प्रेस स्वतन्त्रताका लागि सरकार प्रतिबद्ध छ : मन्त्री पौडेल

प्रेस स्वतन्त्रताका लागि सरकार प्रतिबद्ध छ : मन्त्री पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रेस स्वतन्त्रताका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सञ्चार क्षेत्रमा रहेका केही विकृति नियन्त्रणका लागि सरकारले बेलाबेलामा कानून ल्याउने कुराहरु बाहिर आउने गरेका भए पनि सुशासन कायम राख्नका लागि स्वतन्त्र प्रेस आवश्यक हुने उहाँको तर्क थियो ।

वर्तमान सरकारले जनतासामु गरेका प्रतिबद्धताअनुसारनै काम गरिरहेको भन्दै पौडेलले जनताका गुनासा र मागका आधारमा सरकारका काम कारबाही अघि बढ्ने बताउनुभयो । हरेक क्षेत्रको विकासका लागि सबैको सहकार्य र एकता आवश्यक हुने भन्दै पौडेलले एकले अर्कोलाई सहयोग गर्ने परिपाटीको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रेस सेन्टर नेपाल बागलुङ शाखाको पाँचौँ जिल्ला भेला को उद्घाटन कार्यक्रममा आज उहाँले अपुष्ट समाचारका कारण पत्रकारिताको मर्यादामा आँच आउने काम भइरहेको बताउनुभयो । “अनलाइन मिडियाका साथीहरु नरिसाउनुहोला, बिना प्रमाणका अपुष्ट समाचारका कारण आज पत्रकारिता क्षेत्रको मर्यादा कायम हुन सकेको छैन”, पौडेलले भन्नुभयो, “व्यावसायिक पत्रकारिता गर्नुहोस्, देशको राजनीतिलाई सही दिशामा ल्याउन मद्दत पुग्छ ।”

उहाँले बितेका केही वर्षमा भएका गतिविधिको समीक्षा गर्दै लोकतन्त्र र सङ्घीयता बलियो बनाउने काममा अझ सशक्त हिसाबले लाग्नुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढासागरले परिवर्तनको आभाष जनताले गर्ने गरी सरकारले काम गरेको बताउनुभयो ।