नगरप्रमुखद्वारा प्रजिअमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण

नगरप्रमुखद्वारा प्रजिअमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लागेको भक्तपुर नगरकोट सडक निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि चाँगुनारायण नगरपालिकाले आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

प्रधानमन्त्री देउवालाई सम्बोधन गर्दै लेखिएको ध्यानाकर्षणपत्र जिल्ला प्रशासन कार्यालय भक्तपुर पुगेर नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई आज पत्र बुझाउनु भएको हो ।

कमलविनायकदेखि भत्केको पाटी हुँदै नगरकोट खण्डको १६ किलोमिटर सडक विस्तारका लागि २०७१ असार २ गते सैलुङ्ग कन्स्ट्रक्सन प्रालिले २०७३ साल असार ३ गतेसम्ममा निर्माण सम्पन्न गरिसक्ने सम्झौता गरे पनि हालसम्म सडक विस्तार हुन नसक्दा स्थानीयवासीले निकै सास्ती खेप्दै आएका छन् ।

नगरपालिकाको उपप्रमुख वीणा बास्तोला, वडा नं ६ का वडाध्यक्ष सन्तराम वाइवालगायत जनप्रतिनिधि सम्मिलित टोलीले ध्यानाकर्षणपत्र बुझाएपछि प्रजिअ शर्माले सडक निर्माण सम्पन्न गर्न आफूले पनि ताकेता गरेको र सबै मिलेर समयमै सम्पन्न गर्न दबाब दिनुपर्ने बताउनुभयो ।