देवकोटाको कृतित्व र व्यक्तित्वबारे चर्चा

देवकोटाको कृतित्व र व्यक्तित्वबारे चर्चा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्तीका अवसरमा अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) को भाषा साहित्य समितिले उहाँको व्यक्तित्व र कृतित्वको विषयमा विचार विमर्श आयोजना गरेको छ । भर्चुअल आयोजित कार्यक्रममा प्रा डा महादेव अवस्थीले देवकोटा आफ्नो कृतिले नै नेपाली साहित्य क्षेत्रमा अहिलेसम्म अजर अमर रहेको विचार व्यक्त गर्नुभयो । समितिका अध्यक्ष डा जानुका नेपालले कृतिले नै व्यक्तिलाई अमर बनाउँछ भन्दै देवकोटाले नेपाली साहित्यमा थुप्रै कालजयी रचना सिर्जना गरेको बताउनुभयो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष अर्जुन घिमिरे, महासचिव अर्जुन श्री, साहित्यकार रेनुका सोलु, रोमकान्त सापकोटा, चैतन्य अधिकारी, शेषकान्त पण्डितलगायतले देवकोटा नेपाली साहित्य विलक्षण प्रतिभासहितको साहित्यकार भएको विचार व्यक्त गर्नुभयो । विसं १९६६ कात्तिक २७ गते लक्ष्मी पूजाको दिन काठमाडौँको डिल्लीबजारमा जन्मनुभएका देवकोटाको विसं २०१६ भदौ २९ गते निधन भएको थियो ।

यो पनि – गण्डकीमा ३४ कोरोना सङ्क्रमणमुक्त

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा २३ सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । थपिनेमा कास्कीका नौ, स्याङ्जाका आठ, तनहुँका दुई तथा नवलपरासीपूर्व, लमजुङ, गोरखा र म्याग्दीका एक÷एक जना छन् ।

यस अवधिमा पोखरा महानगरपालिका–२६ का ५६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार निजसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ३९६ पुगेको छ । निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५२५ जना र होम आइसोलेशनमा ४२१ जना रहेका छन् ।