गलत मनसाय राखेर बीमा भुक्तानी दाबी गर्नेलाई कारबाही हुने

गलत मनसाय राखेर बीमा भुक्तानी दाबी गर्नेलाई कारबाही हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पछिल्ला दिनमा बीमा क्षेत्रमा विकृति तथा विसङ्गति बढेको भन्दै त्यस क्षेत्रको नियामक निकाय बीमा समितिले सम्वद्ध पक्षलाई कारबाहीको चेतावनी दिएको छ ।गलत मनसायका साथ बीमा दाबी भुक्तानी परेको भन्ने व्यापक गुनासो आएपछि समितिले आज एक सूचनामार्फत गलत काम नरोकिए कारबाही गर्ने चेतावनी दिएको हो । ठगी गर्ने नियमतले बीमा दाबी भुक्तानी गर्ने प्रयास भएको पाइएकाले समितिले चेतावनी दिँदै भनेको छ, “बीमाको नाममा किर्ते र जालसाजीपूर्ण कागजात तथा बेहोरा पेश गरी ठगीलगायतका कसुर गर्ने गरेको पाइएको छ ।”

कीर्ते कागजातका आधारमा बीमालेख तयार गर्ने तथा हुँदै नभएका घटनाको समेत गलत विवरण पेश गरी ठगी गर्ने नियतका साथ भुक्तानीको प्रयास भइरहेको पाइएको समितिले जनाएको छ । समितिले कानूनविपरीतका त्यस्ता प्रयासले बीमा व्यवसायमा नकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै यस क्षेत्रप्रति जनविश्वास घटन नदिन सरोकार भएका सबै पक्षको ध्यानकर्षण गराएको छ । गलत क्रियाकलपामा संलग्न नहुन बीमा कम्पनी, कम्पनीका कर्मचारी, बीमा अभिकर्ता, बीमा सर्भेयरलगायतलाई समितिले आग्रह गरेको छ ।

यो पनि – गोरखाको ऐतिहासिक कालिका मन्दिर र रङ्ग महल पुनर्निर्माण

गोरखा, १६ कात्तिक (रासस) : भूकम्पले क्षति पु¥याएको ६ वर्षपछि बल्ल गोरखाको ऐतिहासिक तथा प्रसिद्ध धार्मिकस्थल कालिका मन्दिर र रङ्ग महल पुनर्निर्माण गर्न थालिएको छ । विसं २०७२ वैशाख १२ गतेका भूकम्पले क्षति पु¥याएको कालिका मन्दिर र रङ्ग महल रेक्टोफिटिङ गरी मर्मत गर्न थालिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसाले जानकारी दिनुभयो ।

“ठेकेदारसँग सम्झौता भएर कालिका मन्दिरमा ट्रष्ट छाउने काम पनि लगभग सकिएको छ”, उहाँले भन्नुभयो, “मन्दिरको माथिल्लो तला पूरै भत्काउने काम अब अघि बढ्छ ।” प्रमुख भुसालले भूकम्पले क्षति पु¥याएको मन्दिर र रङ्ग महल यसअघि पूरै भत्काएर पुरानै संरचनामा निर्माण गर्ने भनिए पनि पछि रेक्टोफिटिङ गरेर नै पुरानै अवस्थामा फर्काउन सकिने भएपछि राष्ट्रिय पुरातत्व विभागले रेक्टोफिटिङका लागि ठेक्का लगाएको बताउनुभयो ।
मन्दिर र रङ्ग महल निर्माणका लागि करिब रू एक करोड ९५ लाख ६५ हजारमा धर्म÷एसआरआर जेभीसँग ठेक्का सम्झौता भएको उहाँले जानकारी दिनुभयो । “आउँदो असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको हो”, प्रमुख भुसालले भन्नुभयो, “रेक्टोफिटिङ गरी मर्मत गरिने भएपछि छिटो निर्माण हुन्छ ।”

“भूकम्पले दरबारको माथिल्लो तला भत्काउनै पर्ने भए पनि अरू संरचनामा त्यति ठूलो क्षति नपुगेको हुँदा रेक्टोफिटिङ गरी मर्मत गर्न लागिएको हो । कालिका मन्दिरको शीतल पाटीभन्दा अगाडीको भाग थोरै दबिएको छ”, उहाँले भन्नुभयो, मन्दिरमा बोका बलि दिने गरिएको ठाउँमा खासै क्षति पुगेको छैन, सबै पुनर्निर्माण गर्दा ढिलो र अफ्ठ्यारो होला भन्ने लागेर अगाडिको भागलाई नभत्काउने गरी रेक्टोफिटिङ गर्न लागिएको हो ।”

जहाँ जहाँ भूकम्पका कारण संरचना दबिएको छ ती ठाउँमा जगैसम्म नै भत्काएर मर्मत गरिने प्रमुख भुसालले बताउनुभयो । अहिले क्षति पु¥याएका संरचना भत्काउने र ट्रस्ट राख्ने काम मात्र भइरहेकाले अन्य काम सुरु गर्न बाँकी रहेको छ । भूकम्प गएको लामो समयसम्म पनि मन्दिरसँग जोडिएर रहेको गोरखा दरबार पुनर्निर्माणको काममा ढिलाइ भएकाले कालिका मन्दिर र रङ्ग महल निर्माणमा पनि ढिलाइ भएको प्रमुख भुसालले जानकारी बताउनुभयो ।

“मूल दरबार तोकिएको समयमा निर्माण भएको भए कालिका मन्दिर र रङ महल पुनर्निर्माणका काम भइसक्थ्यो”, उहाँले भन्नुभयो, “दरबारमा भएका पुरातात्विक वस्तुहरु तथा अन्य सामानहरु मन्दिर र रङ महलमा थन्क्याउनुपर्ने बाध्यता भएकाले एकै पटक भत्काएर बनाउन समेत समस्या भयो ।” दरबार र मन्दिर एकै पटक भत्काएर पुनःर्निर्माण थाल्दा मन्दिरमा पूजा व्यवस्थापन गर्न समस्या हुने भएकाले पनि पालैपालो पुनर्निर्माण गर्दा मन्दिर निर्माणमा ढिलाइ भएको थियोे । कालिका मन्दिर र रङ्ग महल निर्माण भने तोकिएको समयमै निर्माण हुने अपेक्षा गरिएको छ ।