काठमाडौँ, १८ कात्तिक (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई आज स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्री देउवा सो सम्मेलनमा भाग लिन यही कात्तिक १२ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेल, अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी, गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की सहभागी हुनुहुन्थ्यो ।
यो पनि – तत्कालीन कर्णाली युरोपभन्दा धनी थियो : अध्यक्ष न्यौपाने
कर्णाली, १८ कात्तिक (रासस) : कर्णालीको संस्कृतिसम्बन्धी जानकार तथा तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले तत्कालीन कर्णाली खस राज्य युरोपभन्दा धनी भएको बताउनुभएको छ । तातोपानी–५ जुम्लाद्वारा आयोजित ‘लाम्रा संवाद–२ गाउँगाउँका कुडा’ कार्यक्रमको पहिलो सत्रमा अध्यक्ष न्यौपानेले नागराजले स्थापना गरेको तत्कालीन कर्णाली शक्तिशाली र धनी राज्य भएको बताउनुभयो । “यो जति समय चल्यो शक्तिशाली राज्य नै थियो । यो पूर्वकाठमाडौँ त्रिशूली नदी, उत्तरमा मानसरोवर, पश्चिममा लद्दाख र दक्षिणमा वाराणसीसम्म फैलिएको थियो”, उहाँले भन्नुभयो ।
मुलुकमा सबैभन्दा राम्रो भाषा खस भएको दाबी गर्दै अध्यक्ष न्यौपानेले आज पूर्वका मान्छे कर्णालीवासीलाई खस भनेर सम्बोधन गर्ने गरेको जनाउनुभयो । तत्कालीन समयमा कर्णालीले काठमाडौँलाई पनि आफ्नो काबुमा राख्ने गरेको इतिहास उल्लेख गर्नुभएको उहाँले भन्नुभयो, “उतिबेला जुम्लाको कला, संस्कृति, साहित्य र वास्तुकला काठमाडौँले सिक्ने गर्दथ्यो तर विसं १८४६ मा गोर्खालीले सिञ्जा राज्यमाथि गरेको आक्रमणले आज कर्णाली निकै पछि परेको छ ।”
उहाँले विश्वका चार सभ्यतामध्ये कर्णाली सभ्यता पनि एक भएको जनाउभयो । संसारको सबैभन्दा शक्तिशाली खस साम्राज्य कर्णाली हो । बाह्रौँ शताब्दीतिर युरोपभन्दा धनी कर्णाली खस सम्राज्यले देशलाई भाषा, संस्कृति र सभ्यता छोडेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “त्यो बेलाको शक्तिशाली कर्णाली खस राज्यले ८०० वर्ष शासन सञ्चालन गरेको थियो । यसले तिब्बतलाई सिक्का बनाउन सिकाउने गर्दथ्यो । कर्णालीको आफ्नै भाषा संस्कृति थियो र अहिले यो मुलुकभरि नै फैलिएको छ ।” उहाँका अनुसार हिजोको दिने कर्णालीलाई राज्यको विभेदकारी नीति र व्यवहारका कारण आज माग्ने जस्तो बनाइएको छ ।
विशेषगरी लाम्रा संवाद दोस्रो संस्करणले तत्कालीन कर्णाली खस राज्य, सिञ्जा सभ्यतादेखिका ओझेलमा परेको संस्कृति, सभ्यता, संस्कार, वेषभूषा, रहनसहन, जीवनशैली र अभ्यासको खोज अनुसन्धान, अन्वेषण, उत्खनन, सम्वद्र्धन र संरक्षणमा सघाउने उहाँको भनाइ थियो ।
संवाद सञ्चालन समितिका संयोजक गुरुप्रसाद चौलागार्इंले कार्यक्रममा विचारको बहस तथा मन्थनअन्तर्गत ‘विद्धत प्रवचन’, ‘हाम्मा नेता, हाम्मो नीति’, ‘सभ्यताको साइनो, आखरको अलङ्कार’, ‘झरोबाट झलमल्ल गाउँ कसरी ?’, ‘कोरोना कैठ र कथाहरु’ र ‘भुसको आगो’ लगायतका विषयमाथि व्यापक छलफल भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार आजको सत्रमा सांस्कृतिक सम्वद्र्धनअन्तर्गत ‘दमाहाको रन्को’, ‘मागलको गुञ्जन’, ‘नाचको छमछम’, ‘स्वरको सङ्गम’ र ‘देउडाको घन्को’ शीर्षकमा बहस संवाद हुनेछ । आयोजक समितिका सदस्य लालप्रसाद चौलागाईंका अनुसार कार्यक्रममा मष्टो प्रथाअन्तर्गत चरण, धारु, ढाल, बालो नाच देखाइने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया