महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै

महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, १६ कात्तिक (रासस) : महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती भोलि कञ्चनरुप नगरपालिकामा विभिन्न कार्यक्रम गरीे मनाइँदैछ ।सगरमाथा साहित्य परिषद् र प्रगतिशील लेखक सङ्घको आयोजनामा साहित्यिक गोष्ठी एवं शुभकामना आदानप्रदान हुने परिषद्का अध्यक्ष मनोहर पोखरेलले जानकारी दिनुभयो । यसअघि कञ्चनरुपमै १११औँ देवकोटा जयन्ती मनाइएकामा गत वर्ष कोभिड–१९ का कारण मनाउन नपाइएको उहाँले बताउनुभयोे ।

साहित्यिक गोष्ठीमा देवकोटाको जीवनी र योगदानबारे चर्चा हुनाका साथै साहित्यकारहरुले आ–आफ्ना सिर्जना वाचन गर्नुहुने कार्यक्रम छ । महाकवि देवकोटाको जन्म विसं १९६६ कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो ।दस वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका उहाँका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । महाकवि देवकोटाका नेपाली साहित्यमा सयभन्दा बढी कृति रहनाका साथै ती नै कृतिका माध्यमबाट उहाँले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनुभएको थियो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवत्र्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्ति झल्कन्छ । उहाँका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । भारतका महापण्डित राहुल साङृत्यायनले देवकोटालाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गर्नुभएको थियो ।

विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उहाँले महत्वपूर्ण योगदान दिनुभयो । महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यास जस्ता १५ गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्धसङ्ग्र्रह’ प्रकाशन गर्नुभएको थियो । विसं २०१६ मा उहाँ शिक्षामन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रुपमा लागू गराउनुभएको थियो । तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दस दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएका देवकोटामा तत्काल लेख्न सक्ने साहित्यिक विशेषता र क्षमता थियो । वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा उहाँले सक्रिय योगदान पु¥याउनुभएको थियो ।

यो पनि – मन्त्री बडू र स्विस राजदूत डिप्रेजबीच भेटवार्ता

काठमाडौँ, १६ कात्तिक (रासस) :  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू र नेपालका लागि स्विस राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ । गत सोमबार मन्त्रालयमा भएको वार्तामा मन्त्री बडूले नेपाल र स्विजरल्यान्डबीच प्रगाढ मित्रताको सम्बन्ध सदैव रहने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले स्विजरल्यान्ड सरकारले लामो समयदेखि नेपालमा पूर्वाधार विकासका अतिरिक्त सामाजिक, आर्थिक, न्यायिक तथा सुशासनका क्षेत्रमा सहयोग, सहकार्य र समन्वय गर्दै आएको चर्चा गर्नुभयो । वर्तमान सरकारको न्यूनतम् साझा कार्यक्रममा उल्लेख भएअनुरूप सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी कार्यहरु छिटै अघि बढाइने पनि मन्त्री बडूले जानकारी दिनुभयो ।

राजदूत डिप्रेजले नेपालको सामाजिक, आर्थिक र न्यायिक विकास एवं सुशासन प्रवद्र्धनमा स्विजरल्यान्ड सरकारको सदैव सहयोग रहने बताउनुभयो । उहाँले आगामी दिन दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन आफ्नो सकारात्मक भूमिका रहने विश्वास दिलाउनुभएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।