मानवीय सेवामा रेडक्रसको भूमिका महत्वपूर्ण ः मन्त्री थापा

मानवीय सेवामा रेडक्रसको भूमिका महत्वपूर्ण ः मन्त्री थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले मानवीय सेवामा रेडक्रसको भूमिका महत्वपूर्ण रहँदै आएको बताउनुभएको छ ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्वारा आज पोखरामा आयोजित शुुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले मानवीय सेवामा रेडक्रसले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “परोपकारी संस्थाका रुपमा परिभाषित रेडक्रस जहाँ दुख छ, त्यहाँ पुग्ने गरेको छ । भूकम्पका बेला होस् या अन्य प्राकृतिक विपत्का समयमा रेडक्रस सधँै अग्रस्थानमा रहने गरेको छ ।” कोभिडका समयमा सबै क्षेत्र ठप्प हुँदा एम्बुलेन्स सेवा र रगत अभावलाई परिपूर्ति गर्न रेडक्रसले पु¥याएको योगदान प्रशंसनीय रहेको बताउँदै उहाँले ‘हरेक क्षेत्र ठप्प हुँदा पनि रेडक्रस समाज सेवामा समर्पित रहेको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाईटी कास्की शाखाद्धारा दशै, तिहार, नेपाल सम्वत, छठ लगायका चाडपर्वका अवसरमा सोमवार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्दै गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापा । तस्वीर ः हरि बास्तोला, रासस

प्रदेश सरकारले रेडक्रसलाई निरन्तर रुपमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोग गर्ने प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री थापाले रेडक्रसको पोखरा–८ सिर्जनाचोकमा निर्माणाधीन अत्याधुनिक सुविधा सम्पन्न ब्लड बैंकका लागि भवन निर्माणमा देखिएका समस्यालाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा रेडक्रस सोसाइटी गण्डकीका सभापति सूर्य ढकालले विपत्का समयमा काम गर्ने संस्था रेडक्रस सरकारको साझेदार भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, खानेपानीको क्षेत्रमा रेडक्रसले काम गरिरहेको जानकारी दिनुभयो ।

यो पनि – निरन्तर क्रियाशील भए मात्रै पार्टी स्वस्थ हुन्छ ः वरिष्ठ नेता राई

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले निरन्तर क्रियाशील, गतिशिल भए मात्रै पार्टी स्वस्थ हुने बताउनुभएको छ । जनता समाजवादी पार्टी तनहुँले आज दमौलीमा आयोजना गरेको पार्टी सुदृढीकरण तथा जनपरिचालन (सुज) अभियानलाई सम्बोधन गर्दै वरिष्ठ नेता राईले क्रियाशीलता र गतिशिलताले पार्टीलाई उपलब्धीमूलक बनाउने बताउनुभयो ।

राईले क्रियाशील नहुने, कार्यक्रम नगर्ने, योजना नबनाउने र गुनासो मात्रै गरेर बसे पार्टी नबन्ने बताउनुभयो । मङ्सिर मसान्तसम्म सुज अभियान भनिए पनि त्यसपछि पनि उक्त अभियानलाई निरन्तर जारी राख्नुपर्नेमा राईले जोड दिनुभयो । केन्द्र र प्रदेश सरकारमा जसपाको प्रतिनिधित्व रहेकाले उक्त अवसरलाई सदुपयोग गर्नुपर्नेमा राईले आग्रह गर्नुभयो ।

कार्यक्रममा जसपाका नेता एवं पूर्वमन्त्री हिसिला यमी, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सरकारका जलस्रोतमन्त्री हरिशरण आचार्य, पूर्वमन्त्री शिवलाल थापा लगायतले सुज अभियानमार्फत पार्टीको सङ्गठनलाई मजबुत बनाइने बताउनुभयो ।