भक्तपुरको विकास मेरो पहिलो प्राथमिकता ः मन्त्री भँडेल

भक्तपुरको विकास मेरो पहिलो प्राथमिकता ः मन्त्री भँडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेलले भक्तपुरको विकास आफ्नो पहिलो प्राथमिकता भएको बताउनु भएको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं १ भक्तपुरले आज आयोजना गरेको मन्त्री भँडेललाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले विकासमा पछाडि परेको ठाउँको मुहार फेर्ने बताउनु भएको हो ।

चाँगुनारायण नगरपालिका क्षेत्र विकासमा पछाडि परेको भन्दै चुनावमा जनताप्रति गरेको प्रतिबद्धता पूरा गर्ने समय आएको तथा आठ वर्षसम्म बन्न नसकेको भक्तपुर नगरकोट सडक निर्माण सम्पन्न गर्न आफ्नो प्रयास सफल बनाएरै छाड्ने बताउनुभयो । उहाँले जनताको अपेक्षालाई पूर्णता दिने बताउँदै कांग्रेसप्रति जनताको विश्वास अझै बढ्ने गरी काम गर्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं १ का सभापति जीवन खत्रीले आफ्नो क्षेत्रले पहिलोपटक मन्त्री पाएको बताउँदै अब चाँगुनारायणले विकासको मुहार फेर्ने भनाइ राख्नुभयो ।

यो पनि – एमाले प्रतिस्पर्धा गर्न तयार ः महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले आगामी निर्वाचनामा आफ्नो पार्टीले एक्लै वा गठबन्धन बनाएर आउने शक्तिसँग प्रतिस्पर्धा गर्न तत्पर रहेको बताउनुभएको छ ।  काठमाडौँ क्षेत्र नं ५ का पार्टी निकटका जनप्रतिनिधि तथा पालिकाका नेता–कार्यकर्तासँग आज आयोजित कार्यक्रममा महासचिव पोखरेलले एमालेसँग स्पष्ट सोच भएकाले जनताले फेरि पनि एमालेलाई जिताउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले अघिल्लो सरकारले अघि सारेका रणनीतिक महत्वका सडक आयोजनाहरुको बजेट कटौती गरेर विकासविरोधी चरित्र देखाएको आरोप पनि लगाउनुभयो ।