इन्धनको मूल्य बढेसँगै हवाई भाडा बढ्यो

इन्धनको मूल्य बढेसँगै हवाई भाडा बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इन्धनको मूल्य वृद्धि भएसँगै हवाई सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले आज विज्ञप्ति जारी गर्दै हवाई भाडामा जोड्ने इन्धनको शूल्कमा अधिकतममा रु ४४० वृद्धि गरिएको जनाएको छ ।  यसरी वृद्धि भएको भाडादरअनुरुप अब काठमाडौँबाट सबैभन्दा लामो दूरीको धनगढी गन्तव्यका लागि रु ४४० बढेको छ । यो गन्तव्यमा साविकमा तीन हजार ८०० रहेकोमा बढेको भाडादर रु चार हजार छोटो गन्तव्य २४० कायम भएको छ । काठमाडौँ–सिमरामा सबैभन्दा कम रु ९५ वृद्धि भएको छ । यो गन्तव्यमा पनि साविकमा ७७० रहेकामा बढेर ८६५ कायम भएको छ ।

नेपाल आयल निगमले इन्धनको मूल्यमा ११.६ प्रतिशत (१० रुपैयाँ प्रतिलिटर) बढाएको थियो । सोहीअनुरुप वायुसेवा कम्पनीले हवाई भाडा बढाएका हुन् । सङ्घका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृति लिएर हवाई इन्धनको मूल्यमा हवाई भाडा वृद्धि गरिएको छ । हवाई इन्धनको मूल्य रु ८६ प्रतिलिटरबाट बढेर रु ९६ प्रतिलिटर पुगेको छ । पर्वतीय उडानमा पनि रु ३४५ भाडा वृद्धि भएको छ । हवाई यात्रुले अब काठमाडौँबाट भद्रपुरमा रु ३००, विराटनगरमा २४०, जनकपुरमा १३०, भरतपुरमा १०५, पोखरामा १५५ र भैरहवामा २०५ इन्धन चार्ज बढी तिर्नुपर्नेछ । तुम्लिङटारमा १८५, राजविराजमा २०५, नेपालगञ्जमा ३३० बढी भाडा तिर्नुपर्नेछ ।

पोखरा–भरतपुरमा ११०, पोखरा–भैरहवामा १३०, पोखरा–सिमरामा २२०, पोखरा–नेपालगञ्जमा २३५, पोखरा–विराटनगरमा ३५५ र पोखराबाट पर्वतीय उडानमा अब रु ३१५ बढी लाग्ने छ । विराटनगरबाट पर्वतीय उडानमा ३२०, विराटनगरबाट तुम्लिङटारमा १०५ रुपैयाँ बढी लाग्ने छ । त्यस्तै भरतपुर–भैरहवा रुटमा रु १३५ भाडादर बढेको छ । प्राधिकरणले मङ्गलबारदेखि लागू हुने गरी अनुमोदन गरेको र सोहीअनुरुप बढेको इन्धन चार्ज सबै एयरलाइन्सलाई पठाएकोे छ ।

यो पनि –  सन् २०२२ मा इसीबीले ब्याजदर बढाउने सम्भावना ‘अत्यधिक कम’

युरोपेली केन्द्रीय बैंक (ईसीबी)ले सन् २०२२ मा आफ्नो ब्याजदर बढाउने सम्भावना ‘अत्यधिक कम’ रहेको राष्ट्रपति क्रिस्टिन लागार्दले बुधबार बताउनुभएको छ । बढ्दो मूल्यप्रति इयू सदस्य राष्ट्रका केन्द्रीय बैंकरहरूलाई प्रतिक्रिया दिन दबाब दिँदै उहाँको यो भनाई आएको हो ।“हालको मुद्रास्फीति वृद्धिको बावजुद मध्यम अवधिको मुद्रास्फीतिको सम्भावना कम रहेको छ,” लागर्डेले लिस्बनमा गरेको एक सम्बोधनमा भन्नुभयो ।

अनि सम्भावित दर वृद्धिका लागि ईसीबीको अवस्था ‘आगामी वर्ष सन्तुष्ट हुने सम्भावना धेरै नरहेको उहाँले बताउनुभयो ।यसअघि, ईसीबीले अनुमानित समय सीमाभन्दा अगाडि मुद्रास्फीति आफ्नो २.० प्रतिशत लक्ष्यनजिक नपुगुञ्जेल ऋण लागत बढाउने छैन भनी उल्लेख गरेको छ । बाँकी अवधिभरि नै मुद्रास्फीति त्यस स्तरमा वा त्योभन्दा बढी हुनुपर्छ र यसको आधारभूत मूल्य दबाबसम्बन्धी तथ्याङ्कले समर्थन गर्नुपर्ने हुन्छ । ईसीबीको २५ सदस्यीय परिचालक परिषद्ले गत हप्ता ऐतिहासिक न्यूनतामा ब्याज दर तोकेको थियोे ।