आफ्नो सरकार जोगाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिए हुन्छ : मन्त्री खाँण

आफ्नो सरकार जोगाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिए हुन्छ : मन्त्री खाँण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो सरकार टिकाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिन चेतावनी दिनुभएको छ । पाँचथरको तुम्बेवा–५ मौवामा स्थानीयवासीसँगको अन्तक्र्रियाका क्रममा उहाँले आफ्नै सरकार र पार्टी जोगाउन नसक्नेले फेरि सरकार ढलाउने धम्की नदिन चेतावनी दिनुभएको हो । विपक्षी दलका नेताहरुले अहिलेको सरकारलाई सजिलै ढलाउन सक्ने दाबी गरेको केही दिनपछि गृहमन्त्री खाँणले अहिलेको सरकार कसैले ढलाएर नढल्ने तर्क गर्नुभयो ।

“हामी सरकार ढलाउने र गिराउने काममा कहिल्यै लागेनौँ, अब पनि लाग्दैनौँ, सरकार बनाउनेतर्फ हैन, देश बनाउनेतर्फ जोड गरौँ”, उहाँले भन्नुभयो । वर्तमान सरकारले जनताको भावनाअनुसार काम गर्ने भएकाले जनताको मर्म बुझ्नका लागि आफू जनतासँग अन्तक्र्रिया गर्न गाउँ गाउँ जाने गरेको बताउनुभयो । जनताका समस्या बुझ्ने र समाधान गर्नेतर्फ नै अहिलेको सरकार केन्द्रित रहेकाले कसले सरकार ढलाउँछ भन्नेतर्फ कुनै सरोकार नरहेको उहाँले उल्लेख गर्नुभयो ।

यो पनि – ‘प्रदेश सरकार नागरिकको अभिभावक बनेको छ’

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकार नागरिकको अभिभावक हुने गरी काम गरिरहेको बताउनुभएको छ । मध्यनेपाल नगरपालिका–४ दुइपिप्लेस्थित सामुदायिक सेवा केन्द्र सचिवालय भवनको आज उद्घाटन गर्दै उहाँले कोभिड–१९ सङ्क्रमणबाट अभिभावक गुमाएका बालबालिकालाई प्रदेश सरकारले अभिभावकत्व ग्रहण गर्ने बताउनुभयो । मुख्यमन्त्री पोखरेलले कोरोना महामारीमा ज्यान गुमाएका र दुवै अभिभावक गुमाएका बालबालिकाको पालनपोषणका लागि प्रदेश सरकारले मासिक रु पाँच हजार भत्ता दिने निर्णय गरेको जानकारी दिदैं आफ्ना अभिभावक नभएता पनि सरकारले अभिभावकको भूमिका निर्वाह गर्ने, पालनपोषण, शिक्षादीक्षामा सहयोग गर्ने उल्लेख गर्नुभयो ।

उहाँले जनताको स्वास्थ्यलाई विषेश प्राथमिकतामा राख्दै प्रदेश सरकारले स्तन र पाठेघरको क्यान्सरको उपचारलाई निःशुल्क हुने व्यवस्था गरेको बताउनुभयो । नागरिकको शिक्षा, स्वास्थ्य, सडकलगायतका क्षेत्रमा सरकारले काम गर्दै आएको उल्लेख गर्दै उहाँले नागरिकको मन प्रदेश सरकार जितेको दाबी गर्नुभयो । भवन निर्माण समितिका अध्यक्ष केशवराज वाग्लेका अनुसार सो सचिवालय भवन दुइपिप्ले घर भई काठमाडौँमा बसोबास गर्दै आउनुभएका महेन्द्रराज वाग्लेको परिवारको सहयोगमा निर्माण भएको छ । उहाँको परिवारले पाँच आना तीन पैसा दुई दाम जग्गा उपलब्ध गराउनुभएको थियो । सोही जग्गामा रु एक करोड २५ लाखको लगानीमा उहाँकै परिवारले साढे तीनतले भवन निर्माण गरेको बताइएको छ । भवन १४ कोठाको छ ।

कार्यक्रममा जग्गादाता महेन्द्रराज वाग्ले, उहाँको श्रीमती शोभा न्यौपाने, छोरी मनशा वाग्ले, मध्यनेपाल नगरपालिकाका उपाध्यक्ष राजकुमार श्रेष्ठलगायतको उपस्थिति थियो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार दुइपिप्ले प्रहरीचौकीका प्रहरीसमेत सोही भवनबाट सेवा दिने भएको छ ।

त्यस्तै, गण्डकी प्रदेशका जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङले राइनास नगरपालिका–५ तीनपिप्लेमा चक्रतीथ्र आयुर्वेदिक औषधालयको नवनिर्मित भवनको उद्घाटन गर्दै जनताको स्वास्थ्य सेवाको जिम्मा प्रदेश सरकारले लिने बताउनुभयो । स्वास्थ्य बिमामार्फत सरकारले नागरिकको स्वास्थ्य सेवाको जिम्मा लिने उहाँले जानकारी दिनुभयो । राइनास नगरपालिका प्रमुख सिंंहबहादुर थापाले आयुर्वेदिक सेवाले यहाँका नागरिकलाई फाइदा पुगेको बताउनुभयो ।