अति विपन्नलाई चिकित्सा शिक्षा पढाइने

अति विपन्नलाई चिकित्सा शिक्षा पढाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनियानी, १५ कात्तिक (रासस) : झापाको विर्तामोडस्थित सहारा नेपाल ‘साकोस’ले अति विपन्न परिवारका छोराछोरीलाई चिकित्सा शिक्षा पढाउने भएको छ । संस्थाको २५औँ साधारणसभाको पूर्वसन्ध्यामा आज वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै कार्यकारी प्रमुख महेन्द्र गिरीले अति विपन्न (सन्थाल, मुसहर, लेप्चा, किसान) सदस्यका छोराछोरीलाई चिकित्सा शिक्षा अध्ययनका लागि सहयोग गरिने बताउनुभयो । “क्षमता भएका तर आर्थिक अभावले डाक्टर बन्नबाट वञ्चित अति विपन्न परिवारका सदस्यलाई पढाउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “यस वर्षदेखि दुई जनाबाट सुरुआत गर्दैछौँ ।”

स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले संस्थाले त्यस्ता परिवारका १० छोराछोरीलाई चिकित्सक बनाउने लक्ष्य लिएको छ । यस्तै, संस्थाले यसवर्ष दुई सय अति विपन्न परिवारलाई राशन कार्ड उपलब्ध गराउने भएको छ । राशन कार्ड पाएपछि उनीहरुले चामल, दाल, तेल, नून र चिनीमा ५० प्रतिशत अनुदान पाउने प्रमुख गिरीले बताउनुभयो ।

संस्थाले १० कृषिजन्य वस्तुको उत्पादन र बजारीकरणमा आर्थिक र प्राविधिक सहयोग गर्ने भएको छ । संस्थाबाट व्यावसायिक ऋण लिएर गाईभैँसीपालन गरिरहेका सदस्यलाई गाईभँैंसी सुत्केरी भए रु एक हजार भत्ता उपलब्ध गराउने भएको छ । संस्थाले आफ्नो कार्यक्षेत्रको ६ पालिकाबाट सो कार्यक्रमको सुरुआत गर्दैछ । कृषि क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले ‘एग्रो बिजनेश युनिट’ स्थापना गरी किसान र बिक्रेतालाई फाइदा पुग्ने गरी काम गर्दै आएको प्रमुख गिरीले बताउनुभयो ।

“हामी आफै व्यापार गर्दैनौँ”, उहाँले भन्नुभयो, “किसान र बिक्रेतालाई फाइदा पुग्ने गरी काम गर्छौं ।” संस्थाले यसवर्ष पाँचथर र उदयपुरका विकट पालिकामा रहेका प्राथमिक स्वास्थ्य केन्द्रलाई चार एम्बुलेन्स सहयोग गर्ने भएको छ । यसअघि सोही क्षेत्रका दुई पालिकाका प्राथमिक स्वास्थ्य केन्द्रलाई एक एक एम्बुलेन्स प्रदान गरिएको थियो ।

प्रदेश १ का ११ जिल्लाका ८० पालिकामा कार्यक्षेत्र रहेको संस्थामा २०७८ असार मसन्तसम्म एक लाख ५० हजार ३५४ जना शेयर सदस्य आवद्ध छन् भने रू एक अर्ब ४६ करोड ६५ लाख शेयर पूँजी रहेको छ । संस्थाले आव २०७७÷७८ मा रू ४५ करोड १२ लाख खुद मुनाफा गरेको छ ।

यो पनि – वर्षाका कारणमा खानेपानीको हाहाकार

बैतडी, १५ कात्तिक (रासस) : कात्तिक पहिलो साताको अविरल वर्षाले पाइप लाइनमा क्षति पुगेपछि दोगडाकेदार गाउँपालिका– ७ चडेपानी गाउँमा खानेपानीको चरम अभाव भएको छ । वर्षाका कारण श्रीकोट बहुमुखी क्याम्पसबाट माटो बगेर पाइपलाइनमा क्षति पुगेको हो । गाउँमा ल्याइएको एकमात्र खानेपानी लाइनमा पहिराले क्षति पु¥याएसँगै दुई सय घरपरिवार खानेपानीबाट वञ्चित भएका छन् ।

पाइपलाइनमा क्षति पुगेपछि गाउँमा जाने खानेपानी अवरुद्ध भएको स्थानीयवासी केशवराज भट्टले बताउनुभयो । गाउँमा दुई हप्तादेखि खानेपानीको अभाव भएको छ । उहाँले भन्नुभयो, “अवरुद्ध पाइपलाइन मर्मत गर्न कसैले चासो दिएका छैनन्, हामीहरु दुई घण्टा टाढाको मुहानबाट पानी ल्याउन बाध्य छौं ।” उहाँले भन्नुभयो, “गाउँमा आउने एकमात्र खानेपानी योजना हो, त्यो पनि अवरुद्ध भयो, खानेपानीका साथै सरसफाइमा समेत समस्या भएको छ ।”

खानेपानी अवरुद्ध हुँदासमेत गाउँपालिका र उपभोक्ता समितिले समेत कुनै चासो दिएको छैन । चडेपानीमा २० किलोमिटर टाढाको मूहान धरमघरबाट खानेपानी ल्याइएकामा सो खानेपानी समेत नआउँदा समस्या भएको हो । यसअघि चडेपानीमा गत असार दोस्रोसाता पनि पहिराले खानेपानीको संरचनामा क्षति पु¥याएपछि खानेपानीको अभाव भएको थियो ।