जुवातास खेल्ने र खेलाउने चार पक्राउ

जुवातास खेल्ने र खेलाउने चार पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १६ कात्तिक (रासस) : मध्यपरातमा जुवा तास खेलिरहेका चारजनालाई भक्तपुर महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  भक्तपुर नगरपालिका–७ गोल्मढी बस्ने ३८ वर्षीय राजेश खायमलीको जस्ताको टहरामा सञ्चालित किराना पसलमा जुवातास खेलाइरहेको अबस्थामा प्रहरीले गएरात उनीहरूलाई पक्राउ गर्नाका साथै रू ६९ हजार ७५० बरामद गरेको हो ।

पक्राउ पर्नेमा जुवा तास खेलाउने खायमलीसहित सोही ठाउँका ४५ वर्षीय बलराम ग्वाछा, ३६ वर्षीय प्रवीन ग्वाछा र ४९ वर्षीय रविन श्रेष्ठ रहेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयोे । पक्राउ परेका सबैलाई जगातीस्थित महानगरीय प्रहरी बृत्त राखेर कारबाही अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

यो पनि – मन्त्री बडू र स्विस राजदूत डिप्रेजबीच भेटवार्ता

काठमाडौँ, १६ कात्तिक (रासस) : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू र नेपालका लागि स्विस राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ । गत सोमबार मन्त्रालयमा भएको वार्तामा मन्त्री बडूले नेपाल र स्विजरल्यान्डबीच प्रगाढ मित्रताको सम्बन्ध सदैव रहने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले स्विजरल्यान्ड सरकारले लामो समयदेखि नेपालमा पूर्वाधार विकासका अतिरिक्त सामाजिक, आर्थिक, न्यायिक तथा सुशासनका क्षेत्रमा सहयोग, सहकार्य र समन्वय गर्दै आएको चर्चा गर्नुभयो । वर्तमान सरकारको न्यूनतम् साझा कार्यक्रममा उल्लेख भएअनुरूप सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी कार्यहरु छिटै अघि बढाइने पनि मन्त्री बडूले जानकारी दिनुभयो ।

राजदूत डिप्रेजले नेपालको सामाजिक, आर्थिक र न्यायिक विकास एवं सुशासन प्रवद्र्धनमा स्विजरल्यान्ड सरकारको सदैव सहयोग रहने बताउनुभयो । उहाँले आगामी दिन दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन आफ्नो सकारात्मक भूमिका रहने विश्वास दिलाउनुभएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।