहित बाच्यौं ।”

बाढीका बेला सडक अवरुद्ध भएको खल्लामसेट्टीको सडक खुलाउने कार्य अहिले भइरहेको छ । बाढीले सडक भत्काएको दुई साता बित्न लाग्दा पनि सडक खुलाउन पहल नभएको भन्दै स्थानीय युवाले सडक खुलाइरहेका छन् । स्थानीय दीपराज चटौतले स्थानीय युवाले स्काभेटर मगाएर सडक खुलाउन थालेको बताउनुभयो ।उहाँले बाढीका बेला स्थानीयवासीको धानबाली बगाउनाका साथै दश किलोमिटर भन्दा बढी कच्ची सडकमा क्षति पुगेको जानकारी दिनुभयो । बाढीपछि प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा पनि यहाँ आउनुभएको थियो । उहाँले दोधारा चादँनी र भीमदत्त नगरपालिकाको प्रभावित क्षेत्रको अनुगमनपछि पीडितलाई राहत र पुनःनिर्माणमा सरकार लाग्ने बताउनुभएको थियो ।

त्यसैगरी यहाँको भीमदत्त नगरपालिका–१२ ऐरीका रुपा सुनारले पनि बाढीका कारण आफूहरु विस्थापित भएको बताउनुभयो । “बाढीका बेला एक÷दुई दिन स्कुलमा बितायौं”, उहाँले भन्नुभयो, “अहिले घर फक्र्याैं तर खानेकुरा केही छैन ।” उहाँले स्थानीयवासीदेखि सङ्घ सरकारले राहत उपलब्ध गराउन बताए पनि पीडितको घरमा नपुगेको बताउनुभयो । “महाकालीको बाढी गाउँ पसेको भए पनि स्थानीय नागरिककै ज्यान खतरामा थियो”, उहाँले भन्नुभयो,“ भित्र्याउने बेलाको धान डुबान पर्दा चामल किन्नुपर्ने अवस्था आयो ।”

बाढीका कारण भीमदत्त–९, ११, १२ र १३ को तटीय क्षेत्र प्रभावित भएको थियो । यस्तै दोधारा चादँनीका केही वडासमेत डुबानले प्रभावित बनेका थिए । भीमदत्त–१३ का वडाध्यक्ष लालबहादुर शाहीले बाढीले तीन सय परिवार प्रभावित भएको बताउनुभयो ।“कुखुरा फार्म बग्नाका साथै यहाँ पसलसम्म बगे”, वडाध्यक्ष शाहीले भन्नुभयो, “दाताले पीडितलाई सहयोग ग¥यो, तर स्थानीय सरकारले पीडितको नामावली मात्रै मागेको छ ।” उहाँले दाताको भरमा पीडितको छाक टरिरहेको बताउनुभयो । “हामीले क्षतिको विवरण सबै माथिल्लो तहमा पठायौं”, उहाँले भन्नुभयो, “तर राहत दिने विषयमा कुनै विषयमा सुनुवाइ नहुँदा पीडित समस्यामा छन् ।”

त्यसैगरी यहाँको दोधारा चादँनीका नगरप्रमुख वीरबहादुर सुनारले बाढीबाट नगरक्षेत्रमा एक हजार परिवार प्रभावित बनेको बताउनुभयो । “दाताले गरेको सहयोगले पीडित बसिरहेका छन्”, उहाँले भन्नुभयो, “विभिन्न सङ्घ÷संस्थाको सहयोगमा हामीले पनि हातेमालो गरेर खाद्यान्न दिइरहेका छौ ।” उहाँले प्रदेश र सङ्घ सरकारबाट पीडितलाई अझै कुनैखाले सहयोग नआएको बताउनुभयो । कञ्चनपुरमा बाढी र डुबानबाट करिब १२ हजार हेक्टर क्षेत्रफलको धानमा क्षति भएको छ ।