पत्रकार हटाउने कार्यप्रति खेद प्रकट

पत्रकार हटाउने कार्यप्रति खेद प्रकट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ कात्तिक (रासस) : समाजवादी प्रेस सङ्गठन नेपालले गोरखापत्र संस्थानमा कार्यरत विभिन्न जिल्लाका अस्थायी संवाददाता (स्ट्रिन्जर) लाई हटाएकामा खेद प्रकट गरेको छ । सङ्गठनका संस्थापक संयोजक शम्भु श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा गोरखापत्रजस्तो गरिमामय प्रकाशन संस्थाले कुनै पनि आस्थाका आधामा श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन गर्ने कार्य जायज नभएकाले सम्पूर्ण पत्रकारलाई बिनासर्त काममा फर्काउन आग्रह गरिएको छ ।

मुलुकमा पाँचदलीय गठबन्धनको सरकार भएको अहिलेको अवस्थामा सरकारी स्वामित्वका सञ्चार संस्थामा गठबन्धनको मर्म, भावना र सहमतिका आधारमा निरुपण गर्ने पूर्वसहमति विपरित पत्रकार निकालिएकामा दुःख व्यक्त गरिएको छ ।

यो पनि – महोत्तरीमा सिङ्घारा खेतीमा आकर्षण बढ्दो

जलेश्वर, १६ कात्तिक (रासस) : थोरै लगानी र कम मेहनतमा मनग्य आम्दानी हुने भएपछि महोत्तरीका किसान सिङ्घारा खेतीतर्फ आकर्षित भएका छन् । मनग्य आम्दानी हुने देखेपछि अहिले महोत्तरीको सदरमुकाम जलेश्वर र वरिपरिका सयौं बिघा पानी जमेको जग्गामा अहिले सिङ्घारा (फल) खेती गरिएको छ ।

जमेको पानीमुनी लहरामा फल्ने सिङ्घारा एक प्रकारको गुलियो फल हो । यो स्वास्थ्यका लागि फाइदाजनक र पौष्टिक भएकोले स्थानीयस्तरमा निक्कै लोकप्रिय रहेको छ । यसवर्ष जिल्लामा पटक–पटक गरी भएको भारी वर्षाका कारण जताततै पानी जमेको हुनाले जलेश्वर नगरपालिका र वरिपरिका गहिरो खेत, तलाउ र पोखरीमा ठूलो मात्रामा (काँडेदार गुलाफी रङगका सुन्दर र मीठो फल )सिङ्घारा खेती गरिएको छ ।

कम मेहनेत र थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने भएकाले जलेश्वर र वरिपरिका धेरै किसान यसपाली सिङ्घारा खेतीतर्फ आकर्षित भएको जलेश्वर– ६ का किसान नथुनी मुखियाले बताउनुभयो ।

यसैबीच वर्षांैदेखि बाँझो रहेको जलाशयमा पनि यस वर्ष लगाइएको सिङ्घारा खेतीमा स्थानीय १५० बढी घरपरिवार लागेको जलेश्वर– १ का किसान रामजी मुखियाले बताउनुभयो । मीठो र लोकप्रिय सिङ्घारा प्रत्येक वर्ष असोज महिनादेखि नै तयारी हुन्छ भने स्थानीय बजारमा प्रतिकिलो रु ६० देखि ८० मा बिक्री हुने गरेको छ । यसबाट आफूहरुले प्रत्येक वर्ष राम्रो आम्दानी गर्ने गरेको जलेश्वर– ४ का किसान बिल्टु सहनीले बताउनुभयो ।

मिथिालाञ्चल भरि पूजाआजामा प्रसादको रुपमा समेत प्रयोग हुने सिंघारा बालबालिका, बुढापाका र पेटका रोगीहरुले बढी मन पराउने गर्दछन् । साधारणतया जोसुकैले पनि वर्षमा एकचोटि बजारमा आउने यो मीठो फल खाने गरेको जलेश्वर ११ का किसान नसिम राईनले बताउनुभयो ।

किसानले स्थानीय बजारदेखि सीमापारीका भारतीय बजारमा लगेर पनि सिङ्घारा बेचेर प्रतिकिसान दुई÷तीन लाखसम्म आम्दानी गर्ने गरेको जलेश्वर– ७ का किसान बुधवा मुखियाले बताउनुभयो । स्थानीय कृषि कार्यालयसँग जलेश्वरमा सयौँं बिघामा हुने गरेको सिङ्घारा खेतीबारे कुनै अभिलेख रहेको छैन् ।

तर जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले सिङ्घारा खेतीलाई प्रवद्र्धन गर्नुपर्ने र मौसमी उद्योगकै रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । साथै उहाँले यस फलको खेती गर्ने किसानका लागि उद्योग वाणिज्य सङ्घले आउदा दिनमा विशेष प्याकेजसहितको कार्यक्रम ल्याउने सोंच राखेको समेत बताउनुभयो ।