अफगानिस्तानको राजधानी काबुलस्थित सैनिक अस्पताल नजिकै मङ्गलबार गराइएको वि.ष्फोटमा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।आ.क्रमणमा कम्तीमा ५० जना घाइते भएको बताइएको छ । आ.क्रमणकारीले सैनिक अस्पतालको गेटनजिकै विस्फोट गराएपछि अस्पताल परिसरमा प्रवेश गरी केही राउण्ड गोली पनि चलाएको तालिवान स्रोतले बताएको छ ।
अफगानिस्तानमा तालिवान समूहले सत्ता कब्जामा लिए पछि सैनिक कार्यालयलाई लक्षित गरिएको जस्तो देखिने यो आक्रमणको कुनै समूह वा दलले जिम्मेवारी लिएको छैन । अफगानिस्तानमा २० बर्षसम्म अमेरिकी सैन्य गठबन्धनसँग लडेको तालिवान समूहले सत्ता कब्जा लिएपछि देशमा राजनैतिक स्थायित्वका लागि प्रयासरत देखिएको छ तर द्व.न्द्वको शान्तिपूर्ण निकास पहिल्याउन कठिनाइ पर्नै देखिएको छ ।
यो पनि – बुर्किना फासोमा बन्दुकधारीले गरेको आ.क्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु
बुर्किना फासोको डम्बम गाउँमा सोमबार बन्दुकधारीहरूले कम्तीमा १० सर्वसाधारणको हत्या गर्नुका साथै अन्य चार जनालाई अपहरण गरेको आधिकारिक समाचार एजेन्सी एआईबीले मंगलबार जनाएको छ। एआईबीले जनायअनुसार अज्ञात बन्दुकधारीहरूले सोमबार बिहान नाइजरसँगको सिमानाबाट करिब १६ किलोमिटर टाढा डाम्बम मार्कोये कम्युनको बासिन्दालाइ आक्रमणको निशाना बनाएका थिए। एआईबीले बुर्किना फासोको सशस्त्र सेनाले यस क्षेत्रमा द्रुत कारबाही शुरु गरेको बताइएको छ । डम्बमका बासिन्दाहरू प्रत्येक सोमबार पैदल, ट्राइसाइकल वा गाडामा गाईवस्तु बेच्न मार्कोये बजार जाने गर्छन्।



प्रतिक्रिया