फेरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु तीनले बढ्यो

फेरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु तीनले बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ कात्तिक (रासस) : सरकारले आज रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा यसअघिको मूल्यमा प्रतिलिटर रु तीनले बढाइएको छ । नेपाल आयल निगम लिमिटेडको सञ्चालक समितिको आजको बैठकले रातिदेखि लागू हुनेगरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । त्यसैगरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु ७५ बढाएर १५ सय ७५ पुगेको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर रु १३६ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर मूल्य रु ११९ कायम भएको छ । आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर रु पाँच बढेर १०१ कायम गरिएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेकोे निगमका सहप्रवक्ता पुस्कर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

समायोजन मूल्यपछि पनि १५ दिनमा निगमलाई रु दुई अर्ब ६२ करोड घाटा हुने जारी विज्ञप्तिमा भनिएको छ । निगगले यही कात्तिक १२ गते पनि इन्धनको मूल्यवृद्धि गरेको थियो ।

यो पनि – बञ्चरेडाँडामा फोहर व्यवस्थापन गरिने

काठमाडौँ, २४ कात्तिक (रासस) : लामो समयको पर्खाइपछि काठमाडौँ उपत्यकावासीले दीर्घकालीन व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न पाउने भएका छन् । हालको व्यवस्थापनस्थल नुवाकोटस्थित सिसडोलमा फोहर व्यवस्थापन गर्न थप कठिन भएपछि काठमाडौँ महानगरपालिकाले दीर्घकालीन फोहर व्यवस्थापन गर्नेबारे चासो देखाएको हो ।

कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले दीर्घकालीन फोहर व्यवस्थापनस्थलमा पहिलो सेल निर्माणको काम सम्पन्न भएकाले फोहर राख्ने काम सुरु गर्न सम्बन्ध भएका निकायसँग प्रक्रिया सुरु गरिएको बताउनुभयो । “प्रक्रिया पूरा गरी आगामी मङ्सिरको दोस्रो सातादेखि फोहर राख्ने वातावरण मिलाउने कामपाको योजना छ”, प्रमुख श्रेष्ठले भन्नुभयो, “यस विषय प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पनि जानकारी गराइसकेका छौँ ।”

हाल फोहर व्यवस्थापन भइरहेको स्थानमा विगत १४ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन हुँदै आएको छ । निर्माणाधीन बञ्चरेडाँडाको काम एक वर्षमा सम्पन्न गर्ने भन्दै २०७६ वैशाखदेखि सुरु गरे पनि हालसम पहिलो सेलको मात्र काम सकिएको छ । दीर्घकालीनरुपमा फोहर राख्ने स्थानको समस्या भएको भन्दै कामपाले निर्माणको काम सक्दो छिटो सकेर हस्तान्तरण गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

बञ्चरेडाँडामा दीर्घकालीन फोहर विसर्जन स्थान (स्यानिटरी ल्याण्डफिल साइट) निर्माण गर्न विसं २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम)सँग ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार निर्माणको सम्पूर्ण काम गत वैशाखमा नै सकिनुपर्ने भए पनि दोस्रो सेलको काम अझै सकिएको छैन ।

सहरी विकस तथा भवन निर्माण विभागले दसैँ अगावै भने बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम पूरा भएकाले फोहर व्यास्थान गर्न सकिने जानकारी गराइसकेको बताएको छ । उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा विसर्जन हुन्छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ ।