जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरेको छ । कोभिड–१९ को सङ्क्रमणलाई ख्याल गर्दै सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाएर देउसी–भैलो एवं अन्य नाचगानका कार्यक्रम राति ९ बजेसम्म मात्र गर्न सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीद्वारा आज जारी जारी विज्ञप्तिमा भनिएको छ ।
मादक पदार्थलगायतका नशालु पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिकस्थलमा होहल्ला झैझगडाजस्ता कार्य गरी शान्ति सुरक्षालाई असर पार्ने कुनै पनि कार्य नगर्न पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ । पटकाजस्ता विस्फोटक वस्तुको उत्पादन ओसारपसार बिक्री वितरण एवं प्रयोग नगर्न नगराउन पनि भनिएको छ । विज्ञप्तिमा तोकिएभन्दा विपरीत कार्य गरिएको पाइए कानूनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।
यो पनि- महाधिवेशनले पुनः सत्तारोहणको सन्देश दिनेछ ः सचिव भट्टराई
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टीको आशन्न दशौँ राष्ट्रिय महाधिवेशनले लोकप्रिय जनमतसहित पुनः सत्तारोहणको सन्देश दिने बताउनुभएको छ ।
महाधिवेशनको प्रचार योजनाबारे केन्द्रीय प्रचार विभागले आज आयोजना गरेको छलफल कार्यक्रममा विभागका प्रमुख भट्टराईले महाधिवेशनको उद्घाटनमा पाँच लाखसम्म जनसमुदायको उपस्थिति गराउने तथा देश र विदेशमा समेत महाधिवेशनको सन्देश फैलाइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले पार्टीभित्र अन्तरविरोध हुने खालका कुरा नगरौँ । पार्टीलाई एकताबद्ध र प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ ।”
उहाँले महाधिवेशनका लागि दस्तावेज प्रकाशनको तयारीमा रहेको र केन्द्र, जिल्ला, स्थानीय तह र जनसङ्गठनले प्रतिनिधि छनोट र प्रचारात्मक कार्यको थालनी गरेको जानकारी दिनुभयो । आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको तयारीबारे जानकारी दिन एमालेले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दैछ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार मात्रै महाधिवेशनस्थल नारायणी किनारको अवलोकन गर्नुभएको थियो । एमालेले गत असोजमा विधान महाधिवेशन सम्पन्न गरिसकेकाले दशौँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।



प्रतिक्रिया